जयन्ती माविको भवन निर्माणका लागि हरेलो मेला आयोजक समितिको सहयोग

विकल्प न्यूज/बेनी
भदौ २९ गते ।Jayanti Mavi Lai Help 1हरेलो मेला आयोजक समिति बेनपा ३ भकिम्लीले जयन्ती माविको भवन निर्माणका लागि आर्थिक सहयोग गरेको छ ।

भकिम्लीमा साउनमा सञ्चालीत परम्परागत हरेलो मेलाबाट भएको आम्दानीबाट विद्यालय भवन निर्माणमो सहयोग गरिएको हो । मेला आयोजक समितिका सचिव जिवन रोका मगर र कोषाध्यक्ष डिल घर्तीमगरले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पदम पुन, प्रअ रामबहादुर पुनलाई पचास हजार रुपैया हस्तान्तरण गर्नुभएको थियो ।

यसैगरी विद्यालयलाई भलिबल, नेट लगायत खेलकुद सामाग्री समेत उपलब्ध गराइएको सचिव रोकाले जानकारी दिनुभयो । वडा अध्यक्ष समेत रहनुभएका व्यवस्थापन समितिका अध्यक्ष पुनले सहयोग गरेकोमा मेला आयोजक समितिलाई धन्यवाद दिनुभयो ।

प्रअ पुनले युवाहरुले भवन निर्माणमा सहयोग गरेर सहनीय काम गरेको बताउनुभयो । स्थानीयबासी र देश बिदेशमा रहेका भकिम्लीका बासिन्दाहरुबाट सहयोग जुटाएर जयन्ती माविको तिस कोठे भवन निर्माणको काम भैरहेको छ । पहिलो चरणमा दश कोठे भवन निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।