नागरिक सहायता कक्ष भवन निर्माणका लागि सुनचाँदी व्यवसायी संघको ३५ हजार सहयोग

विकल्प न्यूज/बेनी
भदौ ३० गते । समुदायको अगुवाईमा बेनी स्थित जिल्ला प्रहरी कार्यालय परिसरमा
निर्माण हुन लागेको नागरिक सहायता कक्षको भवन निर्माणका लागि म्याग्दी सुनचाँदी व्यवसायी संघले ३५ हजार चारसय रुपियाँ सहयोग गरेको छ । 21754941_1505176539521141_708757040_oशुक्रवार संघका अध्यक्ष दिपेन्द्र कुमार विश्वकर्मा,म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष जिवनवहादुर विश्वकर्मा र नेपाल सुनचाँदी व्यवसायी महासंघका केन्द्रीय सदस्य रामकृष्ण वराइलीले प्रहरी नायव उपरिक्षक बशुन्धरा खड्कालाई सो रकम हस्तान्तरण गर्नुभएको हो ।received_1505629129475882हिंसामा परेका महिला तथा बालबालीकाको सहज वातावरणमा उजुरी तथा गुनासो व्यवस्थापन र अनुसन्धान सहज बनाउन नागरिक सहायता कक्ष बनाउन लागिएको प्रनाउ खड्काले बताउनुभयो । यसैगरी ग्रामिण क्षेत्र र टाढाबाट आउने लक्षित समुदायलाई एक रात सम्म आश्रय सुबिधा दिइने उहाँले बताउनुभयो ।

प्रनाउ खड्काले समुदायको सहयोगमा भवन निर्माण हुनलागेको बताउनुभयो । कार्यक्रममा उवसंघका अध्यक्ष विश्वकर्मा,संघका अध्यक्ष दिपेन्द्र विश्वकर्मा र नेपाल सुनचाँदी व्यवसायी महासंघका केन्द्रीय सदस्य वराइलीले मन्तव्य राख्नुभएको थियो ।

जिल्ला प्रहरी कार्यालय परिसरमा हिंसामा परेका महिला तथा बालबालीकाको लागि आश्रय र नागरिक सहायता कक्ष भवनको असारमा निर्माण सुरु गरिएको थियो ।

स्थानीयबासीबाट आर्थिक र भौतिक सामाग्री सहयोग जुटाएर निर्माण गरिने भवनमा सहायता कक्ष र आश्रय स्थलका दुई वटा छुट्टा छुट्टै कक्ष रहनेछन् । ६ लाख २७ हजार रुपैयाँ लागत अनुमान गरिएको छ ।

आश्रयस्थल भएपछि प्रहरी कार्यालयमा उजुरी तथा गुनासो गर्नका लागि होटलमा बास बस्नेगरी बेनी आउने पीडितहरुलाई सहज हुने अपेक्षा गरिएको छ । प्रहरी कार्यालयले सूचना शाखामा नागरिक सहायता कक्ष सञ्चालन गरेको छ भने जिल्लामा पीडितको लागि आश्रय दिने संघ संस्था नहुँदा समस्या भएको छ । भवन निर्माणका लागि बजारबासीहरुसंग संस्थागत र व्यक्तिगत रुपमा सहयोगको आव्हान गरिएको छ ।