म्याग्दीमा राप्रपा (प्रजातान्त्रीक) गठन

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी २८ भदौ ।
म्याग्दीमा बुधबार राष्ट्रिय प्रजातान्त्रीक पार्टी राप्रपा (प्रजातान्त्रीक) गठन भएको छ ।
बेनीमा भएको कार्यकर्ता भेलाले रुपनारायण श्रेष्ठको अध्यक्षतामा राप्रपा प्रजातान्त्रीकको १५ सदस्यीय कार्यसमिति गठन गरेको हो । कार्यसमितिको सदस्यहरुमा टोपबहादुर केसी, रामबहादुर थापा, धर्मेन्द्र गौचन, दिलीप बरुवाल, भक्तीलाल छन्त्याल, ओमबहादुर बिक र बिरेन्द्र रावल रहनुभएको छ ।

यसैगरी अन्य सदस्यहरुमा पूर्णबहादुर कार्की, बालकुमार छन्त्याल, प्रेमकुमारी छन्त्याल, नन्दकली शर्मा, तसमान छन्त्याल, योगेन्द्रमान शेरचन र बलबहादुर सुनारलाई चयन गरिएको भेलापछि आयोजित पत्रकार भेटघाटमा जानकारी गराइएको थियो ।IMG_7770पत्रकार भेटघाटका क्रममा राप्रपा प्रजातान्त्रीकका केन्द्रिय सदस्य तथा ४ नम्बर प्रदेश कमाण्डर जगत गौचनले कमल थापाले स्वच्छेचारी प्रवृतीबाट पार्टी सञ्चालन गरेर कब्जा गर्न खोजेकाले राप्रपा बिभाजन भएको बताउनुभयो ।

राप्रपा प्रजातान्त्रीकले हिन्दु राष्ट्र र राजतन्त्रको एजेण्डा लिएर आगामी प्रदेश र संघको निर्वाचनमा सहभागी हुने नेता गौचनले बताउनुभयो । म्याग्दीमा संगठन विस्तारलाई तिब्रता दिने र पार्टीलाई बलीयो राष्ट्रबादी र प्रजातान्त्रीक शक्ती बनाउने गौचनले उद्घोष गर्नुभयो ।

फरक प्रशंगमा म्याग्दीमा राप्रपाको नेतृत्व एमालेको पुच्छर भएको नेता गौचनले आरोप लगाउनुभयो । उहाँले आफ्नो समूहले गत बैशाख ३१ गतेको स्थानीय तह निर्वाचनमा जिल्ला पार्टीले एमालेसंग तालमेल गरेपनि आफूहरुले तालमेल असफल बनाउन भुमिका खेलेको खुलासा गर्नुभयो ।