बाल दिवसको अवसरमा बक्तृत्वकला प्रतियोगिता

सन्तोष गौतम /विकल्प न्यूज
बेनी २९ भदौ । राष्ट्रिय बाल दिवस २०७४ को अवसरमा बिहीबार बेनीमा बक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।

जिल्ला बाल कल्याण समितिको सहयोगमा नेपाल बाल संगठन र जिल्ला बाल सञ्जालले “समयको महत्व र बालबालीका” शिर्षकमा बक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको हो ।
९ वटा विद्यालयले सहभागिता जनाएको प्रतियोगितामा बेनी सामुदायीकका सफल सुवेदी प्रथम भएका छन् । न्यु वेष्ट पोईन्ट आवासीय माविका एशन राम्जाली दितृय, प्रकाश मावीका सुरेन्द्र थापा तितृय र जामुनाखर्क माविका दिवाकर सुवेदी सान्तवना भएका थिए । Darbang Bal Divasप्रथम, दितृय, तितृय र सान्तवना हुनेलाई क्रमश नगद तिन हजार, दुई हजार, एक हजार र पाँच सय रुपैया सहित प्रमाणपत्र प्रदान गरिएको थियो । बेनी नगरपालीकाका प्रमुख हरिकुमार श्रेष्ठ, नेपाल बाल संगठनका सभापती नेत्रबहादुर महत र जिल्ला बाल सञ्जालका अध्यक्ष दिपक परियारले पुरस्कार वितरण गर्नुभएको थियो ।

प्रतियोगिताको उद्घाटन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारी र प्रहरी नायव उपरिक्षक बसुन्धरा खड्काले समयको महत्व बुझेर अघि बढ्न बालबालीकाहरुलाई आग्रह गर्नुभएको थियो ।

नेपाल बाल संगठनका सभापति नेत्र महतको अध्यक्षता, बाल सञ्जालका अध्यक्ष दिपक परियारको स्वागत मन्तब्य र सचिव रञ्जना श्रेष्ठको सञ्चालनमा सम्पन्न कार्यक्रममा २६ गते आयोजित खुल्ला बाल गित प्रतियोगितामा बिजयी भएका विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र केसीको पनी आतिथ्यता रहेको थियो ।21752560_127567107976429_6407339218337232242_oबालगित प्रतियोगितामा माउन्ट एभरेष्ट आवासीय माविका मिलन विश्वकर्मा प्रथम, राधाकृष्ण आधारभुत विद्यालयका दिनेश थापा दितृय, डडुवाकी संगिता किसान तृतीय र बिष्णु बुढाथोकी तितृय भएका थिए । उनिहरुलाई प्रमाणपत्र सहित क्रमश नगद दश हजार, सात हजार, पाँच हजार र तिन हजार रुपैया नगद पुरस्कार प्रदान गरिएको थियो ।

यस वर्षको बाल दिवसको नारा “बालमैत्री शासन, बालअधिकारको सम्मान” भन्ने रहेको छ । यसैगरी मालीका गाउँपालीकाको कार्यालयको आयोजनामा दरवाङमा पनी विभिन्न कार्यक्रम गरेर राष्ट्रिय बाल दिवस मनाइएको थियो ।

विभिन्न विद्यालयका विद्यार्थीहरुले ¥याली र जनप्रिय माविमा औपचारीक समारोहको आयोजना गरेर दिवस मनाइएको थियो । कार्यक्रममा गाउँपालीकाका अध्यक्ष श्रीप्रसाद रोकाले बालअधिकारको संरक्षणका लागि घरपरिवार, विद्यालय देखि समाज सम्बेदनशिल बन्नुपर्ने बताउनुभयो ।