म्याग्दी समाचार
बैशाख ३० गते म्याग्दी भ्रमण वर्ष २०७५ को शुभारम्भ

विकल्प न्यूज/बेनी बैशाख २१ गते । निजी क्षेत्रको छाता संगठन म्याग्दी उद्योग बाणिज्य संघको मुल आयोजनामा मनाउन लागिएको म्याग्दी भ्रमण वर्ष २०७५ को यहि बैशाख ३० गते देखि औपचारिक रुपमा शुभारम्भ गरिने भएको छ । नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीद्धारा भ्रमण वर्षको उद्घाटन हुने कार्यक्रम तय भएको म्याग्दी उद्योग वाणिज्य […]
शनिबार नेपाल बन्द गर्ने नेकपाको आयो यस्तो विज्ञप्ती

विकल्प न्यूज/बेनी बैशाख २१ गते । विप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले बैशाख २२ गते शनिबार नेपाल बन्दको आवह्न गरेको छ । नेकपाका म्याग्दी सेक्रेटरी रन्जीतद्धारा हस्ताक्षरीत विज्ञप्तीमा संविधानले व्यवस्था गरेको शान्तिपूर्ण तरिकाबाट सभा सम्मेलन गर्ने,नेपालको हरेक ठाउँमा हिडडुल गर्न पाउने स्वतन्त्रता सम्बन्धि हकको धज्जी उडाउँदै पार्टीका नेता कार्यकर्ताहरुलाई विना कारण गिरफ्तार गर्ने झुठ्ठा मुद्धा लगाउने […]
१ वर्षसम्म जेल जान सक्छन् गाडी बन्द गर्ने यातायात व्यवसायी

काठमाडौं, २१ वैशाख– यसअघि गैरनाफामूलक संस्था (एनजीओ)को रुपमा जिल्ला प्रशासन कार्यालयमा दर्ता हुँदै आएका यातायात समितिहरुको दर्ता नवीकरण नगर्ने सरकारको निर्णयविरुद्ध यातायात व्यवसायीहरु अहिले आन्दोलनमा छन् । यात्रुलाई प्रत्यक्ष मार पर्ने गरी यातायात क्षेत्रमा जारी आलोपालो प्रथा (सिण्डिकेट) तोड्ने सवालमा मन्त्रिपरिषदले गरेको निर्णयको बिरोध गर्दै शुक्रवार देशभर सार्वजनिक यातायात सेवा ठप्प पारिएको छ । यातायात […]
थप आठ विद्यालयमा विद्युतीय पुस्तकालय जडान

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी २१ बैशाख । प्रवासीहरुको अगुवाईमा म्याग्दीका थप आठ विद्यालयमा आधुनिक प्रबिधियुक्त विद्युतीय पुस्तकालय स्थापना भएको छ । म्याग्दी प्रवासी नेपाली संघ (मोना)ले यसअघि २५ विद्यालयमा स्थापना गरेको विद्युतीय पुस्तकालय पछिल्लो पटक थप आठ विद्यालयमा विस्तार गरेको हो । तेस्रो चरणमा किसानी मावि बिम, राष्ट्रिय मावि नेप्टेचौर, जनप्रिय आधारभुत विद्यालय बरञ्जा, महेन्द्ररत्न […]
म्याग्दीका सिण्डिकेटधारी व्यवसायी प्रहरी खोरमा

विकल्प न्यूज/बेनी बैशाख २१ गते । म्याग्दीका सिण्डिकेटधारी यातायात व्यवसायीहरु प्रहरी खोरमा परेका छन् । शुक्रबार उनीहरुलाई जिल्ला प्रहरी कार्यालय म्याग्दीले सार्वजनिक सेवालाई प्रभावित पारी सर्वसाधारण नागरिकलाई सास्ती दिएको भन्दै पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा म्याग्दी जिप तथा वस व्यवसायी समितिका कार्यवाहक अध्यक्ष लाल बहादुर थापा,सचिव सुमन श्रेष्ठ, म्याग्दी काली यातायात व्यवसायी समितिका सचिव […]
सिण्डिकेटधारीका गाडी ग्यारेजमा, कम्पनी र निजी गाडीले सेवा दिए

सन्तोष गौतम/विकल्प न्यूज बेनी २१ बैशाख । सरकारले ल्याएको नयाँ निर्देशिका विरुद्ध म्याग्दीका यातायात व्यवसायीले शुक्रबार सेवा ठप्प पारेपछि सर्वसाधारण यात्रु मर्कामा परेका छन् । म्याग्दी जिप तथा बस व्यवसायी, धौलागिरि, पृथ्वी, म्याग्दीकाली, म्याग्दी ट्याक्सी व्यवसायी लगायत यातायात ब्यवसायी समिति सम्बद्ध व्यवसायीले बिहानैदेखि सार्वजनिक सवारी साधन सञ्चालन नगरेपछि यात्रु मर्कामा परेका हुन् । काम बिशेषले […]
म्याग्दीको विकासमा ध्यान दिन सांसद केसीको माग

विकल्प न्यूज/बेनी बैशाख २० गते । म्याग्दीका प्रदेश सभा सदस्य विनोद केसीले प्रदेश नम्बर ४ को सरकारले सार्वजनिक गरेको बजेट तथा कार्यक्रममा म्याग्दीका सम्भावनायुक्त क्षेत्रहरुलाई उपेक्षा गरिएको भन्दै संसदको ध्यानकर्षण गराउनुभएको छ । विहिवार बसेको संसद बैठकमा सरकारले ल्याएको नीति तथा कार्यक्रम माथि धारणा राख्दै साँसद केसीले आर्थिक समृद्धि र भौतिक पूर्वाधार निर्माणलाई प्राथमिकता दिएर […]
हाम्राे झिं गाउँ गीतको म्युजीक भिडियो

विकल्प न्यूज/बेनी बैशाख २० गते । घुगंगा गाउँपालिका ५ मा पर्ने झिँ गाउँको प्रचारप्रसारका लागि तयार पारिएको गीतको म्युजीक भिडियो छायांकन गरिएको छ । हाम्रो झिँ गाउँ बोलको गीतको म्युजीक भिडियो बनाउनका लागि दृष्य छायांकन गरिएको हो । धौलागिरी सेञ्चुरी पदमार्गले समेटिएको, पर्यटकीय स्थल टोड्केको फेदीमा पृष्ठभुमिमा धौलागिरी हिमाल देखिने झिँ गाउँ प्राकृतिक सौन्दर्यले भरिपूर्ण […]
म्याग्दीमा सुन्तला जोनको कार्यालय स्थापना हुने

सन्तोष गौतम/विकल्प न्यूज बेनी २० बैशाख । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्तरगत म्याग्दीमा सुन्तला जोनको कार्यालय स्थापना हुने भएको छ । म्याग्दी, बागलुङ र पर्वत जिल्लामा सुन्तला जोन कार्यक्रम सञ्चालनका लागि भुमि व्यवस्था तथा कृषि विकास मन्त्रालयले बिहीबार म्याग्दीमा कार्यालय स्थापना गर्ने निर्णय गरेको प्रतिनिधिसभाका सदस्य भुपेन्द्र थापाले जानकारी दिनुभयो । सुन्तलालाई बिशिष्टीकृत बाली मानेर […]
शिख माविमा पूर्वाधार निर्माण तिब्र

विकल्प न्यूज/बेनी बैशाख २० गते । अन्नपूर्ण गाउँपालिका ५ मा रहेको शिख माध्यमिक विद्यालयमा पूर्वाधार निर्माणले तिब्रता पाएको छ । स्थानीयबासी, प्रवासी र सरकारी निकायको लगानीमा भौगोलिक रुपमा बिकट क्षेत्रमा पर्ने शिखको सामुदायीक विद्यालयमा सुबिधा सम्पन्न भवन, खेलमैदान लगायतका पूर्वाधार निर्माणले तिब्रता पाएको हो । कक्षा १२ सम्मको पठनपाठन हुने विद्यालयमा ब्रिटीस गोर्खा वेयलफेयरको सहयोगमा […]
न्यून आय भएका कृषकलाई अदुवाको विउ वितरण

सन्तोष गौतम/विकल्प न्यूज बेनी २० बैशाख । न्यून आय भएका कृषकको आयआर्जन वृद्धि र जिविकोपार्जनमा सुधार ल्याउन सघाउने उद्देश्यले म्याग्दी उद्योग वाणिज्य संघले अदुवाको विउ वितरण गरेको छ । नेपाल उद्योग वाणिज्य महासंघ अन्तरगत कृषि उद्यम केन्द्रले उपलब्ध गराएको बोसे जातको बिस क्विन्टल अदुवाको विउ छ वटै स्थानीय तहका कृषकहरुलाई वितरण गरेको हो । बेनीमा […]
धौलागिरिमा यार्सागुम्बालाई निकासी कर

विकल्प न्यूज/बेनी बैशाख २० गते । धौलागिरि गाउँपालिकाले बहुमूल्य जडिवुटी यार्सागुम्बामा स्थानीय निकासी कर लागु गर्ने भएको छ । बैशाख पहिलो हप्ता भएको गाउँसभाले यार्सागुम्बा निकासी गर्दा प्रतिकिलो ५ हजार रुपैया राजस्व तिर्नुपर्ने निर्णय भएको हो । १ नम्बर वडा गुर्जाका वडा अध्यक्ष झकबहादुर छन्त्याल र कार्यपालिका सदस्य देउप्रसाद छन्त्यालले यार्सागुम्बाको चोरी पैठारी नियन्त्रणका विषयमा […]
युवालाई उद्यमी बनाउन सीप विकास तालिम

विकल्प न्यूज/बेनी बैशाख २०गते । युवालाई सीप विकाससम्बन्धी तालिम दिएर उद्यमी बनाउने उद्देश्यले तीन महिने सीप विकासका लागि सिलाइकटाई तालिम सुरु भएको छ । राष्ट्रिय युवा परिषद अन्तर्गत रहेको जिल्ला युवा समिति म्याग्दीको आयोजनामा बिहीबारदेखि तालिम सञ्चालन गरिएको हो । तालिमको उद्घाटन गर्दै जिल्ला युवा समितिका अध्यक्ष देवीप्रसाद शर्माले युवाहरुले सीप सिकेर व्यवसायमा लाग्नुपर्ने बताए […]
अपाङ्गता खत्रीलाई आर्थिक सहयोग

विकल्प न्यूज/बेनी बैशाख २० गते । म्याग्दीको बेनी नगरपालिका–५, भिरमुनीका नरबहादुर खत्रीलाई अमेरिकाबाट आर्थिक सहयोग प्राप्त भएको छ । भुटानी नागरिकद्वय ईन्द्र शंकर र ज्ञान शंकरले अमेरिकाबाट पठाएको नगद पाँचहजार रुपैयाँ बिहीबार खत्री परिवारलाई हस्तान्तरण गरिएको हो । उक्त सहयोग रकम नेपाल रेडक्रस सोसाइटी पुलाचौर उपशाखाका सभापति यामबहादुर बानियाँ र रेडक्रसकर्मी मोहन बानियाँमार्फत अपाङ्गता खत्रीलाई […]
मोदीको मुक्तिनाथ भ्रमणको तयारी तिब्र

निरज थकाली/मुस्ताङ बैशाख २० गते । मुस्ताङ स्थित विश्व प्रसिद्ध तिर्थस्थल मुक्तिनाथमा आगामी हप्ता भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गर्नुहुने भ्रमणको तयारीलाई तिब्र बनाइएको छ । मोदीको धार्मीक भ्रमणलाई सफल बनाउन सुरक्षा, स्वागत र अन्य व्यवस्थापकीय तयारी तिब्र पारिएको हो । भ्रमणको तयारीका लागि बुधबार आएको भारतीय सेना र सुरक्षा अधिकारीहरुको टोलीले मुक्तिनाथको स्थलगत अवलोकन गर्नुका […]