सन्दिप शर्मा/म्याग्दी
असार ८ गते ।
महिला, बालबालिका तथा ज्येष्ठनागरिक मन्त्री थममाया थापाले कर्मचारी र जनप्रतीनिधि मिलेर काम गरे मात्रै राज्यको संरचना सफल हुने बताउनु भएको छ । शुक्रबार जिल्ला प्रसाशन कार्यलय म्याग्दीको सदरमुकाम बेनी बजारमा कार्यलय प्रमुखहरु सँग भेटघाट गर्दै मन्त्रि थापाले राज्यमा अहिले तिन तहको संरचनामा रहेको र तिनै तहलाई सफल बनाउन कर्मचारी र जनप्रतिनिधिको सकरात्मक भूमिका आवश्यक रहेको बताउनुभयो ।
मन्त्री थापाले वर्तमान सरकार तिव्र विकासको पक्षमा रहेको बताउँदै उहाँले कर्मचारीले सरकारलाइृ सकरात्मक रुपमा सहयोग गर्न अनुरोध गर्नुभयो । स्थानियतहमा जनप्रतिनिधि र कर्मचारी मिलेर जनतालाई सहज र सुलभ तरिकाले सेवा दिन आग्रह गर्नुभयो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले जिल्लाको शान्ति, सुरक्षा तथा विकासका बारेमा मन्त्रि थापालाई जानकारी गराउनुभएको थियो ।