जामुनाखर्क माविमा राष्ट्रिय सेवादलको तालिम सुरु

विकल्प न्यूज/बेनी
असार १० गते ।     DSC_0016राष्ट्रिय सेवा दलले बेनी नगरपालिका ६ अर्थुङ्गेमा रहेको जामुनाखर्क माध्यमिक विद्यालयका ३६ जना विद्यार्थीहरुलाई एनसिसि (जुनियर डिभिजन) तालिम दिन सुरु गरिएको छ । DSC_0011विद्यालयमा औपचारिक रुपमा तालिमको उद्धघाटन गरेर आइतवार देखि तिन महिने तालिम दिन सुरु गरिएको हो ।  विद्यालयमा अध्ययनरत ९ र १० कक्षाका १८ जना छात्र र १८ जना छात्रालाई तालिममा सहभागी गराएको छ । कार्यक्रममा शिक्षा विकास तथा समन्वय प्रमुख दलवहादुर थापाले तालिमले विद्यार्थीहरुलाई अनुशासित,इमान्दार र लगनशिल बनाई राष्ट्र सेवामा लाग्नका लागि अभिप्रेरित गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले तालिम अवधिभर लगनशिल भएर शहभागि हुन विद्यार्थीहरुलाई अनुरोध गर्नुभयो । DSC_0014छात्र/छात्राहरुलाई अनुशासन,नेतृत्व विकास,बफादारिता र राष्ट्रिय एकता सम्बन्धि ज्ञान दिलाई मुलुकमा प्राकृतिक प्रकोपको अवस्थामा परिचालन हुन स्वयम्सेवक युवादस्ता तयार गर्न र राष्ट्र सेवाका लागि विभिन्न निकायमा जिम्मेवार रुपले कार्य गर्न सक्ने सक्षम नागरिक बनाउने लक्ष्यका साथ तालिम दिन लागिएको श्री बक्स गुल्मका गुल्मपति मेजर राजन दाहालले बताउनुभयो । DSC_0007तालिमको पहिलो दिनमा विद्यार्थीका अभिभावकहरुलाई समेत बोलाई थियो । विद्यार्थीहरुलाई एनसिसि जुनियर तालिम दिन सुरु गरे पछि विद्यार्थीका अबिभावकहरु समेत खुसी भएका छन्।DSC_0009तालिममा विद्यार्थीहरुलाई शारिरिक तालिम ,सैनिक ज्ञान,विपद ब्याबस्थापन, पर्शनालिटी डेभलपमेन्ट र सास्कृतिक प्रतियोगीता सम्बन्धी ज्ञान दिईने छ । कार्यक्रमा बेनी नगरपालिकाका ६ का वडा अध्यक्ष कृष्णवहादुर बानियाँ, प्रधानाध्यपक सोमनाथ ढुङ.गाना,विद्यालय व्यवस्थापन समितिका पदाधिकारी र शिक्षकहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन शिक्षक भिम वहादुर घर्तिमगरले गर्नुभएको थियो । सेवादलले यसअघि बेनीबजारको बेनी सामदायिक र प्रकाश माविका विद्यार्थीहरुलाई तालिम दिइसकेको छ ।