म्याग्दी समाचार
गाउँलेलाई लाखौं ठगेर ठेकेदार फरार

विकल्प न्यूज/बेनी बैशाख २५ गते । पर्यटन बिभागले निर्माण व्यवसायी मालिका क्षेत्रमा निर्माण गरेको पदमार्ग । तस्विर नवविकल्प म्याग्दीमा एक निर्माण व्यवसायीले गाउँलेलाई लाखौ ठगेर फरार भएका छन् । टोड्के देखि मालिका जोड्ने सानोखर्क ठूलोखर्क मालीका दोवाटोखर्क पदमार्ग निर्माणको जिम्मा लिएका व्यवसायीले काम गरेका मजदुरको ज्याला र स्थानीय ब्यापारीहरुको उधारो नतिरी बर्षौदेखि सम्र्पक बिहीन भएका […]
धौलागिरि गाउँपालिकामा विकास निर्माणमा तिब्रता

सन्तोष गौतम/विकल्प न्यूज मराङ २५ बैशाख । भौगोलिक रुपमा बिकट र दुर्गम क्षेत्रमा अवस्थित म्याग्दीको धौलागिरि गाउँपालिकामा विकास निर्माणले तिब्रता पाएको छ । स्थानीय तह कार्यान्वयनमा आएको र जनप्रतिनिधि निर्वाचित भएपछि सडक, घोरेटो बाटो, सामुदायीक भवन, कल्भर्ट, खानेपानी, सिँचाई, विद्यालय क्षेत्रमा विकास निर्माणले तिब्रता पाएको हो । विगतमा जस्तो आर्थिक वर्षको अन्तमा हतार हतारमा टालटुले […]
मराङमा अामा समुहले भवन बनाए (हेर्नुहाेस फाेटाे )

सन्तोष गौतम / विकल्प न्युज मराङ २४ बैशाख ।धौलागिरि गाउँपालिका ६ मराङको कुम्रीमा प्रगतीशिल आमा समूहले निर्माण गरेको सामुदायीक भवनको सोमबार एक समारोहका बिच उद्घाटन गरिएको छ । आमा समूहको कोष, प्रवासी, सरकारी निकायको अनुदान सहयोग र स्थानीयबासीको श्रमदानमा निर्माण भएको तिन कोठे भवनको पूर्व सांसद नवराज शर्माले उद्घाटन गर्नुभएको हो ।भवन उद्घाटनपछि मन्तब्य व्यक्त […]
हाट बजारलाई प्रयोगमा ल्याउन ज्ञापनपत्र

विकल्प न्युज / बेनि बैशाख २४ गते । बेनीको शिवालय टोल सुधार समितिले खुल्लामञ्च नजिक बहुउद्देश्यीय मैदानमा निर्माण गरिएको हाट बजारका संरचनालाई प्रयोगमा ल्याउन माग गरेको छ । लामो समयदेखि हाट बजारका संरचना गोठमा परिणत भएको भन्दै टोल सुधार समितिले बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठलाई सोमबार ज्ञापनपत्र बुझाउँदै उक्त माग गरेको हो । समितिका अध्यक्ष ज्ञानेन्द्र […]
जलजलाका कृषकलाई गाेठ सुधारमा अनुदान

सन्तोष गौतम/ विकल्प न्युज बेनी २४ बैशाख । जलजला गाउँपालिका अन्तरगत पशु सेवा शाखाले भुकम्प प्रभावीक कृषकहरुलाई गोठ सुधारमा अनुदान वितरण गर्न सुरु गरेको छ । लामाखेत स्थित गाउँपालिका कार्यालयमा आयोजित कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष सिमा पुनले जलजला ७ का कृषक मनबहादुर क्षेत्रीलाई नगद हस्तान्तरण गरेर अनुदान वितरणको शुभारम्भ गर्नुभएको हो । भुकम्पबाट प्रभावीत दश जना […]
स्वास्थ्यकर्मीलाई शीघ्र एकीकृत कुपोषणको व्यवस्थापनसम्बन्धी तालिम

प्रताप बानियाँ /विकल्प न्यूज म्याग्दी, बैशाख २४ । उत्तरी म्याग्दीको रघुगंगा गाउँपालिकाको केन्द्र मौवाफाँटमा सोमबारदेखि स्वास्थ्यकर्मीहरुका लागि शीघ्र एकीकृत कुपोषण व्यवस्थापनसम्बन्धी तालिम सुरु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय म्याग्दीको आयोजना, युएसआईडी सुआहारा कार्यक्रमको आर्थिक तथा प्राविधिक सहयोग र मिलन म्याग्दीको साझेदारीमा तालिम सञ्चालन गरिएको हो । शीघ्र र मध्यम कुपोषण पत्ता लगाई शीघ्र कुपोषणको […]
मुस्ताङमा उच्च सुरक्षा सर्तकता

निरज थकाली/विकल्प न्यूज ठिनी, मुस्ताङ २४ बैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न मुक्तिनाथ भ्रमणलाई लक्षित गरेर मुस्ताङमा उच्च सुरक्षा सर्तकता अपनाइएको छ । तिब्बती सिमामा रहेको नेचुङ र म्याग्दीसंगको सिमाना घाँसामा चेकजाँचमा कडाई गरिएको छ । मुस्ताङका होटल तथा लजमा बस्ने पाहुनाहरुको व्यक्तिगत विवरण सहितको अभिलेख संकलन गरिएको छ । सुरक्षा निकायको दैनिक बैठक […]
प्रथम रत्नेचौर जागरण कपको आय ब्यय सार्वजनिक

विकल्प न्यूज/बेनी बेनी २३ बैशाख । बेनी नगरपालिका १ मा गत फागुनमा आयोजित प्रथम रत्नेचौर जागरण कप फुटबल प्रतियोगिताको आईतबार आय ब्यय विवरण सार्वजनिक गरिएको छ । रत्नेचौर जागरण समूहको आयोजनामा फागुन १४ देखि १७ सम्म सञ्चालन भएको प्रतियोगिताका लागि सहयोग गर्नेहरुलाई क्लबका पदाधीकारीहरुको टोलीले घरदैलो गरेर सम्मान गरेका छन् । प्रतियोगिताका लागि नौ लाख ५२ […]
फड्केढुङ्गामा ४५ दिने सिलाई कटाई तालीम सुरु

सन्तोष गौतम/विकल्प न्यूज बेनी २३ बैशाख । जलजला गाउँपालिका ४ फड्केढुङ्गामा ४५ दिने सिलाई कटाई तालीम सुरु भएको छ । गाउँपालिका र घरेलु तथा साना उद्योग विकास समिति पर्वतको आयोजनामा सञ्चालीत तालीममा बिस जना महिलाहरुको सहभागीता रहेको छ । वडा अध्यक्ष भिष्म मल्लको अध्यक्षता मा सुरु भएको तालीमको गाउँपालिका उपाध्यक्ष सिमा पुनले उद्घाटन गर्नुभयो । […]
मगर राष्ट्रिय मुक्ति मोर्चाको अध्यक्षमा पुन

विकल्प न्यूज/बेनी बैशाख २३ गते । नेकपा माओवादी केन्द्र निकट मगर राष्ट्रिय मुक्ति मोर्चा नेपाल, म्याग्दीको आईतबार बेनीमा सम्पन्न भेलाले खिमबहादुर पुनको अध्यक्षतामा १९ सदस्यीय जिल्ला कमिटि गठन गरेको छ । उपाध्यक्षमा ओमबहादुर रोका, सचिबमा यामबहादुर रोका, कोषाध्यक्षमा पूर्ण पाईजा र सहसचिबमा पदम शेरपुञ्जा चयन हुनुभएको छ । त्यसैगरि सदस्यहरुमा मन बहादुर थापा मगर, नरबहादुर […]
पुलले बनायो इलमी

अगन्धर तिवारी/पर्वत बैशाख २३ गते । कुश्मा ९, कटुवाचौपारीका ४२ वर्षीय दया लामिछानेको पुस्तौनी पेसा कृषि हो । एक–दुईवटा गाईभैंसी पालेर जीविकोपार्जन गर्दै आएका उनले मोदीबेनीको ओरालो–उकालो गर्न नसकेपछि विदेश जाने सोच बनाए । ‘यहाँजत्तिको दु:ख विदेशमा गर्न सके राम्रै कमाइ हुन्छ भनेर धेरैले सुझाएपछि २०६४ असोजतिर राहदानी बनाएँ,’ लामिछानेले अतीत सम्झिए, ‘यताउता गर्दागर्दै डेढ वर्ष बित्यो । […]
नयाँ पदमार्ग पहिचान

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी २३ बैशाख/ समुदायको पहलमा म्याग्दीको अन्नपूर्ण गाउँपालिका ८ मा रहेको करबाकेलीलाई केन्द्रित गरेर नयाँ पर्यटकीय पदमार्ग पहिचान भएको छ । करबाकेली पर्यटन ब्यवस्थापन समितिले बेनी, कराबाकेली, पुनहिल हुदै कास्कीको बिरेठाँटीलाई समेटेर करबाकेली ईको ट्रेकको पहिचान गरेको म्याग्दी उद्योग वाणिज्य संघले शनिबार बेनीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराइएको थियो । […]
कालीपुलमा पर्यटक सूचना केन्द्र सञ्चालन हुने

सन्तोष गौतम/विकल्प न्यूज बेनी २३ बैशाख । बेनीको कालीपुलमा पर्यटक सूचना केन्द्र स्थापना हुने भएको छ । म्याग्दी भ्रमण वर्षको अवसर पारेर म्याग्दी उद्योग वाणिज्य संघले सूचना केन्द्र सञ्चालन गर्न लागेको हो । बेनी नगरपालिकासंग सूचना केन्द्र सञ्चालन गर्ने सम्झौता गरेर भवन मर्मत र रंगरोगनको काम सुरु गरिएको संघका दितृय उपाध्यक्ष तथा सूचना केन्द्र व्यवस्थापन […]
खाराका आगलागी पीडितलाई घर हस्तान्तरण

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी २३ बैशाख । मालिका गाउँपालिका ७ बिमको खाराका आगोलागि पीडित एक परिवारलाई घर हस्तान्तरण गरिएको छ । गत फागुनमा आगोलागीबाट घर जलेर ध्वस्त भएपछी बिचल्लीमा परेका चन्द्रबहादुर दमाईलाई बिमको हिराजित स्मृती युवा कल्वको पहलमा निर्माण भएको घर शनिबार हस्तान्तरण गरिएको हो । वडा अध्यक्ष रेशम जुग्जालीको संयोजकत्वमा स्थानीयबासी, प्रवासीबाट सहयोग तथा […]
जलजलाका जनप्रतिनिधिलाई जनताको विश्वास जित्ने गरि काम गर्न निर्देशन

विकल्प न्यूज/जलजला बैशाख २१ गते । नेकपा एमालेबाट बिजयी भएका जलजला गाउँपालिकाका जनप्रतिनिधिहरुलाई जनताको अपेक्षा र चाहना बमोजिम काम गर्न पार्टीले निर्देशन दिएको छ । नेकपा एमाले पर्वत स्थानीय विकास विभागले जलजला गाउँपालिकामा शुक्रबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्ने बक्ताहरुले निर्वाचित जनप्रतिनिधिहरुले जनादेश अनुसार काम गरि पार्टीले लिएको नीतिलाई सफल पार्नुपर्नेमा जोड दिएका थिए । […]