पाखापानीको औल गाउँमा सडक पुग्यो

सन्तोष गौतम /विकल्प न्यूज
बेनी १० पुष । Aaula Motarbato 3

म्याग्दीको रघुगंगा गाउँपालिका ६ पाखापानीको औला गाउँ सडक सञ्जालसंग जोडिएको छ ।  बेनी–पाखापानी सडकको फुलडाँडा देखि औला गाउँ जोड्ने करिब साढे दुई किलोमिटर सडक निर्माण भएको हो । गाउँपालीकाका अध्यक्ष भवबहादुर भण्डारीको निजी लगानीमा उक्त गाउँमा सडक पु¥याइएको वडा अध्यक्ष मनकुमार शेरपुञ्जाले जानकारी दिनुभयो ।

स्थानीय तह चुनावमा अध्यक्ष भण्डारीले स्थानीयबासीसंग गरेको प्रतिवद्धता अनुसार व्यक्तिगत रुपमा चार लाख रुपैया खर्च गरेर सडक पु¥याउनुभएको शेरपुञ्जाले बताउनुभयो । सडक निर्माण भएपछि औल गाउँमा बसोबास गर्ने ६० घरपरिवार लाभान्वित भएका छन् ।
सडक र औलमा निर्माण भएको खेलमैदानको सोमबार गाउँपालीकाका अध्यक्ष भण्डारीले उद्घाटन गर्नुभयो । अध्यक्ष भण्डारीले भौगोलिक रुपमा बिकट र दुर्गम क्षेत्रमा पर्ने रघुगंगा गाउँपालीकाको सडक स्तरवृद्धी र विस्तारका लागि प्राथमिकता दिएको बताउनुभयो ।

१५० मिटर लम्बाई र बिस मिटर चौडाई भएको खेलमैदान निर्माण गर्न औलका ओमप्रसाद र मिनबहादुर पाईजाले निशूल्क जग्गा उपलब्ध गराउनुभएको थियो । स्टार स्पोर्टस युथ कल्व औलालाई खेलमैदान निर्माणका लागि वडा कार्यालयले एक लाख रुपैया उपलब्ध गराएको थियो । सो खेलमैदानमा फुटबल, त्रिकेट, भलिबल, बास्केटबल लगायतका खेलकुद गतिबिधि सञ्चालन गर्न सकिने जनाइएको छ ।