म्याग्दी समाचार
म्याग्दीका युवाहरु कुखुरापालन व्यवसायप्रति लोभीदै

सन्तोष गौतम/विकल्प न्यूज पुस १३ गते । म्याग्दीका युवाहरुका लागि कुखुरापालन स्वरोजगारको माध्यम बनेको छ । रोजगारीको खोजीमा दैनिक हजारौ नेपालीहरु विदेशीरहेको अवस्थामा कुखुरापालन गरेका युवा उद्यमीहरुले घरमै राम्रो आम्दानी गर्न सफल भएका छन् । मासु र अण्डा आपुर्तीका लागि म्याग्दीमा व्यवसायिक कुखुरापालन गर्ने क्रम बढेको छ । सदरमुकाम बेनी बजार आसपासमा पर्ने रत्नेचौर, खबरा, […]
गलेश्वर क्षेत्रको पूर्वाधार विकासमा जोड

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी १३ पुष । बेनी नगरपालिका ९ मा रहेको गलेश्वर शिवालय क्षेत्र विकास कोषको १२ औ कार्यकारी सभा र गलेश्वर जेष्ठ नागरीक आश्रमको सातौ वार्षिक साधारणसभा बुधबार सम्पन्न भएको छ । गलेश्वर मन्दिर परिसरको सत्संग सभाहलमा सम्पन्न साधारणसभामा सहभागीहरुले गलेश्वरको धार्मीक पर्यटन प्रर्वद्धनको साथसाथै व्यवस्थापनमा पनि प्राथमिकता दिनुपर्ने बताएका छन् । जिल्ला […]
लघुजलविद्युत परियोजनाको सामान हेलीकप्टरबाट ढुवानी
सन्तोष गौतम /विकल्प न्यूज बेनी १३ पुस । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ५ शिखमा निर्माणाधिन घोस्तेखोर लघुजलविद्युत परियोजनाको सामान हेलीकप्टर मार्फत ढुवानी गरिएको छ । सडक मार्ग भएर शिख पु¥याइएको तार, जेनेरेटर, टवाईन लगायतका उपकरण र सामान बुधबार सिम्रीक एयरको हेलीकप्टरबाट निर्माण स्थलमा ढुवानी गरिएको हो । आयोजना स्थलमा सडक नपुगेको, मानिसले बोकेर लैजान धेरै समय […]
मुक्तिमार्ग माविको ५९ औ वार्षिक उत्सव

सन्तोष गौतम/विकल्प न्यूज बेनी ११ पुष ।म्याग्दीको अन्नपूर्ण गाउँपालीका ६ घारमा रहेको मुक्तिमार्ग माविको ५९ औ स्थापना दिवस मंगलबार विभिन्न कार्यक्रम गरेर मनाइएको छ । स्थापना तथा अभिभावक दिवसको अवसरमा विद्यालयमा आयोजित कार्यक्रममा गाउँपालीकाका अध्यक्ष डमबहादुर पुनले सामाजिक परिवर्तनका लागि शिक्षाको विकास अपरीहार्य रहेको बताउनुभयो । उहाँले गाउँपालीकाको शिक्षा, स्वास्थ्य, सञ्चारसंगै, पूर्वाधार, पर्यटन, आर्थिक, जलस्रोतको […]
निशूल्क आँखा र स्वास्थ्य शिवीरबाट साढे पन्ध्रसय जना लाभान्वित
सन्तोष गौतम /विकल्प न्यूज दरवाङ ११ पुस । म्याग्दीको मालीका गाउँपालीका ६ दरवाङमा मंगलबार सम्पन्न निशूल्क आँखा र बृहत स्वास्थ्य शिवीरबाट एक हजार ५५९ जना लाभान्वित भएका छन् । हिमालयन आँखा अस्पताल पोखरा, जिल्ला स्वास्थ्य कार्यालय म्याग्दी र दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रको प्राबिधिक सहयोगमा दरवाङ स्थित लायन्स र लियो क्लबको आयोजनामा तिन दिनसम्म शिवीर सञ्चालन […]
डडुवामा लिफ्ट खानेपानी आयोजनाको परिक्षण सफल

सन्तोष गौतम/ विकल्प न्यूज बेनी १० । बेनी नगरपालिका ५ डडुवामा लिफ्ट प्रबिधिको खानेपानी आयोजना निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । सोलारको सहायताले बस्ती देखि तल रहेको मुहानबाट रिजर्भ टंकीसम्म पानी तानेर सोमबार आयोजनाको परिक्षण गरिएको छ । परिक्षण सफल भएपछि स्थानीय बासिन्दामा खुसीयाली छाएको र केही दिनमै आयोजना सञ्चालन गर्ने तयारी भएको उपभोक्ता […]
पाखापानीको औल गाउँमा सडक पुग्यो

सन्तोष गौतम /विकल्प न्यूज बेनी १० पुष । म्याग्दीको रघुगंगा गाउँपालिका ६ पाखापानीको औला गाउँ सडक सञ्जालसंग जोडिएको छ । बेनी–पाखापानी सडकको फुलडाँडा देखि औला गाउँ जोड्ने करिब साढे दुई किलोमिटर सडक निर्माण भएको हो । गाउँपालीकाका अध्यक्ष भवबहादुर भण्डारीको निजी लगानीमा उक्त गाउँमा सडक पु¥याइएको वडा अध्यक्ष मनकुमार शेरपुञ्जाले जानकारी दिनुभयो । स्थानीय तह […]
प्रदेश ४ को मुख्यमन्त्री मै हुँः किरण गुरुङ
१० पुस, पोखरा । तनहुँ क्षेत्र नम्बर-२ (ख) बाट निर्वाचित सांसद किरण गुरुङले प्रदेश ४ को मुख्यमन्त्री आफू हुने दाबी गरेका छन् । तमु जातिको ल्होछार/ल्होसार पर्वको अवसरमा सोमबार पोखरामा नौ पूजा म्हृिकी कोन्मे (बांगे) पोखराको आयोजनामा भएको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले प्रदेश नम्बर ४ को पहिलो मख्यमन्त्री आफू नै भएको दाबी गरेका हुन् […]
जनप्रतिनिधिको कार्यशैलीले संघीयता नै धरापमा

निरु अर्याल /काठमाण्डौं पुस १० गते । संघीयता कार्यान्वयन गर्ने मुख्य जिम्मेवारी बोकेको स्थानीय विकास मन्त्रालयले संघीयता धरापमा पर्ने चेतावनी दिएको छ । स्थानीय विकास मन्त्रालयले स्थानीय तहका जनप्रतिनिधिको कामप्रति चरम असन्तुष्टि जनाउँदै उनीहरूमा पूरै भर परे संघीयता नै धरापमा पर्ने चेतावनी दिएको हो । मन्त्रालयले आइतबार स्थानीय विकास राज्यमन्त्री जनकराज चौधरी, राष्ट्रिय योजना आयोगका […]
म्याग्दीमा प्रकोप व्यवस्थापन तालीम सम्पन्न

विकल्प न्यूज/बेनी पुस ९ गते । जिल्ला भुसंरक्षण कार्यालय म्याग्दीको आयोजनामा आईतबार बेनीमा प्राकृतिक प्रकोप व्यवस्थापन तालीम सम्पन्न भएको छ । तिन दिनसम्म सञ्चालन भएको तालीममा २० जनाको सहभागिता रहेको थियो । तालीमको जिल्ला भुसंरक्षण अधिकृत दिवाकर पौडेल, सहायक प्रजिअ यादवनाथ आचार्य, सहायक वन अधिकृत चन्द्रमणी सापकोटा, प्रहरी निरिक्षक दिपक महतले सहजिकरण गर्नुभएको थियो । […]
प्रकाश माविको ६५ औ स्थापना दिवस मनाइयो(फोटोसहित)
सन्तोष गौतम/विकल्प न्यूज बेनी ९ पुष । बेनीमा रहेको प्रकाश माविको ६५ औ स्थापना दिवस तथा निलमणि जयन्ती आईतबार एक समारोहको आयोजना गरि मनाइएको छ । विद्यालय परिसरमा जनप्रतिनिधि, विद्यालयका व्यवस्थापन समिति, शिक्षक, विद्यार्थी, अभिभावकहरुको उपस्थितीमा बिशेष समारोहको आयोजना गरेर स्थापना दिवस मनाइएको हो । सो कार्यक्रममा प्रतिनिधिसभा सदस्य भुपेन्द्रबहादुर थापाले सामुदायीक विद्यालयले शैक्षिक […]
आगलागी पीडित सुवेदी परिवारलाई डेढलाख सहयोग जुट्यो
विकल्प न्यूज /जलजला पर्वत बेनी ९ पुष । पर्वतको जलजला गाउँपालिका ७ धाइरिङका आगलागी पीडित इन्द्रमणि सुवेदीको परिवारलाई एकलाख पचासहजार रुपियाँ सहयोग जुटेको छ । आर्थिक अवस्था कमजोर भएको सुवेदी परिवारलाई राहत प्रदान गर्नका लागि स्थानीयवासीहरुको सकृयतामा उक्त रकम संकलन गरिएको हो । जलजला ७ धाइरिङ सल्यान घर भई हाल बेनीबजार कालिपुलमा व्यवसाय गर्ने युवा […]
आगलागी पीडितलाई रघुगंगा गाउँपालिकाद्धारा राहत प्रदान
सन्तोष गौतम/विकल्प न्यूज बेनी ९ पुष । म्याग्दीको रघुगंगा गाउँपालीकाले वडा न. १ तिप्ल्याङका आगोलागी पिडितलाई आईतबार राहत सहयोग गरेको छ । गाउँपालीकाको विपद् व्यवस्थापन कोषबाट प्रतिघर दश हजार रुपैयाका दरले राहत प्रदान गरिएको हो । शनिबार दिउँसो आगोलागी हुदा तिप्ल्याङका बेगबहादुर पुर्जा र राजकुमारी तिलीजाको घर ध्वस्त भएको थियो । गाउँपालीकाका अध्यक्ष भवबहादुर भण्डारी […]
भुरुङ तातोपानीमा निशूल्क मुटु स्वास्थ्य शिवीर सम्पन्न

सन्तोष गौतम /विकल्प न्यूज भुतातोपानी ८ पुष । म्याग्दीको अन्नपूर्ण गाउँपालीका २ भुरुङ तातोपानीमा शनिबार निशूल्क मुटु स्वास्थ्य शिवीर सम्पन्न भएको छ । शहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रको प्राबिधिक सहयोगमा नेपाल रेडक्रस सोसाईटी भुरुङ तातोपानी उपशाखाले स्थानीय स्वास्थ्य चौकीमा एक दिने शिवीर सञ्चालन गरेको हो । अन्नपूर्ण, रघुगंगा गाउँपालीका र बेनी नगरपालीका ४०३ जना सर्वसाधारणले […]
जनप्रतिनिधिको उपेक्षाका कारण म्याग्दीका कृषकहरु मर्कामा

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी ७ पुष । जनप्रतिनिधिहरुको उपेक्षाका कारण म्याग्दीमा कृषि र पशु विकास सम्बन्धि योजना तथा कार्यक्रम अलपत्र परेका छन् । मन्त्रालयले पठाएको बजेट स्थानीय तहले अन्यत्र बिनियोजन गरेपछि कृषकहरु विउबिजन र पशुपंक्षीको औषधि उपचारको सेवाबाट समेत बञ्चित हुनुपरेको छ । कृषि र पशुपंक्षी विकास मन्त्रालयले चालु आर्थिक वर्ष २०७४७५ मा सञ्चालन हुने […]