प्रदेश ४ को मुख्यमन्त्री मै हुँः किरण गुरुङ

१० पुस, पोखरा ।

Kiran-Gurung-pokhara तनहुँ क्षेत्र नम्बर-२ (ख) बाट निर्वाचित सांसद किरण गुरुङले प्रदेश ४ को मुख्यमन्त्री आफू हुने दाबी गरेका छन् । तमु जातिको ल्होछार/ल्होसार पर्वको अवसरमा सोमबार पोखरामा नौ पूजा म्हृिकी कोन्मे (बांगे) पोखराको आयोजनामा भएको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले प्रदेश नम्बर ४ को पहिलो मख्यमन्त्री आफू नै भएको दाबी गरेका हुन् ।

आफूलाई पार्टीले मूख्यमन्त्री बनाउने आश्वासन दिएपछि मात्र आफू प्रदेश सभा सदस्यमा उम्मेद्वार बनेको जिकिर गर्दै उनले भने,’प्रदेश नम्बर ४ को पहिलो मुख्यमन्त्री मै हुँ, मलाई पार्टी नेतृत्वले मुख्य मन्त्री बनाउने भनेकैले प्रदेश सभा सदस्यको उम्मेद्वार भएको हुँ ।’

प्रदेश नम्बर ४ को मुख्यमन्त्रीमा एमाले सचिव पृथ्वी सुब्बा गुरुङले पनि दाबी गर्दै आएका छन् । उनले आफू पार्टीको केन्द्रीय सचिव र किरण भन्दा बरिष्ठ भएकाले स्वतः आफू मुख्यमन्त्री बन्ने जिकिर गर्दै आएका छन् ।

कार्यक्रममा बोल्दै सांसद गुरुङले प्रदेश नम्बर ४ लाई देशकै नमूना प्रदेश बनाउने उद्घोष गरे । उनले प्रदेश नम्बर ४ मा पर्यटन, आर्थिक र कृषिको धेरै सम्भावना भएकोले प्रदेश नम्बर ४ लाई देशकै नमूना प्रदेश बनाउन सकिने उल्लेख गरे ।

उनले भने,’देशमा लामो समयको राजनीति परिवर्तनसँगै अब आर्थिक, सामाजिक, सुशाशन र परिवर्तनको खाँचो छ, अबको ५ बर्षमा प्रदेश नम्बर ४ लाई देशकै नमुना प्रदेशको रुपमा विकास गरेर लैजाने हामीले योजना बनाएका छौं ।’

सांसद गुरुङले आफू तनहुँको कुनै प्रदेशबाट निर्वाचित भएपनि सिंगो प्र्रदेश नम्बर ४ को विकास र समृद्धि आफ्नो मुख्य मुद्धा हुने स्पष्ट पारे । onlinekhabar