मराङमा अामा समुहले भवन बनाए (हेर्नुहाेस फाेटाे )

सन्तोष गौतम / विकल्प न्युज
मराङ २४ बैशाख ।IMG_1410IMG_1382धौलागिरि गाउँपालिका ६ मराङको कुम्रीमा प्रगतीशिल आमा समूहले निर्माण गरेको सामुदायीक भवनको सोमबार एक समारोहका बिच उद्घाटन गरिएको छ ।

आमा समूहको कोष, प्रवासी, सरकारी निकायको अनुदान सहयोग र स्थानीयबासीको श्रमदानमा निर्माण भएको तिन कोठे भवनको पूर्व सांसद नवराज शर्माले उद्घाटन गर्नुभएको हो ।IMG_1367भवन उद्घाटनपछि मन्तब्य व्यक्त गर्नुहुदै पूर्व सांसद शर्माले नेपाल अब बिकासको बाटोमा अघि बढ्ने बताउनुभयो । कसैले पनि कुनै पनि बाहनामा काम नगर्ने प्रवृतीको अन्त्य गर्नुपर्ने बिचार व्यक्त गर्दै शर्माले सबै पक्ष विकास, सुशासन र सम्बृद्धीको अभियानमा जुट्न आग्रह गर्नुभयो ।IMG_1426धौलागिरि गाउँपालिकाका उपाध्यक्ष रेशम छन्त्यालले महिलाहरुले नाचगान गरेर जुटाएको रकमबाट सामुदायीक भवन निर्माण गरेर उदाहरणीय काम गरेको बताउँदै गाउँपालिकाको विकासका लागि आमा समूहलाई साथमा लिएर अघि बढ्ने बताउनुभयो । उपाध्यक्ष छन्त्यालले सामाजिक रुपान्तरणको अभियानमा आमा समूह शशक्त रुपमा अघि बढ्न आवश्यक रहेको बताउनुभयो ।

गाउँ पालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले आमा समूहले बनाएको साना पूर्वाधारको उपयोग गर्दै सामाजिक विकृती, बिसंगती, घरेलु हिंसा न्युनीकरण, महिलाको शिक्षा, स्वास्थ्य लगायत विभिन्न क्षेत्रमा पहुँच बढाउन सुझाव दिनुभयो । वडा अध्यक्ष राजाराम सुवेदीले आमा समूहले वडा कार्यालयका लागि भवन उपलब्ध गराएर सहयोग गरेकोमा धन्यवाद दिनुभयो । IMG_1354

तत्कालीन सांसद विकास कोष, गाविस, धौलागिरी गाउँपालिका र प्रवासीबाट नौ लाख ७६ हजार २५ रुपैया सहयोग प्राप्त भएको भवन निर्माणका लागि आमा समूहले नाच गान गरेर जुटाएको दश लाख ८२ हजार ३२१ रुपैया समेत लगानी भएको अध्यक्ष रत्नकला जुक्जालीले बताउनुभयो ।

४५ घरधुरीले ३० दिनका दरले नौ लाख ४५ हजार रुपैया बराबरको श्रमदान गरेका छन् । भवन परिसर घेराबारका लागि चालु आर्थिक वर्षमा गाउँपालिकाले तिन लाख पचास हजार रुपैया उपलब्ध गराएको थियो । यसैगरी प्रवासमा रहेका मराङका बासिन्दाले तिन लाख २६ हजार २५ रुपैया सहयोग गरेका छन् ।

आमा समूहले दुई वटा कोठा वडाको कार्यालय सञ्चालनका लागि उपलब्ध गराएका छन् । एउटा कोठामा आमा समूहको कार्यालय रहेको छ ।

समूहकी अध्यक्ष जुक्जालीको अध्यक्षता, म्याग्दी बहुमुखी क्याम्पसका स्ववीयु उपसभापती ईश्वर सुवेदीको सञ्चालन र स्थानीय तेजेन्द्र पुनको स्वागत मन्तब्यमा कार्यक्रम सम्पन्न भएको थियो । सो अवसरमा जेष्ठ नागरीक खनीमा गर्बुजा र धनजित गुरुङ लगायत चन्दादाताहरुलाई सम्मान गरिएको थियो ।