बाम गठबन्धनका जनप्रतिनिधिहरुलाई क्षमता अभिवृद्धि तालीम

सन्तोष गौतम/विकल्प न्यूज
बेनी २ चैत । DSC_0519 म्याग्दीमा स्थानीय तहका नेकपा एमाले र माओवादी केन्द्रबाट निर्वाचित जनप्रतिनिधिहरुको लागि २ दिने क्षमता अभिवृद्धि तालिम शुक्रबारदेखि बेनीमा सुरु भएको छ ।
नेकपा एमाले म्याग्दीले आयोजना गरेको तालीमको एमाले म्याग्दीका जिल्ला अध्यक्ष हरिकृष्ण श्रेष्ठ र माओवादी केन्द्रका पोलीट ब्युरो सदस्य तथा जिल्ला संयोजक गोविन्द पौडेलले संयुक्त रुपमा उद्घाटन गर्नुभयो ।

उद्घाटनका क्रममा अध्यक्ष श्रेष्ठ र संयोजक पौडेलले स्थानीय तहबाट प्रवाह हुने सेवा सुबिधा, विकास र कानुन निर्माणको कामलाई पारदर्शी, जनमुखी र प्रभावकारी बनाउन जनप्रतिनिधिहरुलाई आग्रह गर्नुभएको थियो ।

दुई दिनसम्म चल्ने तालीममा नेकपा एमाले, माओवादी केन्द्र र स्वतन्त्र रुपमा निर्वाचित गाउँपालीका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष र कार्यपालिका सदस्यहरुको सहभागिता रहेको छ । DSC_0521स्थानयि तहको आर्थिक व्यवस्थापन, वित्तिय अनुसासन, पारदर्शीता, कानुन निर्माण, न्यायीक निरुपण, अधिकारको क्षेत्राधिकार, योजना निर्माण र परिचालनका विषयमा पशिक्षण दिइने एमाले म्याग्दीका सचिव बालकृष्ण सुवेदीले जानकारी दिनुभयो ।

तालीमको रामबहादुर रावत, कोष तथा लेखा नियन्त्रक छविन्द्र बेल्वासे लगायतले सहजिकरण गर्नुहुने जनाइएको छ । गत बैशाखमा भएको स्थानीय तह निर्वाचनमा नेकपा एमालेले मंगला र धौलागिरी गाउँपालिकामा अध्यक्ष, उपाध्यक्ष, मालीकामा उपाध्यक्ष जितेको थियो ।

एमालेले २४ वडा, काँग्रेसले १५, माओवादी केन्द्रले पाँच र २ वटा वडामा स्वतन्त्र उमेद्वार अध्यक्षमा निर्वाचित हुनुभएको थियो । बेनपा ३ का वडा अध्यक्ष पदम पुन र मालीका ७ का वडा अध्यक्ष रेशम जुक्जाली पनी उक्त तालीममा सहभागी हुनुभएको छ ।

एमाले म्याग्दीका अध्यक्ष हरिकृष्ण श्रेष्ठको अध्यक्षता, सचिव बालकृष्ण सुवेदीको सञ्चालन र उपसचिव देबहादुर घलेको स्वागत मन्तब्यमा उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो ।