आगलागी पीडितलाई रघुगंगा गाउँपालिकाद्धारा राहत प्रदान

सन्तोष गौतम/विकल्प न्यूज
बेनी ९ पुष । 25591569_1917851761577461_8227629838349365653_nम्याग्दीको रघुगंगा गाउँपालीकाले वडा न. १ तिप्ल्याङका आगोलागी पिडितलाई आईतबार राहत सहयोग गरेको छ ।

गाउँपालीकाको विपद् व्यवस्थापन कोषबाट प्रतिघर दश हजार रुपैयाका दरले राहत प्रदान गरिएको हो । शनिबार दिउँसो आगोलागी हुदा तिप्ल्याङका बेगबहादुर पुर्जा र राजकुमारी तिलीजाको घर ध्वस्त भएको थियो ।

गाउँपालीकाका अध्यक्ष भवबहादुर भण्डारी सहितको टोलीले आगोलागी पिडितका घरमै पुगेर दशदश हजार रुपैयाका दरले आपतकालीन राहत रकम प्रदान गर्नुभएको लेखापाल त्रिबिक्रम शर्माले जानकारी दिनुभयो ।

वडा अध्यक्ष बिलबहादुर फगामी, सदस्य बलमान गौचन, तिलक तिलीजा, बेनपा ८ का वडा सदस्य हिमबहादुर भण्डारी र गाउँपालीकाका नायव सुब्बा दयाराम पौडेलको टोलीले राहत हस्तान्तरण गर्नुभएको थियो ।

यसैगरी आगोलागी पिडितको सहयोगका लागि प्रदेशसभा सदस्य बिनोद केसी र जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र केसीले आव्हान गर्नुभएको छ । जिसस प्रमुख केसीले आईतबार बिहान पिडितलाई भेटेर सान्तवना प्रदान गर्नुभएको थियो ।