तेस्रो वौद्ध कप फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा

सन्तोष गौतम\विकल्प न्युज
बेनी २९ भदौ ।

IMG_7788-1बेनीमा असोज १ गतेदेखि सुरु हुने तेस्रो वौद्ध कप फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ ।

दसै तिहार पर्वको अवसरमा बेनपा ७ मंगलाघाटको वौद्ध युवा क्लबले आयोजना गरेको सर्वाधीक पुरस्कार राशीको तयारी अन्तिम चरणमा पुगेको हो । मंगला आमा समूह प्रतियोगिताको सहआयोजक रहेको छ ।

असोज ५ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको प्रचारप्रसार, खेलमैदान सरसफाई, आर्थिक संकलन लगायतका तयारी अन्तिम चरणमा पुगेको कल्वका अध्यक्ष बिजय किसानले जानकारी दिनुभयो ।

युवा कल्व, मंगला आमा समूह र मंगलाघाटका बासिन्दाहरुले बिहीबार प्रतियोगिता सञ्चालन हुने बेनीको खुल्ला मञ्चको सरसफाई गरेका छन् । प्रतियोगिताको बिजेता र उपबिजेतालाई ट्रफि, मेडल र प्रमाणपत्र सहित एक लाख २५ हजार र सत्तरी हजार रुपैया पुरस्कार दिइने कल्वका खेल संयोजक कृष्ण श्रेष्ठले बताउनुभयो ।

सेमिफाईनलबाट बाहिरीने टिमलाई पन्ध्र हजार र अनुशाशित टिमलाई दश हजार रुपैयाको व्यवस्था गरिएको छ । सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट स्ट्राईकर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेण्डरलाई छछ हजार नगद सहित प्रदानपत्र प्रदान गरिने कल्वले जनाएको छ ।

प्रतियोगिता सञ्चालन गर्न ३० लाख २२ हजार रुपैया आम्दानी र २५ लाख ६५ हजार रुपैया खर्च हुने अनुमान गरिएको आर्थिक संयोजक नन्दु पाईजाले बताउनुभयो । स्थानीय स्तरका खेल प्रतिभाको पहिचान गरि उनीहरुलाई राष्ट्रिय स्तरसम्म पु¥याउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको प्रतियोगिता संयोजक सचिन शाक्यले बताउनुभयो ।
वौद्धकप फुटबल प्रतियोगिताको अवसरमा कल्वले लभ्लिहीलमा प्यारागलाईडीङको सम्भाव्यता अध्ययन गरेको छ । पोखराबाट प्यारागल्याईडरको टोली ल्याएर लम्भिहिलबाट प्यारागलाईडीङ गर्नका लागि सम्भाव्यता अध्ययन गरिएको कल्वले जनाएको छ ।

वौद्ध युवा कल्वले खेलकुद प्रतियोगिता सञ्चालनसंगै, सार्वजनीक स्थलको सरसफाई, वृक्षारोपण, रक्तदान, दुब्र्यसनी न्युनीकरण र कला संस्कृती संरक्षण सम्बन्धि कार्यक्रम गर्दै आएको छ ।