ताजा समाचार:
Search

गलेश्वर क्षेत्रको पूर्वाधार विकासमा जोड

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी १३ पुष । IMG_2790बेनी नगरपालिका ९ मा रहेको गलेश्वर शिवालय क्षेत्र विकास कोषको १२ औ कार्यकारी सभा र गलेश्वर जेष्ठ नागरीक आश्रमको सातौ वार्षिक साधारणसभा बुधबार सम्पन्न भएको छ ।  गलेश्वर मन्दिर परिसरको सत्संग सभाहलमा सम्पन्न साधारणसभामा सहभागीहरुले गलेश्वरको धार्मीक पर्यटन प्रर्वद्धनको साथसाथै व्यवस्थापनमा पनि प्राथमिकता दिनुपर्ने बताएका छन् । जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र केसीले म्याग्दीका धार्मीक पर्यटकीय स्थलको विकासका लागि स्थानीय तह, प्रदेश र संघीय सरकारले पूर्वाधार निर्माण, प्रचारप्रसारमा जोड दिनुपर्ने बताउनुभयो ।

म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तम कर्माचार्यले मुक्तिनाथ प्रवेशद्धारको रुपमा परिचित गलेश्वर मन्दिर म्याग्दीको महत्वपूर्ण सांस्कृतीक, धार्मीक सम्पदा भएको बताउँदै यसबाट समुदायले लाभ लिनुपर्ने बताउनुभयो । galeshowr newपौलत्स्य क्षेत्र विकास कोषका अध्यक्ष लिलाबहादुर बानिया र जगन्नाथ मन्दिर संरक्षण समितिका रामबहादुर बानियाले गलेश्वरसंगै वरपरका धार्मीक स्थलको समेत धार्मीक पर्यटन विकासमा समन्वयको आवश्यकता रहेको बताउनुभयो ।

साधारणसभामा अध्यक्ष रुद्रबहादुर केसीले प्रगति प्रतिवेदन प्रस्तुत गर्नुहुदै गलेश्वरमा कालीगण्डकीको पानी पम्पीङ गरेर स्नानको व्यवस्था मिलाउन लागीएको र गलेश्वर राममन्दिर जोड्ने झोलुङ्गे पुल निर्माणको तयारी भएको बताउनुभयो ।

भक्तजनको चाप बढेकाले धर्मशालाको क्षमता वृद्धीका लागि नयाँ भवन निर्माणको लागि काठमाडौको रेडिसन होटलका सञ्चालक गोविन्द दास श्रेष्ठसंग सम्झौता भएको छ । श्रेष्ठले पचास लाख रुपैयाँ लागतमा भवन बनाउने सम्झौता गर्नुभएको छ ।

galeshowrकोषका सदस्य सचिव माधवप्रसाद रेग्मीले कोषको स्वामीत्वमा रहेका मठमन्दिर, धर्मशाला, सत्संग भवन, वृद्धाश्रम, स्वास्थ्य चौकीको भवन निर्माणमा छ करोड ६१ लाख ९४ हजार ५१४ रुपैयाँ लगानी भएको जानकारी दिनुभयो । गलेश्वर हुदै पौलत्स्य आश्रम जोड्ने पदमार्ग निर्माण गर्ने योजना अघि बढाइएको छ ।

गत आर्थिक वर्ष २०७३७४ मा ४३ लाख रुपैया भेटी संकलन भएको गलेश्वर मन्दिरमा चालु आर्थिक वर्षको साउन देखि मंसिर सम्म ४२ लाख ८८ हजार रुपैया भेटी प्राप्त भएको छ । सो कार्यक्रममा गलेश्वरधाम जेष्ठ नागरीक आश्रमका सचिव खगराज पोख्रेलले प्रगती र कोषाध्यक्ष गौमाया गर्बुजाले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

galeshowr newगलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष रुद्रबहादुर केसीको अध्यक्षता, सदस्य सचिव माधवप्रसाद रेग्मीको सञ्चालन र सदस्य टिकानन्द सुवेदीको स्वागत मन्तब्यमा सम्पन्न साधारणसभामा गत आर्थिक वर्षको आय ब्यय, चालु वर्षका योजना तथा कार्यक्रम र आगामी आर्थिक वर्षको अनुमानित आय ब्ययको विषयमा छलफल गरिएको थियो ।