लघुजलविद्युत परियोजनाको सामान हेलीकप्टरबाट ढुवानी

सन्तोष गौतम /विकल्प न्यूज
बेनी १३ पुस ।  Saman Dhuwani 2म्याग्दीको अन्नपूर्ण गाउँपालिका ५ शिखमा निर्माणाधिन घोस्तेखोर लघुजलविद्युत परियोजनाको सामान हेलीकप्टर मार्फत ढुवानी गरिएको छ । सडक मार्ग भएर शिख पु¥याइएको तार, जेनेरेटर, टवाईन लगायतका उपकरण र सामान बुधबार सिम्रीक एयरको हेलीकप्टरबाट निर्माण स्थलमा ढुवानी गरिएको हो ।

आयोजना स्थलमा सडक नपुगेको, मानिसले बोकेर लैजान धेरै समय र खर्च लाग्ने भएकाले सामान ढुवानीमा हेलीकप्टर प्रयोग गरिएको उपभोक्ता समितिका अध्यक्ष लोकबहादुर फगामीले बताउनुभयो ।

शिख मावि परिसरबाट १२ खेप गरेर आयोजना स्थलमा सामान पु¥याइएको थियो । उपभोक्ता समितिका अनुसार सामान ढुवानीमा ११ लाख रुपैया खर्च भएको छ । ढाँडखर्क, बयली र खोप्राको सामुदायीक लजमा विद्युत आपुर्तीका लागि स्थानीयबासीको पहलमा ५० किलोवाट क्षमत्ताको परियोजना निर्माणाधिन अवस्थामा छ । Ghostekhor 5परियोजनाको नहर, ईन्टेक, विद्युतगृह, फोरवे निर्माण गर्ने, पोल गाड्ने काम सकिएको छ । तार तान्ने, जेनेरेटर र टर्वाईन जडान गर्ने काम गरेपछि परियोजनाबाट विद्युत उत्पादन हुने जनाइएको छ । चार वर्षअघि देखि निर्माण प्रक्रिया थालीएको परियोजना अबको दुई महिनाभित्र सम्पन्न गर्ने लक्ष्य रहेको छ ।

सरकारी निकायबाट न्युन मात्र सहयोग भएको परियोजना निर्माणका लागि शिखका अगुवा बागबिर पाईजा र सूचना प्रबिधिका अभियन्ता महाबिर पुनको पहलमा आर्थिक स्रोत जुटाउने क्रम जारी छ । एक करोड पचास लाख रुपैया लागत अनुमान गरिएको परियोजना निर्माण अवधि सकिदाँ दुई करोड भन्दा बढी खर्च हुने अनुमान छ ।

आर्थिक वर्ष २०७१७२ मा तत्कालीन जिल्ला समन्वय समितिले दश लाख रुपैया अनुदान उपलब्ध गराएको थियो । भौगोलिक बिकटता, महँगो उपकरण र महँगीका कारण लागत बढेको अध्यक्ष फगामीले बताउनुभयो ।

सामुदायीक लज सञ्चालक समितिले बैङ्कबाट ऋण लिएर परियोजना सम्पन्न गर्ने तयारी गरेका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) अन्तरगत फलाते हुदै ढाँडखर्क, बयली र खोप्राको भ्रमणमा आउने पर्यटकको संख्या बढ्दै जान थालेको छ ।

पर्यटकको सुबिधा र गाउँका सामुदायीक विद्यालय सञ्चालनका लागि आयस्रोत जुटाउने उद्देश्यले सामुदायीक लज सञ्चालन गरिएको हो । विद्युत अभावमा पर्यटकलाई अपेक्षाकृत सुबिधा उपलब्ध गराउन कठिन भएको थियो ।

मानव बस्तीदेखि टाढा रहेकाले केन्द्रिय प्रशारण लाईनको सम्भावना नभएपछि लघुजलविद्युत परियोजना मार्फत विद्युत सुबिधा पु¥याउन लागिएको हो । विद्युतसंगै ईन्टरनेट, मोवाईल लगायत सञ्चार सुबिधा सहज हुने पर्यटक आगमन बढ्ने अपेक्षा गरिएको छ ।