ताजा समाचार:
Search

म्याग्दी समाचार

मालिकाको प्रोफाइल तयार

विकल्प न्यूज/बेनी फागुन १९ गते ।मालिका गाउँपालिकाले गाउँपालिकाको बस्तुगत विवरण (भिलेज प्रोफाइल) तयार पारेको छ । उक्त विवरणलाई दुईहप्ताभित्र सार्वजनिक गर्ने तयारी भएको छ । वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनपछि गाउँपालिका प्रमुखमा श्रीप्रसाद रोका निर्वाचित भएपछि उनले एकबर्षभित्र बस्तुगत विवरण तयार पार्ने पहिलो निर्णयमा हस्ताक्षर गरेका थिए । गाउँपालिकाको बस्तुगत विवरण बिना तत्कालीन, अल्पकालीन र […]

युवालाई सिर्जनशिल र उद्यमशिल बनाउनुपर्नेमा जोड

सन्तोष गौतम/विकल्प न्यूज बेनी १९ फागुन । म्याग्दीका सरोकारवालाहरुले युवामा सिर्जनशिल र उद्यमशिल भावनाको विकास गराउनुपर्नेमा जोड दिएका छन् । राष्ट्रिय युवा परिषद्को दोस्रो स्थापना दिवसको अवसरमा जिल्ला युवा समितिको कार्यालयले शनिबार बेनीमा आयोजना गरेको कार्यक्रममा युवाहरुलाई रचनात्मक र सिर्जनात्मक बनाउन उत्प्रेरणाको आवश्यकता रहेको बताएका हुन् । समितिका अध्यक्ष देवीप्रसाद शर्माले युवाहरुमा आफ्ले केही गरेर […]

घट्टेखोलामा सामुदायिक भवन निर्माणका लागि जग्गादान

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी १८ फागुन । म्याग्दीको धौलागिरी गाउँपालिका ३ घट्टेखोलामा सामुदायिक भवन निर्माणका लागि दुई व्यक्तिले निशूल्क जग्गा उपलब्ध गराउनुभएको छ । स्थानीय दलबहादुर भण्डारी र भिमात्ती भण्डारीले दुई लाख ७५ हजार रुपैयाँ मूल्य बराबरको एक रोपनी छ आना जग्गा शुक्रबार वडा कार्यालयलाई उपलब्ध गराउनुभएको हो । दलबहादुरले ६५ हजार बराबरको छ आना […]

समयमै पुरा तलब नपाएपछि बेनी नगरपालिकाका शिक्षकहरु आन्दोलनमा

सन्तोष गौतम/विकल्प न्यूज बेनी १८ फागुन । समयमै पुरा तलब नपाएपछि बेनी नगरपालिकाका शिक्षकहरु आन्दोलनमा उत्रिएका छन् । नेपाल राष्ट्रिय शिक्षक संगठन, नेपाल शिक्षक संघ, एकिकृत अखिल नेपाल शिक्षक संघ र नेपाल शिक्षक परिषद्का पदाधीकारी तथा नगरपालीका र प्रअहरुको टोलीले शुक्रबार नगरपालीका कार्यालय अगाडी तिन घण्टा धर्ना बसेका छन् । सामुदायिक विद्यालयका शिक्षक, कर्मचारी र […]

शान्ति कोषलाई जापानमा तिन लाख पचास हजार सहयोग जुट्यो

विकल्प न्यूज/बेनी फागुन १८ गते ।परोपकारी संस्था ओमकुमारी शान्ति कोषलाई जापानमा तिन लाख पचास हजार रुपैया सहयोग जुटेको छ । म्याग्दी प्रवासी नेपाली संघ जापानको नागोया क्षेत्रिय समितिले बिहीबार आयोजना गरेको कार्यक्रममा सहभागीहरुले सो रकम सहयोगको घोषणा गरेका हुन् । गरिब तथा विपन्नको उपचारमा सहयोग गर्ने उद्देश्यले कोषले स्थापना गर्न लागेको डेढ करोडको अक्षयकोषका लागि […]

जलजलाको केन्द्र लामाखेतमा कायम भएपछि खुसियाली

विकल्प न्यूज/जलजला बेनी १७ फागुन । उत्तरी पर्वतको पर्वतको जलजला गाउँपालिकाको केन्द्र लामाखेतमा कायम भएको सूचना राजपत्रमा प्रकाशन भएको छ । सूचना प्रकाशित भए सँगै लामाखेत केन्द्रपक्षधरहरुमा खुसियाली छाएको छ । गत साउनमा भएको गाउँसभामा बहुमतको आधारमा ४ नम्बर वडा लामाखेतमा केन्द्र कायम गर्ने विषयमा भएको निर्णय अनुसार सरकारले बुधबारको राजपत्रमा प्रकाशन गरेको हो । यसअघि […]

गैससका कामलाई पारदर्शी र प्रभावकारी बनाउन नीतिगत सुधार गरिने

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी १७ फागुन । महिला, बालबालीका तथा समाजकल्याणमन्त्री थममाया थापाले गैरसरकारी संस्थाले गर्ने कामलाई पारदर्शी र प्रभावकारी बनाउन नितीगत सुधार गरिने बताउनुभएको छ । प्रेस चौतारी म्याग्दीले बिहीबार बेनीमा आयोजना गरेको पत्रकार भेटघाटमा मन्त्री थापाले एनजिओ र आईएनजिकोका काम पारदर्शी हुन नसकेको बताउँदै नियमनका लागि नितीगत सुधार गरिने बताउनुभएको हो । राष्ट्रिय […]

जलजला ७ का अग्नी पीडित सुवेदी परिवारलाई बेलायतबाट ६० हजार सहयोग

विकल्प न्यूज/जलजला फागुन १६ गते । उत्तरी पर्वतको जलजला ७ धाइरिङ सल्यानका अग्नीपीडित इन्दमणि सुवेदीको परिवारलाई बेलायतबाट ६० हजार रुपियाँ सहयोग प्राप्त भएको छ ।  जलजला ७ धारापानी घर भई हाल बेलायतमा वसोवास गर्नुहुने समाजसेवी तथा पर्वत वेलफेयर सोसाइटीका अध्यक्ष दधि आचार्यको परिवारले उक्त रकम सहयोग गर्नुभएको हो । आचार्यको धर्मपत्नी राधिका आचार्यले बुधवार वडा अध्यक्ष […]

किन भयो बेनी नगरपालिका शिक्षकहरुको मागप्रति गैरजिम्मेवार ?

सन्तोष गौतम/विकल्प न्यूज बेनी १६ फागुन । समयमै पुरा तलब उपलब्ध गराउन बेवास्ता गरेको भन्दै नेपाल शिक्षक महासंघ म्याग्दीले बेनी नगरपालिका विरुद्ध आन्दोलनको घोषणा गरेका छन् । महासंघमा नेपाल राष्ट्रिय शिक्षक संगठन, नेपाल शिक्षक संघ, एकिकृत अखिल नेपाल शिक्षक संघ र नेपाल शिक्षक परिषद्का पदाधीकारीहरुको बुधबार बेनीमा बसेको संयुक्त बैठकले नगरपालिकाले शिक्षकहरुको माग प्रति गैरजिम्मेवार रुपमा […]

छुसाङको पुल निर्माण कार्य अघि बढाउन सांसद तुलाचनको पहल

सन्तोष गौतम/विकल्प न्यूज मुस्ताङ १६ फागुन । मुस्ताङको कालीगण्डकी नदीमा अलपत्र परेको मोटरेबल पुल निर्माण कार्यलाई अघि बढाउन जनप्रतिनिधिले पहल थालेका छन् ।तिब्बतको सिमाना कोरला नाका जोड्ने बेनी–जोमसोम–कोरला सडक अन्तरगत बाह्गाउँ मुक्तिक्षेत्र गाउँपालीका ३ छुसाङमा निर्माणाधिन मोटरेबल पुल विगत दुई वर्षदेखि अलपत्र अवस्थामा छ । पुल निर्माणका क्रममा कालीगण्डकीको धार परिवर्तन भई बस्तीतर्फ कटान गर्न […]

म्याग्दीमा चौथो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु(फोटोसहित)

सन्तोष गौतम/विकल्प न्यूज दरवाङ १६ फागुन । जिल्ला खेलकुद विकास समितिको आयोजनामा म्याग्दीमा बुधबारदेखि चौथो राष्ट्रपती रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । मालीका गाउँपालिकाको दरवाङ, मंगलाको रणवाङ र बाबियाचौरमा चार दिनसम्म सञ्चालन हुने प्रतियोगितामा ३० वटा विद्यालयका पाँच सय भन्दा बढी विद्यार्थीहरुको सहभागीता रहेको छ । कक्षा १२ सम्म अध्ययन गर्ने १८ वर्ष […]

मविअ शर्माको नाटक ः चुहिन थालेको पुरानो भवनको मन्त्रीद्धारा उद्घाटन

सन्तोष गौतम /विकल्प न्यूज म्याग्दी १६ फागुन । महिला, बालबालीका तथा समाजकल्याण मन्त्री थममाया थापाले जनताले परिवर्तनको महशुस गर्ने गरी सेवा प्रवाह गर्न म्याग्दीका कार्यालय प्रमुख र कर्मचारीहरुलाई निर्देशन दिनुभएको छ ।बेनीमा बुधबार महिला तथा बालबालीका कार्यालयको भवन उद्घाटन पछि आयोजित कार्यक्रममा मन्त्री थापाले परिवर्तीत राजनितिक परिवेशलाई आत्मसात गर्दै पुरानो संस्कार, ब्यवहार, कार्यशैली र चिन्तनबाट मुक्त […]

जलजलामा ईन्भेष्टमेन्ट बैङ्कको शाखा स्थापना

सन्तोष गौतम/विकल्प न्यूज ज्लजला १५ फागुन ।  पर्वतको जलजला गाउँपालिका ४ मोहनचोकमा नेपाल ईन्भेष्टमेन्ट बैङ्कले शाखा स्थापना गरेको छ । ग्रामिण क्षेत्रका उद्योगी, ब्यापारी, कृषकलाई अत्याधुनीक बैङ्कीङ सेवा उपलब्ध गराउने र स्थानीय तहमा आर्थिक कारोबारलाई सहज बनाउने उद्देश्यले नेपाल राष्ट्र बैङकबाट (क) बर्गको अनुमती पाएको बैङ्कले मोहनचोकमा ६४ औ शाखा स्थापना गरेको हो । धौलागिरी […]

शुसासन, विकास र समृद्धिलाई प्राथमिकता–मन्त्री थापा

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी १५ फागुन महिला, बालबालीका तथा समाजकल्याण मन्त्री थममाया थापाले शुसासन, विकास, राजनितिक स्थाईत्व र समृद्धि सरकारको प्राथमिकता रहेको बताउनुभएको छ । नेकपा एमाले र अनेसंघको जिल्ला कमिटिले मंगलबार बेनीमा आयोजना गरेको कार्यक्रममा मन्त्री थापाले सरकारले राजनितिक स्थाईत्व र शुसासन कायम गरेर देशलाई विकास र सम्बृद्धीको बाटोमा अघि बढाउन प्राथमिकता दिने बताउनुभयो […]

म्याग्दीलाई हिमाली जिल्लामा सूचीकृत गर्न माग

विकल्प न्यूज/बेनी फागुन १५ गते । जिल्ला समन्वय समितिले म्याग्दीलाई हिमाली जिल्लामा सूचीकृत गर्न माग गरेको छ । समितिको सोमबार बेनीमा बसेको बैठकले म्याग्दीलाई हिमाली जिल्ला घोषणा गर्न प्रदेश र संघीय सरकारलाई प्रस्ताव गर्ने निर्णय गरेको हो । आधा दर्जन हिमाल अवस्थित र भौगोलिक विकटतालाई आधार मानेर म्याग्दीलाई हिमाली जिल्ला घोषणा गर्न माग गर्ने निर्णय […]