विकल्प न्यूज/बेनी
फागुन २१ । म्याग्दीको मालीका गाउँपालिका ७ बिममा आगोलागी हुँदा एक घर जलेर नष्ट भएको छ । साविक बिम गाविस ४ का चन्द्रबहादुर दर्जीको घरमा आईतबार राती आगोलागी हुँदा नष्ट भएको हो ।
चुल्होमा रहेको आगोको झिल्का घर छाउन प्रयोग भएको खरमा सल्किएपछि आगोलागी भएको ईलाका प्रहरी कार्यालय दरवाङका प्रहरी निरिक्षक दिपक महतले बताउनुभयो । आगोलागीबाट दुई तले खरको घरमा रहेका लत्ताकपडा, अन्नपात लगायतको धनमाल जलेर दुई लाख पचास हजार रुपैया बराबरको क्षत्ती पुगेको प्रहरीले जनाएको छ ।
आगोलागीबाट घर जलेर नष्ट भएपछि चन्द्रबहादुर र उहाँकी श्रीमती छिमेकीकोमा आश्रय लिएर बस्नुभएको छ । आगोलागी पिडितलाई जिल्ला दैवी प्रकोप उद्धार समिति र गाउँपालीका मार्फत राहतको व्यवस्था मिलाउन पहल गरिएको वडा अध्यक्ष रशेम जुक्जालीले बताउनुभयो ।