म्याग्दी समाचार
तरुण पौडेल चिकित्सा कोषद्धारा सामाजिक क्षेत्रका व्यक्तिहरुलाई सम्मान तथा पुरुस्कार वितरण
रविना वोहोरा /बागलुङ भदौ ३१ गते । डाक्टर तरुण पौडेल चिकित्सा कोषद्धारा म्याग्दी,बागलुङ,मुस्ताङ र पर्वतमा रहेर सामाजिक सेवामा योगदान पु¥याउने व्यक्ति तथा संस्थाहरुलाई सम्मान तथा पुरस्कृत गरिएको छ । सम्मान तथा पुरस्कार वितरण कार्यक्रमका प्रमुख अतिथि बागलुङ नगरपालिकाका मेयर जनकराज पौडेलले जिल्लाको स्वास्थ्य क्षेत्रको विकासका लागि विभिन्न योजनाहरु ल्याउने बताउनुभएको छ । डा.तरुण पौडेल चिकित्सा […]
नागरिक सहायता कक्ष भवन निर्माणका लागि सुनचाँदी व्यवसायी संघको ३५ हजार सहयोग

विकल्प न्यूज/बेनी भदौ ३० गते । समुदायको अगुवाईमा बेनी स्थित जिल्ला प्रहरी कार्यालय परिसरमा निर्माण हुन लागेको नागरिक सहायता कक्षको भवन निर्माणका लागि म्याग्दी सुनचाँदी व्यवसायी संघले ३५ हजार चारसय रुपियाँ सहयोग गरेको छ । शुक्रवार संघका अध्यक्ष दिपेन्द्र कुमार विश्वकर्मा,म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष जिवनवहादुर विश्वकर्मा र नेपाल सुनचाँदी व्यवसायी महासंघका केन्द्रीय सदस्य रामकृष्ण […]
एक्यापको सार्वजनिक जग्गामा सामुदायिक होटल सञ्चालन गर्ने कानुनी बाटो खुल्यो
सन्तोष गौतम /विकल्प न्यूज पोखरेबगर ३० भदौ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) क्षेत्रमा पर्ने सार्वजनिक जग्गामा सामुदायिक होटल सञ्चालन गर्ने कानुनी बाटो खुलेको छ । वन मन्त्रालय, राष्ट्रिय प्रकृती संरक्षण कोष र एक्यापले आयोजना क्षेत्रमा पर्ने सार्वजनिक जग्गामा सामुदायिक होटल तथा लज सञ्चालन गर्ने दिग्दर्शन तयार पारेको हो । गत असारमा दिग्दर्शन पारीत भएपछि […]
तेस्रो वौद्ध कप फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा
सन्तोष गौतम\विकल्प न्युज बेनी २९ भदौ । बेनीमा असोज १ गतेदेखि सुरु हुने तेस्रो वौद्ध कप फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । दसै तिहार पर्वको अवसरमा बेनपा ७ मंगलाघाटको वौद्ध युवा क्लबले आयोजना गरेको सर्वाधीक पुरस्कार राशीको तयारी अन्तिम चरणमा पुगेको हो । मंगला आमा समूह प्रतियोगिताको सहआयोजक रहेको छ । असोज ५ […]
बाल दिवसको अवसरमा बक्तृत्वकला प्रतियोगिता
सन्तोष गौतम /विकल्प न्यूज बेनी २९ भदौ । राष्ट्रिय बाल दिवस २०७४ को अवसरमा बिहीबार बेनीमा बक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । जिल्ला बाल कल्याण समितिको सहयोगमा नेपाल बाल संगठन र जिल्ला बाल सञ्जालले “समयको महत्व र बालबालीका” शिर्षकमा बक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको हो । ९ वटा विद्यालयले सहभागिता जनाएको प्रतियोगितामा बेनी सामुदायीकका सफल सुवेदी […]
मोनाको दोस्रो महाधिवेशनको तयारी तिब्र
सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी २९ भदौ । म्याग्दी प्रवासी नेपाली संघ अन्तराष्ट्रिय कार्यसमितिको आगामी असोज २२, २३ र २४ गते मालीका गाउँपालिकाको केन्द्र दरवाङ बजारमा हुने दोस्रो महाधिवेशन तथा तेस्रो साधारणसभाको तयारी सुरु भएको छ । विश्वका विभिन्न देशमा छरिएर रहेका म्याग्देलीहरु आवद्ध मोनाको अन्तराष्ट्रिय सम्मेलन सम्पन्न गराउनका लागि विभिन्न उपसमिति गठन गरेर तयारी सुरु […]
जयन्ती माविको भवन निर्माणका लागि हरेलो मेला आयोजक समितिको सहयोग
विकल्प न्यूज/बेनी भदौ २९ गते ।हरेलो मेला आयोजक समिति बेनपा ३ भकिम्लीले जयन्ती माविको भवन निर्माणका लागि आर्थिक सहयोग गरेको छ । भकिम्लीमा साउनमा सञ्चालीत परम्परागत हरेलो मेलाबाट भएको आम्दानीबाट विद्यालय भवन निर्माणमो सहयोग गरिएको हो । मेला आयोजक समितिका सचिव जिवन रोका मगर र कोषाध्यक्ष डिल घर्तीमगरले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पदम पुन, प्रअ […]
विद्यालय परिसरमा मेला सञ्चालन नगर्न शिक्षा कार्यालयको निर्देशन
सन्तोष गौतम/विकल्प न्यूज बेनी २८ भदौ । जिल्ला शिक्षा कार्यालय म्याग्दीले विद्यालय परिसरमा मेला सञ्चालन नगर्न जिल्लाका विद्यालयहरुलाई निर्देशन जारी गरेको छ ।विद्यालय बन्द गरि हप्तौ सम्म मेलाजात्रा सञ्चालन गर्दा पठनपाठन र शान्ति सुरक्षामा असर गरेको ठहर गर्दै जिल्ला सुरक्षा समितिको केही समय अघि बसेको बैठकले अनुगमन र नियमन गर्न शिक्षा कार्यालयलाई अनुरोध गरेको थियो […]
म्याग्दीमा राप्रपा (प्रजातान्त्रीक) गठन
सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी २८ भदौ । म्याग्दीमा बुधबार राष्ट्रिय प्रजातान्त्रीक पार्टी राप्रपा (प्रजातान्त्रीक) गठन भएको छ । बेनीमा भएको कार्यकर्ता भेलाले रुपनारायण श्रेष्ठको अध्यक्षतामा राप्रपा प्रजातान्त्रीकको १५ सदस्यीय कार्यसमिति गठन गरेको हो । कार्यसमितिको सदस्यहरुमा टोपबहादुर केसी, रामबहादुर थापा, धर्मेन्द्र गौचन, दिलीप बरुवाल, भक्तीलाल छन्त्याल, ओमबहादुर बिक र बिरेन्द्र रावल रहनुभएको छ । यसैगरी […]
खानीगाउँका रिकेशले गाए बिछोडमा परेकाको पीडा(भिडियो)

विकल्प न्यूज/बेनी भदौ २८ गते । म्याग्दीको मंगला गाउँपालिका १ खानीगाउँका रिकेश पाईजा पुनको लोक गित “म थिए आकाश तिमी थियौ जुन” को म्युजीक भिडीयो सार्वजनीक भएको छ । गित मार्फत पुनले प्रेमको बिछोडमा परेकाहरुको पिडालाई व्यक्त गरेका छन् । रिकेशको शब्द रहेको गितमा दुर्गा बिरही र पूर्णकला बिसीको स्वर रहेको छ । आकाश पाईजा […]
बिममा विद्युतीकरण गरिएपछि स्थानीयवासी उत्साहित

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी २८ भदौ । म्याग्दीको मालीका गाउँपालिका ७ बिम गाउँमा विद्युतीकरण गरिएको छ । नेपाल विद्युत प्राधीकरण बेनी वितरण केन्द्र र स्थानीय बासिन्दाको पहलमा बिम गाउँमा विद्युतीकरण गरिएको हो । परिक्षण सफल भएपछि बुधबार दिउँसोदेखि बिममा केन्द्रिय प्रशारण लाईनको नियमित विद्युत आपूर्ती हुन थालेको वडा अध्यक्ष रेशम जुग्जाली (सुबिन)ले जानकारी दिनुभयो । […]
पदमार्ग निर्माणमा अनियमितता

सन्ताेष गौतम । भदौ २७ गते । धौलागिरि गाउँपालिका–४ मा पर्ने धौलागिरि चक्रीय पदमार्गको पूर्वाधार निर्माणसम्बन्धी योजनामा अनियमितता भएको स्थानीय बासिन्दाको गुनासो छ । मिलेमतोमा पदमार्ग निर्माणका क्रममा लागत अनुमानभन्दा कम परिणामको काम गरेको र श्रमिकलाई ज्याला समेत नदिएको गुनासो बढेको हो । उपभोक्ता समिति र सम्बद्ध कार्यालयका कर्मचारीले बगरा गाउँ हुँदै दाप्चादेखि दोभान खण्डसम्मको […]
दानाको घट्टेखोलामा पौने छ करोडको लागतमा मोटरेबल पुल निर्माण सुरु

विकल्प न्यूज/बेनी भदौं २७ गते । हिमाली जिल्ला मुस्ताङलाई जोड्ने बेनी–जोमसोम सडक अन्तरगत म्याग्दीको अन्नपूर्ण गाउँपालिका ३ दानाको घट्टे खोलामा मोटरेबल पुल निर्माण कार्य सुरु भएको छ । दानाको घट्टेखोलामा यात्रुवाहक वस तर्दै । तस्विर ईन्द्रसिङ शेरचन बेनी–जोमसोम–कोरला सडक आयोजनाले पौने छ करोड रुपैयाँको लागतमा ४० मिटर लामो पुल निर्माण सुरु गरेको हो । पाँच […]
नांगीमा ग्रामिण स्वास्थ्य सेवा प्रभावकारी

सन्तोष गौतम / विकल्प न्यूज भदौ २६ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ८ नांगी गाउँमा ग्रामिण स्वास्थ्य सेवा सञ्चालन भएको छ । काठमाडौको जनस्वास्थ्य जनसरोकार ट्रस्ट (फेस्ट)को सहयोगमा स्थापीत सेवाबाट मेडकल अधिकृत तहका जनशक्तिले २४ सै घण्टा सेवा दिन थालेका हुन् । गाउँमै डाक्टरहरु उपस्थित भएर अस्पताल सरहको सेवा दिन थालेपछि स्थानीय बासिन्दालाई राहत मिलेको […]
नागीमा कोशेली घर

सन्तोष गौतम/ विकल्प न्यूज भदौ २६ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ८ नांगीका उद्यमीहरुले स्थानीय उत्पादनको बजारीकरणका लागि कोशेली घर (बिक्री कक्ष) स्थापना गरेका छन् । अन्नपूर्ण धौलागिरी सामुदायिक पदमार्ग अन्तरगत पर्ने नांगीको भ्रमणमा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरेर नांगी स्थित सामुदायिक लज परिसरमा कोशेली घर स्थापना गरेका हुन् । वडा कार्यालयको सहयोग […]