सन्दिप शर्मा/म्याग्दी
असार ९ गते । म्याग्देली लोक गायिका शान्ता परियारलाई लोक दोहोरीगीत प्रतिष्ठान म्याग्दीले ४५ हजार दुई सय ३० रुपियाँ सहयोग गरेको छ । असार ३ गते लोकदाहोरी प्रतिष्ठान म्याग्दीको अयोजना र लोकदोहोरी प्रतिष्ठान धौलागिरी अञ्चल कमिटीका कोषध्यक्ष नहकुल ढकालको संयोजनमा म्याग्दीको सदरमुकाम बेनी बजारमा आर्थिक राहत संकलन गरीएको थियो ।
बेनी बजारमा जम्मा भएको ४० हजार १ सय ३० रुपौयाँ र ७४ सालको म्याग्दी महोत्सवमा लोकदोहोरी प्रतिष्ठान नेपालका केन्द्रीय सदस्य बैकुण्ठ महतले प्राप्त गरेको टिप्स शुल्क जिल्लाका कलाकारहरुलाई समस्या परेका बेला सहयोग गर्न प्रतिष्ठान म्याग्दीलाई छाडेको पाँच हजार एकसय गरी ४५ हजार दुईसय ३० रुपियाँ परियार लाई हस्तान्तरण गरेको प्रतिष्ठान म्याग्दीका सदस्य रबी कार्कीले बताउनुभयो ।
रकम हस्तान्तरण गर्दै संयोजक नहकुल ढकाल र प्रतिष्ठान म्याग्दीका अध्यक्ष कृष्ण जिसीले दुःख र पीडामा रहेकी कलाकार परियालाई सहयोग गर्न सवैमा आग्रह गर्नुभयो ।
हाल पोखरामा डेरा लिएर बसोबास गर्दै आएकी परीयारको मिती २०७५ साल जेष्ठ २२ गते डेरामा नै ग्यास पड्कीयर अगोलागी हुँदा ३ बर्षिय छोरा समिप परियारको मृत्यु हुनुका साथै धनमालको क्षति भएको थियो ।