जनप्रतिनिधिलाई क्षमता अभिवृद्वि तालीम सम्पन्न

सन्दिप शर्मा/विकल्प न्यूज
चैत ३ गते । DSC_0519म्याग्दीमा स्थानीय तहका नेकपा एमाले र माओवादी केन्द्रबाट निर्वाचित जनप्रतिनिधिहरु लाई २ दिने क्षमता अभिवृद्वि तालिम शनिवार सम्पन्न भएको छ ।

दूई दिन सम्म सञ्चालन भएको तालिममा निर्वाचित गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष, स्वतन्त्र जनप्रतिनिधि तथा कार्यपालिका सदस्यहरु गरि ४० जनाको सहभागिता रहेको थियो ।
दुई दिन सम्म सञ्चालन भएको तालिममा स्थानिय तहको अर्थिक ब्यवस्थापन, आर्थिक सामाजिक रुपान्तरण, योजना निमार्ण र परिचालन, सम्बैधानिक कानुन र स्थानियतहहरुमा न्यायिक निरुपण लगाएतका विषयमा प्रमुख प्रशिक्षक विद्धान आचार्य लगातले प्रशिक्षण दिएका थिए ।

कार्यक्रमको अन्तिम दिन शनिबार सहभागि हरुलाई प्रमाणत्र प्रदान गर्दै एमाले म्याग्दीका अध्यक्ष हरिकृष्ण श्रेष्ठ र एमाले म्याग्दीका उपाध्यक्ष तथा जि.स.स सभापति देबेन्द्रबहादुर केसिले तालिमले जनप्रतिनिधिहरुलाई काम गर्ने सहयोग पु¥याउने भन्दै तालिममा सिकेका कुराहरुलाई ब्यवहारमा उतार्न आग्रह गरेका थिए ।

एमाले म्याग्दीका अध्यक्षको श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहभागिको तर्फ देखि धौवलागिरी गाउँपालिका अध्यक्ष सतप्रसाद रोका, मालिका गाउँपालिका उपाध्यक्ष खरमाया विटालु, र धौलागिरी गाउँपालिका वडा नंम्बर एक का अध्यक्ष झकबहादुर छन्त्यालले मन्तब्य ब्यक्त गरेका थिए भने कार्यक्रमको सञ्चालन एमाले म्याग्दीका सचिव बालकृष्ण सुबेदीले गरेका थिए ।