म्याग्दी समाचार

फड्केढुङ्गामा ४५ दिने सिलाई कटाई तालीम सुरु

सन्तोष गौतम/विकल्प न्यूज बेनी २३ बैशाख । जलजला गाउँपालिका ४ फड्केढुङ्गामा ४५ दिने सिलाई कटाई तालीम सुरु भएको छ । गाउँपालिका र घरेलु तथा साना उद्योग विकास समिति पर्वतको आयोजनामा सञ्चालीत तालीममा बिस जना महिलाहरुको सहभागीता रहेको छ । वडा अध्यक्ष भिष्म मल्लको अध्यक्षता मा सुरु भएको तालीमको गाउँपालिका उपाध्यक्ष सिमा पुनले उद्घाटन गर्नुभयो । […]

मगर राष्ट्रिय मुक्ति मोर्चाको अध्यक्षमा पुन

विकल्प न्यूज/बेनी बैशाख २३ गते । नेकपा माओवादी केन्द्र निकट मगर राष्ट्रिय मुक्ति मोर्चा नेपाल, म्याग्दीको आईतबार बेनीमा सम्पन्न भेलाले खिमबहादुर पुनको अध्यक्षतामा १९ सदस्यीय जिल्ला कमिटि गठन गरेको छ । उपाध्यक्षमा ओमबहादुर रोका, सचिबमा यामबहादुर रोका, कोषाध्यक्षमा पूर्ण पाईजा र सहसचिबमा पदम शेरपुञ्जा चयन हुनुभएको छ । त्यसैगरि सदस्यहरुमा मन बहादुर थापा मगर, नरबहादुर […]

पुलले बनायो इलमी

अगन्धर तिवारी/पर्वत बैशाख २३ गते । कुश्मा ९, कटुवाचौपारीका ४२ वर्षीय दया लामिछानेको पुस्तौनी पेसा कृषि हो । एक–दुईवटा गाईभैंसी पालेर जीविकोपार्जन गर्दै आएका उनले मोदीबेनीको ओरालो–उकालो गर्न नसकेपछि विदेश जाने सोच बनाए । ‘यहाँजत्तिको दु:ख विदेशमा गर्न सके राम्रै कमाइ हुन्छ भनेर धेरैले सुझाएपछि २०६४ असोजतिर राहदानी बनाएँ,’ लामिछानेले अतीत सम्झिए, ‘यताउता गर्दागर्दै डेढ वर्ष बित्यो । […]

नयाँ पदमार्ग पहिचान

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी २३ बैशाख/ समुदायको पहलमा म्याग्दीको अन्नपूर्ण गाउँपालिका ८ मा रहेको करबाकेलीलाई केन्द्रित गरेर नयाँ पर्यटकीय पदमार्ग पहिचान भएको छ । करबाकेली पर्यटन ब्यवस्थापन समितिले बेनी, कराबाकेली, पुनहिल हुदै कास्कीको बिरेठाँटीलाई समेटेर करबाकेली ईको ट्रेकको पहिचान गरेको म्याग्दी उद्योग वाणिज्य संघले शनिबार बेनीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराइएको थियो । […]

कालीपुलमा पर्यटक सूचना केन्द्र सञ्चालन हुने

सन्तोष गौतम/विकल्प न्यूज बेनी २३ बैशाख । बेनीको कालीपुलमा पर्यटक सूचना केन्द्र स्थापना हुने भएको छ । म्याग्दी भ्रमण वर्षको अवसर पारेर म्याग्दी उद्योग वाणिज्य संघले सूचना केन्द्र सञ्चालन गर्न लागेको हो । बेनी नगरपालिकासंग सूचना केन्द्र सञ्चालन गर्ने सम्झौता गरेर भवन मर्मत र रंगरोगनको काम सुरु गरिएको संघका दितृय उपाध्यक्ष तथा सूचना केन्द्र व्यवस्थापन […]

खाराका आगलागी पीडितलाई घर हस्तान्तरण

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी २३ बैशाख ।   मालिका गाउँपालिका ७ बिमको खाराका आगोलागि पीडित एक परिवारलाई घर हस्तान्तरण गरिएको छ । गत फागुनमा आगोलागीबाट घर जलेर ध्वस्त भएपछी बिचल्लीमा परेका चन्द्रबहादुर दमाईलाई बिमको हिराजित स्मृती युवा कल्वको पहलमा निर्माण भएको घर शनिबार हस्तान्तरण गरिएको हो । वडा अध्यक्ष रेशम जुग्जालीको संयोजकत्वमा स्थानीयबासी, प्रवासीबाट सहयोग तथा […]

जलजलाका जनप्रतिनिधिलाई जनताको विश्वास जित्ने गरि काम गर्न निर्देशन

विकल्प न्यूज/जलजला बैशाख २१ गते ।  नेकपा एमालेबाट बिजयी भएका जलजला गाउँपालिकाका जनप्रतिनिधिहरुलाई जनताको अपेक्षा र चाहना बमोजिम काम गर्न पार्टीले निर्देशन दिएको छ । नेकपा एमाले पर्वत स्थानीय विकास विभागले जलजला गाउँपालिकामा शुक्रबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्ने बक्ताहरुले निर्वाचित जनप्रतिनिधिहरुले जनादेश अनुसार काम गरि पार्टीले लिएको नीतिलाई सफल पार्नुपर्नेमा जोड दिएका थिए । […]

बैशाख ३० गते म्याग्दी भ्रमण वर्ष २०७५ को शुभारम्भ

विकल्प न्यूज/बेनी बैशाख २१ गते । निजी क्षेत्रको छाता संगठन म्याग्दी उद्योग बाणिज्य संघको मुल आयोजनामा मनाउन लागिएको म्याग्दी भ्रमण वर्ष २०७५ को यहि बैशाख ३० गते देखि औपचारिक रुपमा शुभारम्भ गरिने भएको छ । नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीद्धारा भ्रमण वर्षको उद्घाटन हुने कार्यक्रम तय भएको म्याग्दी उद्योग वाणिज्य […]

शनिबार नेपाल बन्द गर्ने नेकपाको आयो यस्तो विज्ञप्ती

विकल्प न्यूज/बेनी बैशाख २१ गते । विप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले बैशाख २२ गते शनिबार नेपाल बन्दको आवह्न गरेको छ । नेकपाका म्याग्दी सेक्रेटरी रन्जीतद्धारा हस्ताक्षरीत विज्ञप्तीमा संविधानले व्यवस्था गरेको शान्तिपूर्ण तरिकाबाट सभा सम्मेलन गर्ने,नेपालको हरेक ठाउँमा हिडडुल गर्न पाउने स्वतन्त्रता सम्बन्धि हकको धज्जी उडाउँदै पार्टीका नेता कार्यकर्ताहरुलाई विना कारण गिरफ्तार गर्ने झुठ्ठा मुद्धा लगाउने […]

१ वर्षसम्म जेल जान सक्छन् गाडी बन्द गर्ने यातायात व्यवसायी

काठमाडौं, २१ वैशाख–  यसअघि गैरनाफामूलक संस्था (एनजीओ)को रुपमा जिल्ला प्रशासन कार्यालयमा दर्ता हुँदै आएका यातायात समितिहरुको दर्ता नवीकरण नगर्ने सरकारको निर्णयविरुद्ध यातायात व्यवसायीहरु अहिले आन्दोलनमा छन् । यात्रुलाई प्रत्यक्ष मार पर्ने गरी यातायात क्षेत्रमा जारी आलोपालो प्रथा (सिण्डिकेट) तोड्ने सवालमा मन्त्रिपरिषदले गरेको निर्णयको बिरोध गर्दै शुक्रवार देशभर सार्वजनिक यातायात सेवा ठप्प पारिएको छ । यातायात […]

थप आठ विद्यालयमा विद्युतीय पुस्तकालय जडान

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी २१ बैशाख । प्रवासीहरुको अगुवाईमा म्याग्दीका थप आठ विद्यालयमा आधुनिक प्रबिधियुक्त विद्युतीय पुस्तकालय स्थापना भएको छ । म्याग्दी प्रवासी नेपाली संघ (मोना)ले यसअघि २५ विद्यालयमा स्थापना गरेको विद्युतीय पुस्तकालय पछिल्लो पटक थप आठ विद्यालयमा विस्तार गरेको हो । तेस्रो चरणमा किसानी मावि बिम, राष्ट्रिय मावि नेप्टेचौर, जनप्रिय आधारभुत विद्यालय बरञ्जा, महेन्द्ररत्न […]

म्याग्दीका सिण्डिकेटधारी व्यवसायी प्रहरी खोरमा

विकल्प न्यूज/बेनी बैशाख २१ गते । म्याग्दीका सिण्डिकेटधारी यातायात व्यवसायीहरु प्रहरी खोरमा परेका छन् । शुक्रबार उनीहरुलाई जिल्ला प्रहरी कार्यालय म्याग्दीले सार्वजनिक सेवालाई प्रभावित पारी सर्वसाधारण नागरिकलाई सास्ती दिएको भन्दै पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा म्याग्दी जिप तथा वस व्यवसायी समितिका कार्यवाहक अध्यक्ष लाल बहादुर थापा,सचिव सुमन श्रेष्ठ, म्याग्दी काली यातायात व्यवसायी समितिका सचिव […]

सिण्डिकेटधारीका गाडी ग्यारेजमा, कम्पनी र निजी गाडीले सेवा दिए

सन्तोष गौतम/विकल्प न्यूज बेनी २१ बैशाख । सरकारले ल्याएको नयाँ निर्देशिका विरुद्ध म्याग्दीका यातायात व्यवसायीले शुक्रबार सेवा ठप्प पारेपछि सर्वसाधारण यात्रु मर्कामा परेका छन् । म्याग्दी जिप तथा बस व्यवसायी, धौलागिरि, पृथ्वी, म्याग्दीकाली, म्याग्दी ट्याक्सी व्यवसायी लगायत यातायात ब्यवसायी समिति सम्बद्ध व्यवसायीले बिहानैदेखि सार्वजनिक सवारी साधन सञ्चालन नगरेपछि यात्रु मर्कामा परेका हुन् । काम बिशेषले […]

म्याग्दीको विकासमा ध्यान दिन सांसद केसीको माग

विकल्प न्यूज/बेनी बैशाख २० गते । म्याग्दीका प्रदेश सभा सदस्य विनोद केसीले प्रदेश नम्बर ४ को सरकारले सार्वजनिक गरेको बजेट तथा कार्यक्रममा म्याग्दीका सम्भावनायुक्त क्षेत्रहरुलाई उपेक्षा गरिएको भन्दै संसदको ध्यानकर्षण गराउनुभएको छ । विहिवार बसेको संसद बैठकमा सरकारले ल्याएको नीति तथा कार्यक्रम माथि धारणा राख्दै साँसद केसीले आर्थिक समृद्धि र भौतिक पूर्वाधार निर्माणलाई प्राथमिकता दिएर […]

हाम्राे झिं गाउँ गीतको म्युजीक भिडियो

विकल्प न्यूज/बेनी बैशाख २० गते । घुगंगा गाउँपालिका ५ मा पर्ने झिँ गाउँको प्रचारप्रसारका लागि तयार पारिएको गीतको म्युजीक भिडियो छायांकन गरिएको छ । हाम्रो झिँ गाउँ बोलको गीतको म्युजीक भिडियो बनाउनका लागि दृष्य छायांकन गरिएको हो । धौलागिरी सेञ्चुरी पदमार्गले समेटिएको, पर्यटकीय स्थल टोड्केको फेदीमा पृष्ठभुमिमा धौलागिरी हिमाल देखिने झिँ गाउँ प्राकृतिक सौन्दर्यले भरिपूर्ण […]