म्याग्दी समाचार

सिद्धार्थ बैंकद्धारा जेष्ठ नागरिक आश्रमलाई दुइलाख सहयोग

विकल्प न्यूज/बेनी माघ २१ गते ।  बेनी नगरपालिका ९ स्थित गलेश्वरमा रहेको जेष्ठ नागरिक आश्रमलाई बेनीमा रहेको सिद्धार्थ बैंकले दुइलाख ११ हजार एकसय ११ रुपियाँ सहयोग गरेको छ । आइतवार बैंकको शाखा उद्घाटनको अवसर पारेर बैंकले गलेश्वर क्षेत्र विकास कोषका अध्यक्ष रुद्रवहादुर कार्कीलाई उक्त रकम हस्तान्तरण गरेको बेनी शाखाका प्रबन्धक गणेश पाठकले जानकारी दिनुभयो । […]

वेष्ट पोइन्टमा अभिभावक अन्तरक्रिया कार्यक्रम

विकल्प न्यूज/बेनी माघ २१ गते । न्यु वेष्ट पोइन्ट आवासीय माध्यमिक विद्यालयमा अभिभाबक अन्तरक्रिया सम्पन्न भएको छ । कक्षा ११ र १२ मा अध्ययन गर्ने बिद्यार्थीहरुका अभिभाबकहरुका लागि अन्तरक्रिया गरिएको हो । माघ १९ गते शुक्रबार भएको कार्यक्रममा ८८ जना अभिभाबखारू उपस्थित रहेको विद्यालयले जनाएको छ । कक्षा ११ र१२ मा समेत यस वर्ष देखि […]

स्थानीय तहसंग प्रभावकारी समन्वय गरेर काम गर्न गैससलाई जिससको आग्रह

सन्तोष गौतम/विकल्प न्यूज बेनी २१ माघ । जिल्ला समन्वय समिति म्याग्दीले म्याग्दीमा योजना तथा कार्यक्रम सञ्चालन गरेका स्थानीय, राष्ट्रिय तथा अन्तराष्ट्रिय गैरसरकारी संस्थाहरुलाई स्थानीय तहसंग प्रभावकारी समन्वय गरेर काम गर्न आग्रह गरेको छ । समितिले आईतबार आयोजना गरेको समन्वय कार्यक्रममा जिसस प्रमुख देवेन्द्र केसीले देशको नयाँ संरचना अनुसार दुर्गम ग्रामिण क्षेत्रमा केन्द्रित भएर काम गर्न आग्रह […]

बेनीमा सिद्धार्थ बैंकको नयाँ शाखा उद्घाटन

विकल्प न्यूज/बेनी माघ २१ गते । सिद्धार्थ बैंक लिमिटेडले म्याग्दीको सदरमुकाम बेनीमा नयाँ शाखा विस्तार गरेको छ । आइतवार एक विशेष समारोहका बीच बैंकले बेनीको न्यूरोडमा शाखाको औपचारिक उद्घाटन गरेको हो । शाखाको उद्घाटन बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठ र म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तमकुमार कर्माचार्यले संयुक्त रुपमा गर्नुभएको थियो । शाखाको उद्घाटन गर्दै […]

घोस्केखोर लघुजलविद्युतलाई सहयोग गर्न महाबिरको अपिल

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी २१ माघ ।म्याग्दीको अन्नपूर्ण गाउँपालिका ५ शिखमा निर्माणाधिन घोस्केखोर लघुजलविद्युत परियोजना सम्पन्न गर्न सामाजिक अभियान्त महाबिर पुनको पहलमा करिब डेढ करोड रुपैयाँ जुटाइएको छ । शिखका पर्यटकीय स्थल खोप्रा, बयली र ढाँडखर्कमा विद्युत आपुर्ती गरी त्यहाँका सामुदायीक लजलाई घुँवामुक्त बनाउने उद्देश्यले निर्माण हुन लागेको ५० किलोवाट क्षमत्ताको परियोजनाका लागि हालसम्म एक […]

एकिकृत अखिल नेपाल शिक्षक संगठनको प्रदेश अध्यक्षमा ढुङ्गाना

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी २१ माघ । एकिकृत अखिल नेपाल शिक्षक संगठन प्रदेश नम्बर ४ को अध्यक्षमा म्याग्दीका सोमनाथ ढुङ्गाना निर्वाचित हुनुभएको छ । पोखरामा शनिबार सम्पन्न प्रथम प्रदेश सम्मेलनले बेनपा ६ मा रहेको जामुनाखर्क माविको प्रअ ढुङ्गानाको अध्यक्षतामा सर्वसम्मत नयाँ कमिटि चयन भएको हो । कमिटीको उपाध्यक्षमा म्याग्दीकै मनोज पौडेल, सदस्यहरुमा चिरञ्जिवी बोगटी र […]

प्रदेश ४ : पहिलो बैठक सवा घन्टाको

२१ माघ, पोखरा ।प्रदेश नम्बर ४ को पहिलो बैठक सवा घन्टाको हुने भएको छ । सोमबार ११ बजेलाई तोकिएको प्रदेश सभा बैठक तयारी गर्न शनिबार बसेको सर्वदलीय बैठकले सवा घन्टाको कार्यसूची तयार गरेको हो । प्रदेश प्रमुखको पत्र पाठ गरेर सुनाएसँगै प्रदेश सभा कार्य सञ्चालन आन्तरिक कार्यविधि पारित गर्ने, सांसदलाई शुभकामना राख्न दिने, अध्यक्ष मण्डल […]

प्रदेश ४ पहिलो बैठकको खाका तयार

जमुना वर्षा शर्मा /पोखरा माघ २० गते ।प्रदेश नं. ४ को माघ २२ गते बस्ने संसदको पहिलो अधिवेशनको तयारी शनिबार सर्वदलीय बैठक सम्पन्न भएको छ। उक्त बैठकले २२ गतेको कार्यक्रमको खाका बनाएको छ। बैठकमा प्रदेश प्रमुखबाट प्राप्त पत्र सभामुखले बाचन गरेर सुनाउने छन्। लगत्तै प्रदेश सभा सञ्चालनको अन्तरिम कार्यविधि पारित हुनेछ। साथै बैठकले सभामुखको अनुपस्थितिमा […]

यातायात व्यवसायी महासंघको केन्द्रीय सदस्यमा श्रेष्ठ विजयी

विकल्प न्यूज/बेनी माघ २० गते । चितवनमा सम्पन्न नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको पाँचौ अधिवेशनबाट केन्द्रीय सदस्यमा म्याग्दीका यातयात व्यवसायी सुमन श्रेष्ठ बिजयी हुनुभएको छ । शुक्रवार सम्पन्न महाधिवेशनमा प्रदेश नं ४ को केन्द्रीय सदस्यमा श्रेष्ठ अत्याधिक मतले विजय हुनुभएको हो । म्याग्दी जीप तथा बस सञ्चालक समितिका सचिव समेत रहेका श्रेष्ठ ले १२० मत प्राप्त […]

घोस्टेखोरको परिक्षण उत्पादन सफल

सन्तोष गौतम/विकल्प न्यूज बेनी २० माघ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ५ शिखका पर्यटकीय स्थलमा विद्युत आपुर्तीका लागि निर्माण हुन लागेको घोस्टेखोर लघुजलविद्युत परियोजनाको परिक्षण सफल भएको छ । ५० किलोवाट क्षमताको परियोजनामा जडान गरिएको जेनेरेटर र टवाईनको परिक्षण सफल भएको हो । नहर, बाँध निर्माण, तार तान्ने र उपकरण जडानको काम सकिएको परियोजनाको उपभोक्ता समितिका […]

म्याग्दी जेसीजको अध्यक्षमा विश्वकर्मा

विकल्प न्यूज/बेनी माघ २० गते ।  म्याग्दी जेसीजको वर्ष २०१८ को अध्यक्षमा कमल विश्वकर्मा निर्वाचित हुनुभएको छ । बेनीमा शनिबार सम्पन्न जेसीजको १९ औ बार्षिक साधारणसभा तथा अधिवेशनबाट बरिष्ठ कार्यकारीणी उपाध्यक्ष सैलेश श्रेष्ठ, कार्यकारिणी उपाध्यक्षमा खम थापा र भरत रकाल, महासचिव विरेन्द्र श्रेष्ठ सर्वसम्मत निर्वाचीत हुनुभएको हो । उपाध्यक्षमा अर्जुन पौडेल, भिमनाथ शर्मा, दिनेश बानियाँ, […]

उसु खेलाडीलाई सम्मान

सन्तोष गौतम/विकल्प न्यूज बेनी १९ माघ । जिल्ला उसु संघ म्याग्दीले शुक्रबार राष्ट्रिय र अन्तराष्ट्रिय प्रतियोगितामा उपाधि बिजेता म्याग्दीका खेलाडीहरुलाई सम्मान गरेको छ । जिल्ला खेलकुद विकास समितिको कार्यालयमा आयोजित कार्यक्रममा बिन्दु पुन, शुशिल श्रेष्ठ र शुशिल कार्कीलाई सम्मान गरिएको हो । जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कृष्णकुमार विश्वकर्मा, श्रीबक्स गुल्मका गुल्मपती अनीलकुमार बुढाथोकी, म्याग्दी उद्योग […]

उसु खेलाडीलाई सम्मान

सन्तोष गौतम/विकल्प न्यूज बेनी १९ माघ ।जिल्ला उसु संघ म्याग्दीले शुक्रबार राष्ट्रिय र अन्तराष्ट्रिय प्रतियोगितामा उपाधि बिजेता म्याग्दीका खेलाडीहरुलाई सम्मान गरेको छ । जिल्ला खेलकुद विकास समितिको कार्यालयमा आयोजित कार्यक्रममा बिन्दु पुन, शुशिल श्रेष्ठ र शुशिल कार्कीलाई सम्मान गरिएको हो । जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कृष्णकुमार विश्वकर्मा, श्रीबक्स गुल्मका गुल्मपती अनीलकुमार बुढाथोकी, म्याग्दी उद्योग […]

पुर्व विद्यार्थीले बरंजाका सामुदायिक विद्यालयलाई डस्टबिन वितरण गरे

सन्तोष गौतम/विकल्प न्यूज बरंजा १९ माघ । म्याग्दीको मंगला गाउँपालिका ३ र ४ बरंजामा रहेका सामुदायिक विद्यालयमा शुक्रबार फोहोर व्यवस्थापनका लागि डस्टबिन वितरण गरिएको छ । भुतपुर्व विद्यार्थी क्लब र बरंजा छात्रावृत्ती अक्षयकोषले महेत्द्ररत्न मावि, महेन्द्ररत्न आधारभुत, जनप्रिय आधारभुत १–८ र जनप्रिय आधारभुत १–५ तहलाई १३ वटा डस्टबिन वितरण गरेका हुन् । विभिन्न दाताहरुबाट डस्टबिन […]

मुनादेखि मुदीलाई जोड्ने सडक निर्माण सुरु

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी १९ जेठ । धौलागिरी गाउँपालिका ४ मा पर्ने म्याग्दीको बिकट र दुर्गम मुदी गाउँलाई जोड्ने सडकको ट्याक निर्माणको काम सुरु भएको छ । मुदीलाई सडक सञ्जालसंग जोड्नका लागि धौलागिरी गाउँपालिकाले मुना–दर–मुदी सडक आयोजना निर्माण सुरु गरेको हो । चालु आर्थिक वर्षमा गाउँपालीकाले बिनियोजन गरेको ९० लाख रुपैयाँ बजेटबाट ट्याक खन्ने काम सुरु […]