आगलागी पीडित सुवेदी परिवारलाई डेढलाख सहयोग जुट्यो

विकल्प न्यूज /जलजला पर्वत
बेनी ९ पुष । helpपर्वतको जलजला गाउँपालिका ७ धाइरिङका आगलागी पीडित इन्द्रमणि सुवेदीको परिवारलाई एकलाख पचासहजार रुपियाँ सहयोग जुटेको छ । आर्थिक अवस्था कमजोर भएको सुवेदी परिवारलाई राहत प्रदान गर्नका लागि स्थानीयवासीहरुको सकृयतामा उक्त रकम संकलन गरिएको हो ।

जलजला ७ धाइरिङ सल्यान घर भई हाल बेनीबजार कालिपुलमा व्यवसाय गर्ने युवा समाजसेवी खेमवहादुर केसीको अगुवाईमा संकलन भएको ५७ हजार र गाउँलेहरुले संकलन गरेको करिव एकलाख रुपियाँ आइतवार पीडित सुवेदी परिवारलाई हस्तान्तरण गरिएको हो । समाजसेवी केसी १०,००० हजार,बेनीबजार संगमचोक निवासी विष्णु पौडेल १०,००० हजार, न्यूरोडका युवा व्यवसायी भिमनाथ शर्मा ५,००० हजार,बेनपा ६ का वडा अध्यक्ष कृष्ण बानियाँले ५,००० हजार रुपियाँ सहयोग गर्नुभएको छ । help 2यसै गरि बेनीकै रत्न थापा ३,००० हजार,कृष्ण पौडेल २,०००,रवि कार्की गलेश्वर ३,०००,सिर्जना मम रेष्टुरेण्टका सञ्चालक गोपाल पौडेल ३०००,प्रेम पुन (ताकम) ५,०००,सुमन सेरचन (बेनी) एक हजार, न्यूरोडका युवा व्यवसायी अमित बानियाँ ५००० , धाइरिङ सल्यानका रत्नवहादुर केसी ५००० गरी ५७ हजार र गाउँलेहरुले संकलन गरेको करिव एकलाख गरि डेढलाख रुपिया संकलन भएको सहयोग संकलन अभियानका संयोजक हरीप्रसाद आचार्यले जानकारी दिनुभयो । DSC_0917पुस ७ गते राती ११ बजे आगलागीबाट सुवेदीको घर पूर्ण रुपमा जलेर ध्वस्त भएको छ । घरमा भएको अन्नपात,लत्ताकपडा र भाडाकुडा सवै जलेर नष्ट भएको संकलन अभियानका संयोजक आचार्यले बताउनुभयो ।

DSC_0913
आगलागीबाट करिव २५ लाख रुपियाँ वरावरको क्षति भएको वडा अध्यक्ष टुङग नाथ आचार्यले बताउनुभयो । गाउँलेहरुले स्थानीयवासीको एक घरमा सुवेदी परिवारलाई अस्थायी रुपमा वसोवासको व्यवस्था मिलाएका छन् ।