ताजा समाचार:
Search

म्याग्दी समाचार

बिकट राम्चेभित्र सम्भावना लुकेको छ

विकल्प न्यूज/बेनी बैशाख १० गते । राम्चेमा दोस्रो कार्यकालको लागि जनप्रतिनिधिको हैसीयतमा काम गर्दैछु । यसअघि वि.स २०५४ मा तत्कालीन राम्चे गाविसको उपाध्यक्षमा निर्वाचित भएर काम गरेको थिएँ । भुगोल एउटै भएपनि त्यसबेलाको गाविस र अहिलेको वडाको काम, कर्तब्य र अधिकारमा आकाश जमिनको फरक छ । नयाँ संरचना भएकाले एक वर्षको अवधि ऐन, कानुन, बिधी, […]

हुलाकीडाँडाका इश्वरको जिल्लामै पहिलोपटक टर्की पालनव्यवसाय

सन्तोष गौतम/विकल्प न्यूज बैशाख १० गते ।  युवाको लहर विदेशतिर बढिरहेका बेला बेनीका एक युवाले भने गाउँमै नयाँ कामको थालनी गरेका छन् । बेनी नगरपालिका १ हुलाकीडाँडाका ईश्वर केसीले जिल्लामै पहिलो पटक टर्की जातको पंक्षी पालन गर्नुभएको हो । गाउँमै बसेर सिर्जनशील काम गर्ने सोच राख्नुभएका केसीले टर्की पालन गरी स्वदेशमै बसेर नाम र दाम […]

यसरी पुग्न सकिन्छ अन्नपूर्ण आधार शिवीर

विकल्प न्यूज/बेनी बैशाख १० गते । नारच्याङ देखि आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमालको आधार शिवीर जोड्ने नयाँ पदमार्ग सञ्चालन भएको छ । अन्नपूर्ण गाउँपालिका ४ नारच्याङदेखि पहिलो पटक हिमाल आरोहण र पदयात्रीको टोली गत शुक्रबार आधार शिवीर पुगेका हुन् । बुधबार नारच्याङबाट आधारशिवीरतर्फ प्रस्थान गरेको पर्यटकहरुको टोली तिन दिनमा आधार शिवीर पुगेको दानाका […]

बेगमा विदेशबाट बिप्रेषणसंगै विकास भित्रीयो

सन्तोष गौतम/विकल्प न्यूज बैशाख ९ गते । रोजगारी, पेशा, व्यवसाय र अध्ययनका लागि विदेशीएका रघुगंगा गाउँपालिका १ बेगका बासिन्दाहरुले गाउँमा करोडौको विकास भित्र्याएका छन् । देशमा रोजगारीको अवसर नहुँदा बाध्यताले विदेशीएका बेगखोलाका बासिन्दाले घरमा रेमिट्यान्सको अलावा गाउँमा विकासका पूर्वाधार भित्र्याएका हुन् । प्रवासीहरुको पहलमा बेगमा करोडौ लगानीमा सडक, विद्यालय भवन, खेलमैदान, सामुदायिक भवन निर्माण भएको […]

महासंघ प्रदेश ४ काे सदस्यमा पत्रकार गौतम निर्वाचित

विकल्प न्युज । बेनी बैशाख ९ गते । नेपाल पत्रकार महासंघ प्रदेश ४ को सदस्यमा म्याग्दीका क्रियाशिल पत्रकार सन्तोष गौतम निर्वाचित हुनुभएको छ । आईतवार भएको मनोनयन दर्ता समयमा प्रदेश ४ को खुला सदस्यमा पत्रकार गौतम निर्विरोध निर्वाचित हुनुभएको हो । प्रेस सेन्टर म्याग्दीका पूर्व अध्यक्ष समेत रहनुभएका गौतम पत्रकार महासंघ म्याग्दीको प्रदेश सभासद हुनुहुन्छ । […]

पहिचान “पुनहिल”को

विकल्प न्यूज/बेनी बैशाख ९ गते । अन्नपूर्ण गाउँपालिका ६ मा अवस्थित घोडेपानी “पुनहिल” क्षेत्र म्याग्दीको पर्यटन विकासको प्रमुख आधार बनेको छ । म्याग्दी भ्रमणमा आउने ९० प्रतिशतले भ्रमण गर्ने घोडेपानी पुनहिल क्षेत्र म्याग्दीको पर्यटन क्षेत्रमा गहना बनेको छ । समुन्द्रि सतहदेखि तिन हजार २१० मिटरको उचाईमा चारैतिरबाट गुराँसे जंगलले घेरीएको पहाडको टाकुरामा रहेको पुनहिलबाट अन्नपूर्ण, […]

दरवाङमा तार जडित टेलिफोन सेवा सुरु

विकल्प न्यूज/बेनी बैशाख ९ गते । जिल्ला सदरमुकाम बेनी देखि २४ किलोमिटर पश्चिममा अवस्थित मालिका गाउँपालिकाको केन्द्र दरवाङ बजारमा तार जडित टेलिफोन सेवा विस्तार भएको छ । सरकारी स्वामीत्वको दुरसञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलीकमले मालिका गाउँपालिका ५ देविस्थानमा रिपीटर टावर स्थापना गरेर योङ्ग जेनेरेशन नेटवर्क (एनजिएन) प्रबिधिको टेलीफोन विस्तार गरेको हो । टेलिफोनसंगै एडीएसएल […]

बेगको सामुदायिक वनमा टिम्मुर खेती

विकल्प न्यूज/बेनी बैशाख ८ गते ।  म्याग्दीको रघुगंगा गाउँपालिका १ बेगका बासिन्दाले सामुहिक टिम्मुर खेती गरेका छन् । बेगमा रहेको लालिगुराँस सामुदायीक वन उपभोक्ता समूहले खेर गैरहेको सार्वजनीक पाखोलाई सदुपयोग गरी आयआर्जनमा सघाउ पुराउने उद्देश्यले मसलेदार फल टिम्मुरको व्यवसायिक खेती गरेका हुन् । सीम शिर्बारी, ठुलो ढुङ्गा क्षेत्रको बिस रोपनी क्षेत्रफलमा एक हजार दुई सय […]

“बेहुली भएर डोली चढ्दा रुन्छौ की रुदिनौ ?”

सन्तोष गौतम/विकल्प न्यूज बैशाख ८ गते ।जलजला गाउँपालिका ४ लुङ्दीका युवा सर्जक सुमन केसीको मुक्तक संग्रह “श्री”को शनिबार बेनीमा चर्चा गरिएको छ । म्याग्दी साहित्य सञ्चार र अन्तराष्ट्रिय नेपाली साहित्य समाज धौलागिरीले बुलबुलमा सुमन नाम दिएर आयोजना गरेको कार्यक्रममा कृत्तिको समालोचना, चर्चाका साथै रचना बाचन समेत गरिएको थियो । चैत १९ गते पोखरामा बिमोचन भएको […]

विद्यालय धान्न समुदायको सास्ती

याम बहादुर पुन /विकल्प न्यूज बैशाख ८ गते । सास्तीको नमूना ः म्याग्दीको धौलागिरी गाउँपालिका–२ मा दुइटा आधारभूत र एउटा माध्यमिक विद्यालय छन् । एक मात्र लमसुङ माविमा ११ जना शिक्षक छन् । यीमध्ये ६ जनाले राज्यबाट तलव सुविधा पाइरहेका छन् भने बाँकी ५ जना शिक्षकहरूको तलव समुदायको जिम्मामा छ । यो माविका लागि मासिक […]

म्याग्दी भ्रमण वर्षको तयारी तिब्र

सन्तोष गौतम/विकल्प न्यूज बेनी ८ बैशाख । पर्यटकीय सम्भावनाको पहिचान, उजागर र प्रवद्धन गर्ने उद्देश्यले मनाउन लागिएको म्याग्दी भ्रमण वर्ष २०७५ को तयारी तिब्र रुपमा अघि बढेको छ । म्याग्दी उद्योग वाणिज्य संघको अगुवाईमा मनाउन लागिएको भ्रमण वर्षको जिल्ला र स्थानीय तह स्तरमा तयारी तिब्र बनाइएको हो । भ्रमण वर्षको तयारीका विषयमा बिहीबार बेनीमा संघको […]

म्याग्दीमा पर्यटक र लगानी भित्र्याउन आग्रह

सन्तोष गौतम /विकल्प न्यूज बेनी ६ बैशाख । म्याग्दी उद्योग वाणिज्य संघले झापाका उद्योगी व्यवसायीहरुलाई म्याग्दीमा पर्यटक र लगानी भित्र्याउनका लागि सघाउन आग्रह गरेको छ । लगानीको वातावरणको अवस्थाको विषयमा अध्ययनका लागि म्याग्दी आएको दमक उद्योग वाणिज्य संघको टोलीसंग बेनीमा बिहीबार भएको अन्तरक्रियामा म्याग्दीको जलविद्युत क्षेत्रमा लगानी र आन्तरिक पर्यटक भित्र्याउन प्रस्ताव गरिएको हो । […]

मन्त्री थापाद्धारा बेगकी चोचाङ्गीलाई विद्यालय भर्ना

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी ६ बैशाख ।महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले रघुगंगा गाउँपालिका १ बेगकी ४ वर्षिया बालिकाको अभिभाकत्व ग्रहण गर्दै विद्यालय भर्ना गर्नुभएको छ । बेगखोला निवासी तिलचन्द्र र शान्ति चोचाङ्गीका ४ वर्षिया छोरी सपनालाई महादेव मावि बेगमा भर्ना गराउनुभएको मन्त्री थापाको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार मन्त्री थापाले बालिकाको […]

चनाचटपट व्यवसायबाट लोभलाग्दो आम्दानी (भिडियो)

विकल्प न्यूज/बेनी बैशाख ६ गते । रघुगंगा गाउँपालिका १ बेगखोलाका युवा महेन्द्र गर्बुजाले गाउँमा चनाचटपट व्यवसायबाट लोभलाग्दो आम्दानी गर्नुभएको छ । १२ वर्ष वैदेशिक रोजगारीमा साउदी अरब विताउनुभएका  गर्बुजा केही वर्ष पहिला गाउँ फर्किनुभएको हो । उहाँले गाउँमा अर्गानिक खेती पनि सुरु गर्नुभएको छ । उहाँले माछा र कुखुरा पालन पनि गर्नुभएको छ ।  हालैमात्र […]

छात्रवृत्तिका लागि तिन लाख रुपैयाँको अक्षयकोष स्थापना

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी ६ बैशाख ।  बेनी नगरपालिका १ अर्जमका एक परिवारले दिवंगत आफन्तको स्मृतीमा तिन लाख रुपैयाँको छात्रवृत्ति अक्षयकोष स्थापना गरेका छन् । अर्जमका मानबहादुर र चन्द्रकली थापामगर तथा उहाँका भाई ईन्द्र एलजि र लक्ष्मी थापाले बेनीको प्रकाश मा.विमा हजुरबुवा स्व बिच्चाराम थापामगरको स्मृतीमा तिन लाख १११ रुपैयाको अक्षयकोष स्थापना गर्नुभएको हो । […]