ताजा समाचार:
Search

जलजलाका कृषकलाई गाेठ सुधारमा अनुदान

सन्तोष गौतम/ विकल्प न्युज
बेनी २४ बैशाख ।

जलजला गाउँपालिका अन्तरगत पशु सेवा शाखाले भुकम्प प्रभावीक कृषकहरुलाई गोठ सुधारमा अनुदान वितरण गर्न सुरु गरेको छ ।

लामाखेत स्थित गाउँपालिका कार्यालयमा आयोजित कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष सिमा पुनले जलजला ७ का कृषक मनबहादुर क्षेत्रीलाई नगद हस्तान्तरण गरेर अनुदान वितरणको शुभारम्भ गर्नुभएको हो ।

भुकम्पबाट प्रभावीत दश जना कृषकहरुलाई दश हजार रुपैयाका दरले गोठ सुधारका लागि अनुदान वितरण गर्न छनौट गरिएको पशु सेवा शाखाका प्रमुख पशु चिकित्सक बिमल शर्माले बताउनुभयो ।

उहाँका अनुसार जलजला ६, ७ र ८ नम्बर वडाका कृषक छनौट गरेर अनुदान वितरण सुरु गरिएको हो । जलजाल ८ का ईन्द्र जिसी, ६ का सुरीमा खोरजा, टेकबहादुर चोचाङ्गी, बलबहादुर पुन, गुमा सापकोटा, शान्ति अधिकारी, कोपीला सुवेदी, पर्तबहादुर सार्की र गोविन्द सुनार छनौट हुनुभएको छ ।

सो कार्यक्रममा ४ नम्बर वडाका अध्यक्ष भिष्म मल्ल, प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद गौतम, सामाजिक शाखा प्रमुख लिलाधर सुवेदी लगायतको उपस्थिती रहेको थियो ।