सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी २ चैत । म्याग्दीको अन्नपूर्ण गाउँपालिका २ ठूलोबगरमा रहेको आमा समूहले भुरुङ तातोपानी स्वास्थ्य चौकीलाई सहयोग गरेका छन् । भुरुङ तातोपानी स्वास्थ्य चौकीको प्रसुती केन्द्रमा विद्युतको बैकल्पीक व्यवस्थाका लागि उपकरण खरिदका लागि आमा समूहले पन्ध्र हजार रुपैयाँ सहयोग गरेका हुन् । लोडसेडीङ हुँदा मोवाईलको लाईट र मैनबत्ती बालेर सुत्केरी गराउनुपर्ने समस्या रहेकाले ईमरजेन्सी लाईट खरिद गर्न सहयोग गरेको समूहकी अध्यक्ष बिष्णु परियारले जानकारी दिनुभयो ।
मितेरी आमा समूहले नाचगान र विभिन्न कार्यक्रम गरेर जुटाएको रकमबाट गाउँको विकास निर्माण, सामाजिक सेवा र महिला शशक्तीकरणमा परिचालन गर्दै आएका छन् ।