ताजा समाचार:
Search

म्याग्दी समाचार

बेनी नगरपालिकाकाे तेस्रो नगरसभा

विकल्प न्युज । म्याग्दी, असार १० बेनी नगरपालिकाको तेस्रो नगरसभा आजदेखी शुरु भएको छ । नगरसभामा उपप्रमुख सञ्जु बरुवालले आव २०७५/७६ को निति, कार्यक्रम तथा बजेट र वडा नं ६ का वडा अध्यक्ष कृष्ण बहादुर बानियाँले अर्थ सम्बन्धि प्रस्तावलाई कार्यान्वयन गर्ने बनेको विधेयक प्रस्तुत गरेका थिए । नगरकार्यकालिकाको ६ वटा विषयगत समिति, टोलबस्तीबाट आएका योजनालाई […]

प्रदेशबाट म्याग्दीको पूर्वाधार विकासलाई तिस करोड

विकल्प न्यूज/बेनी असार १० गते । प्रदेश ४ को सरकारले आगामी आर्थिक वर्ष २०७५÷७६ को लागि म्याग्दीका पूर्वाधार विकास सम्बन्धि योजनामा करिब तिस करोड रुपियाँ बजेट बिनियोजन गरेको छ । सडक, मोटरेबल पुल, खानेपानी, सिँचाई, नदी कटान तथा पहिरो नियन्त्रण र पर्यटन क्षेत्रको पूर्वाधार निर्माण योजनाका लागि उक्त बजेट बिनियोजन भएको प्रदेशसभा सदस्य बिनोद केसीले जानकारी […]

अन्नपूर्णको विकासका लागि करिव साढे २७ करोडको बजेट सार्वजनिक

ठाकुरप्रसाद आचार्य,धिरन खत्री \म्याग्दी पोखरेबगर,असार १० गते । जिल्लाको उत्तरी स्थित अन्नपूर्ण गाउँपालिकाले २७ करोड ३८ लाख ७९ हजार ३९ रुपियाँको बजेट प्रस्तुत गरेको छ । गाउँपालिका केन्द्र पोखरेबगरमा आयोजना गरिएको दोस्रो गाउँसभामा गाउँपालिका उपाध्यक्ष केशमाया मगरले आगमी आर्थिक वर्ष २०७५ \०७६ का लागि बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभएको हो । उपाध्यक्ष मगरले प्रस्तुत […]

अन्नपूर्ण गाउँपालिकाकाे गाउँसभा सुरू

ठाकुर अाचार्य / विकल्प न्युज असार १० गते । अन्नपूर्ण गाउँपालिकाकाे दाेर्साे गाउँसभा पाेखरेबगरमा सुरू भएकाे छ । गाउँ सभामा अागमि अार्थिक वर्षा २०७५/०७६ काे बजेट,नीति तथा कार्यक्रम पेश गरिने छ । गाउँसभामा प्रदेश ४ कि समाजिक विकास मन्त्री नरदेवि पुनले कृषि,पर्यटन र उत्पादनमूलक क्षेत्रमा परिचालन गरि राेजगारि सिर्जना गर्नुपर्ने बताउनु भयाे । उहाँ ले […]

म्याग्दीका स्थानीय तहमा दुई अर्बको बजेट आउँदै

सन्तोष गौतम/नवविकल्प आसर १० गते । म्याग्दीका स्थानीय तहले आगामी आर्थिक वर्ष २०७५७६ का लागि करिब दुई अर्ब रुपैयाँ बराबरको बजेट ल्याउने भएका छन् । म्याग्दीका छ वटै स्थानीय तहले आईतबार एकै दिन नगर तथा गाउँसभा बोलाएर बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गर्दैछन् । संघीयताको अभ्यासमा रहेका स्थानीय तहहरुले दोस्रो पटक आफै बजेट ल्याउन लागेका […]

जामुनाखर्क माविमा राष्ट्रिय सेवादलको तालिम सुरु

विकल्प न्यूज/बेनी असार १० गते ।     राष्ट्रिय सेवा दलले बेनी नगरपालिका ६ अर्थुङ्गेमा रहेको जामुनाखर्क माध्यमिक विद्यालयका ३६ जना विद्यार्थीहरुलाई एनसिसि (जुनियर डिभिजन) तालिम दिन सुरु गरिएको छ । विद्यालयमा औपचारिक रुपमा तालिमको उद्धघाटन गरेर आइतवार देखि तिन महिने तालिम दिन सुरु गरिएको हो ।  विद्यालयमा अध्ययनरत ९ र १० कक्षाका १८ जना छात्र र […]

स्वास्थ्य शिवीरबाट एघार सय लाभान्वित

विकल्प न्यूज/बेनी असार ९ गते । समाज कल्याण परिषद् अन्तरगतको राष्ट्रिय स्वास्थ्य कोषको आयोजनामा म्याग्दीमा सञ्चालीत निशूल्क स्वास्थ्य परिक्षण तथा बिशेषज्ञ शिवीरबाट एक हजार जना भन्दा बढी सर्वसाधारण लाभान्वित भएका छन् । मालिका गाउँपालिकाको केन्द्र दरवाङमा बिहीबार, अन्नपूर्णको पोखरेबगरमा शुक्रबार र बेनी अस्पतालमा शनिबार सञ्चालन भएको शिवीरबाट एक हजार १०० जनाले सेवा लिएका आयोजकले जनाएका […]

छोरा गुमाएकी गायिका शान्ता लाई ४५ हजार सहयोग

सन्दिप शर्मा/म्याग्दी असार ९ गते । म्याग्देली लोक गायिका शान्ता परियारलाई लोक दोहोरीगीत प्रतिष्ठान म्याग्दीले ४५ हजार दुई सय ३० रुपियाँ सहयोग गरेको छ । असार ३ गते लोकदाहोरी प्रतिष्ठान म्याग्दीको अयोजना र लोकदोहोरी प्रतिष्ठान धौलागिरी अञ्चल कमिटीका कोषध्यक्ष नहकुल ढकालको संयोजनमा म्याग्दीको सदरमुकाम बेनी बजारमा आर्थिक राहत संकलन गरीएको थियो । बेनी बजारमा जम्मा […]

ताकममा घरघरमा धारा (फोटो फिचर)

गोपाल आचार्य/विकल्प न्यूज ताकम,असार ९ गते ।   धौलागिरी गाउँपालिका ७ ताकममा कोतखोला तेस्रो खानेपानी तथा सरसफाई आयोजना निर्माण भएपछि घरघरमा खानेपानी सुबिधा पुगेको छ । पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई परियोजना र भारतीय दुतावासको सहयोगमा ताकमका बासिन्दाले करिब दुई वर्ष लगाएर निजी धाराको सुबिधा सहितको खानेपानी आयोजना निर्माण गरेका हुन् ।दुई करोड ६७ लाख […]

अबैध रुपमा बालुवा उत्खनन् गर्ने स्काभेटर र ट्याक्टरलाई जरीवाना

विकल्प न्यूज/बेनी असार ९ गते । म्याग्दी नदीबाट अवैध तरिकाले नदीजन्य वस्तुको उत्खनन् गर्ने स्काभेटर र ट्याक्टरलाई ५७ हजार पाँचसय रुपियाँ जरिवाना गरिएको छ । शुक्रवार प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा वसेको जिल्ला अनुगमन समितिको वैठकले मालिका गाउँपालिका ६ मा पर्ने रातोढुङ्गा तोलाबाङ क्षेत्रमा नदीजन्य वस्तुको अवैध रुपमा उत्खनन् र चोरी निकासीमा प्रयोग भएका स्काभेटर र […]

महिलालाई सामाजिक र आयआर्जनमा सक्रिय बनाउँदै बेनपा ६

सन्तोष गौतम/विकल्प न्यूज बेनी ९ असार । बेनी नगरपालिका ६ मा महिलालाई सामाजिक र आयमुलक कार्यमा सक्रिय बनाउन प्राथमिकता दिइएको छ । जनप्रतिनिधिहरुले आमा समूहलाई परिचालन गरेर सामाजिक रुपान्तरण, विकृति नियन्त्रणको अभियानका साथै आयआर्जन वृद्धिका लागि सीप विकासको कार्यक्रमलाई जोड दिएका हुन् ।सबै बस्ती र टोलमा गठन भएका आमा समूहलाई संस्थागत गरी उनिहरुलाई क्षमता विकाससंगै […]

पोखरेबगरमा नेकपाको अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण

सन्तोष गौतम, कमल खत्री पोखरेबगर ९ असार । तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रको एकतापछि बनेको नेपाल कम्युनिष्ट पार्टीले शुक्रबार अन्नपूर्ण गाउँपालीकाको केन्द्र पोखरेबगरमा अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । पार्टी एकताको सन्देश कार्यकर्ता तहसम्म पु¥याउने, अन्तरघुलन र एकतालाई बलीया बनाउने, निती तथा कार्यक्रम र योजना जानकारी गराउने, कार्यकर्ताको गुनासो, सुझाव […]

कर्मचारी र जनप्रतीनिधि मिलेर जनतालाई सुलभ तरिकाले सेवा दिनुहोस ः मन्त्री थापा

सन्दिप शर्मा/म्याग्दी असार ८ गते । महिला, बालबालिका तथा ज्येष्ठनागरिक मन्त्री थममाया थापाले कर्मचारी र जनप्रतीनिधि मिलेर काम गरे मात्रै राज्यको संरचना सफल हुने बताउनु भएको छ । शुक्रबार जिल्ला प्रसाशन कार्यलय म्याग्दीको सदरमुकाम बेनी बजारमा कार्यलय प्रमुखहरु सँग भेटघाट गर्दै मन्त्रि थापाले राज्यमा अहिले तिन तहको संरचनामा रहेको र तिनै तहलाई सफल बनाउन कर्मचारी […]

म्याग्दीको शैक्षिक अवस्थाबारे अन्तरक्रिया तथा छलफल

प्रताप बानियाँ /विकल्प न्यूज म्याग्दी, असार ८ । म्याग्दी जिल्लाको शैक्षिक अवस्थाबारे शुक्रबार बेनीमा अन्तरक्रिया  तथा छलफल कार्यक्रम सम्पन्न भएको छ । उच्च शिक्षामा गुणस्तर सुधार तथा समग्र म्याग्दी जिल्लाको शैक्षिक अवस्थाको विषयमा सरोकारवालाहरुबीच अन्तत्र्रिmया तथा छलफल गरिएको हो । म्याग्दी बहुमुखी क्याम्पसको आयोजनामा भएको छलफल तथा अन्तरक्रिया  कार्यक्रममा म्याग्दी जिल्लास्थित विभिन्न माध्यमिक विद्यालयका प्रधानाध्यापक, […]

माउण्टमा जिल्लास्तरीय खेलकुदसम्बन्धी हाजिरीजवाफ प्रतियोगिता

प्रताप बानियाँ /विकल्प न्यूज म्याग्दी, असार ८ । म्याग्दीको सदरमुकाम बेनीबजारमा सञ्चालित माउण्ट एभरेष्ट आवासीय माध्यमिक विद्यालयमा शुक्रबार अन्तरमावि जिल्लास्तरीय खेलकुदसम्बन्धी हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ । शैक्षिक गतिविधि सँगसँगै विद्यार्थीहरुलाई अतिरिक्त क्रियाकलापमा सहभागी बनाएर उनीहरुको अन्तनिर्हित प्रतिभाको प्रस्फुटन गराउने उद्देश्यसहित हाजिरीजवाफ प्रतियोगिता आयोजना गरिएको हो । कुल ९ ओटा विद्यालयले सहभागिता जनाएको प्रतियोगितामा गलेश्वर […]