म्याग्दी समाचार
“मलाइ पनि केहि कुरा भन्नु छ” अभियान
विकल्प न्यूज/बेनी मंसिर १९ गते । वेष्ट पोइन्टका छात्राको अभियान “मलाई पनि केहि भन्नु छ” ले निकै ब्यापकता पाउन थालेको छ । खासगरी छात्र छात्रामा हुने विभिन्न खाले समस्या कुण्ठाहरू अभिव्यक्त गर्न यो अभियान सुभारम्भ गरिएको हो । अहिले यसले निकै चर्चा र ब्यापकता पाएको छ । किशोर किशोरीहरुले घरमा, समाजमा, विद्यालयमा भोग्नु पर्ने विभिन्न […]
गाउँपालिका अध्यक्ष रोकाद्वारा विद्यालयलाई साढे तिनलाख सहयोग
विकल्प न्यूज/बेनी मंगला,१८ मंसिर ।म्याग्दीको मंगला गाउँपालिका–५ सिर्मुनमा रहेको किसानी आधारभुत विद्यालयको निर्माण गरिएको दुईकोठे भवनको मंगलबार उद्घाटन गरिएको छ । गण्डकी प्रदेशकी सामाजिक विकास मन्त्री नरदेवी पुनले भवनको उदघाटन गर्नुभयो । विद्यालयमा भवन अभावले सानो कक्षा कोठामा पढ्नुपर्ने बाध्यता सो भवन निर्माणले हटेको विद्यालयका प्रअ रेशम सापकोटाले बताउनुभयो । तत्कालिन जिल्ला शिक्षा कार्यालय म्याग्दीले […]
नेबिसंघ म्याग्दीको संगठन विस्तार अभियान सुरु
अनिल पौडेल/विकल्प न्यूज म्याग्दी, १८ मंसिर । नेपाल विद्यार्थी संघ जिल्ला कार्यसमिति म्याग्दीले आफ्नो संगठन अभियान सुरु गरेको छ । जसमा आज जिल्लाको मालिका गाउँपालिकाको जनप्रिय माविमा सजिन किसानको अध्यक्षतामा २९ सदस्यीय ईकाइ समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा नारायण आचार्य, शुसिला बिक सचिवमा युराज बिक, सह–सचिवमा सुनिता विक, कोषाअध्यक्षमा सुविना बिक, सह–कोषाअध्यक्षमा प्रशन […]
घलेम्दी हाइड्रोको साढे १५ करोडको आईपिओ स्वीकृत
विकल्प न्यूज/बेनी मंसिर १८ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा सञ्चालित घलेम्दीखोला जलविद्युत आयोजना ९न्ज्ी० को १५ करोड ५५ लाख ७७ हजार रुपैयाँ बराबरको आईपिओ धितोपत्र बोर्डबाट स्वीकृत भएको छ । मंसिर १६ गते आइतबार कम्पनीले आयोजना प्रभावितका लागि निष्काशन गरेर अवितरित भएको ४ लाख ५५ हजार ७७० कित्ता सहित १५ लाख ५५ हजार ७७० […]
योजना कार्यान्वयनको तयारीमा जुट्दै धौलागिरी
गोपाल आचार्य /विकल्प न्यूज मङसिर १८ गते । धौलागिरी गाउँपालिकाले चालु आर्थिक वर्ष २०७५÷७६ का लागि बजेट बिनियोजन गरेको योजना तथा कार्यान्वयनको तयारी जुटेको छ । बस्ती स्तरमा आमभेला गरि उपभोक्ता समिति गठनलाई तिब्रता दिनुका साथै योजना कार्यान्वयनलाई प्रभावकारी बनाउन अनुशिक्षण कार्यक्रम सञ्चालन गरेको छ । वडा नं ७ ताकममा गठन भएका उपभोक्ता समितिका पदाधीकारी र […]
म्याग्दी उद्वार समिति बहराइनद्वारा शान्ति कोषलाई १७ लाख सहयोग
विकल्प न्यूज/बेनी मंसिर १८ गते । प्रवासी म्याग्देलीहरुको संस्था म्याग्दी उद्वार समिति बहराइनले जिल्लाको परोपकारी संस्था ओमकुमारी शान्तिकोषलाई १७ लाख रुपियाँ सहयोग गरेको छ । विपन्न र आर्थिक अवस्था कमजोर जिल्लावासीको श्वास्थ्य उपचारमा सहयोग गर्न कोषले स्थापना गरेको अक्षयकोषलाई उद्धार समिति बहराईनले १७ लाख १ हजार २ सय ९५ रुपैयाँ सहयोग गरेको हो । ओमकुमारी शान्ति […]
बागलुङमा कोदो फलाउने किसानलार्इ पुरस्कार दिइने
१७ मङ्सिर, बागलुङ ।कोदो बाली जोगाउन ढोरपाटन नगरपालिकाले नयाँ प्रयास थालेको छ । ‘किसान प्रोत्साहन कार्यक्रम’ मार्फत कोदो उत्पादक किसानलाई पुरस्कृत गर्न लागिएको हो । यसबाट किसान खेतीतर्फ प्रेरित हुने विश्वास गरिएको छ । सोको लागि नगरसभाले चालू आवमा रु १५ लाख वजेट छुट्याएको छ । आउँदो माघभित्र किसानलाई पुरस्कार रकम बाँडिने नगरप्रमुख देवकुमार नेपालीले बताए […]
देउसी भैलोको रकमले कम्प्युटर र प्रिन्टर किनेर विद्यालयलाई सहयोग
विकल्प न्यूज/बेनी मंसिर १६ गते । म्याग्दीको मंगला गाउँपालिका–२ तल्लो डडुवामा स्थानीय युवा क्लवले विद्यालयलाई कम्प्युटर र प्रिन्टर सहयोग गरेको छ । स्थानीय जानकी आधारभूत विद्यालयलाई मंगला युवा क्लवले तिहारको अवसरमा देउसीभैलो खेलेर संकलन भएको रकमबाट सो सहयोग गरेका हो । आईतबार विद्यालयमा आयोजित कार्यक्रममा क्लवले उपलब्ध गराएको एक एक थान कम्प्युटर प्रिन्टर मंगला गाउँपालिका […]
निर्मलाको पक्षमा बेनीमा विप्लव नेकपाको प्रर्दशन
विकल्प न्यूज/बेनी मंसिर १६ गते । विप्लव नेतृत्वको नेकपाले आइतबार कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कार र हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै बेनीमा प्रदर्शन गरेको छ । बेनीको विरेन्द्रचोकबाट निस्केको जुलुसले बजार परिक्रमा गरी हुलाक चोकमा कोणसभा गरेको हो । हत्याको ४ महिना बितिसक्दा पनि सरकारले दोषीलाई कानुनको कठाघारमा ल्याउन नसकेको भन्दै सरकारलाई दवाव स्वरुप […]
पोखरेबगर–चित्रे सडक कालोपत्रे योजनाको शिलान्यास(फोटोफिचर)
विकल्प न्यूज/बेनी मंसिर १६ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगर देखि चित्रे ग्रामिण सडक स्तरउन्नती योजना सुरु गरिएको छ । पोखरेबगर–घार–खिवाङ–शिख हुँदै चित्र सम्म साढे १८ किलोमिटर सडक स्तरउन्नती सहित कालोपत्रे गर्ने योजनाको प्रतिनिधिसभाका सांसद भुपेन्द्रबहादुर थापाले आइतवार पुजापाठ गरेर शिलान्यास गर्नुभएको हो । सडक शिलान्यास पछि आयोजित कार्यक्रममा सांसद थापाले सडक निर्माण पछि यस […]
पार्टी सचिवालयले गरेका निर्णयहरु बैधानिक ः मुख्यमन्त्री गुरुङ
विकल्प न्यूज/बेनी मंसिर १५ गते । नेपाल कम्युनिष्ट (नेकपा)पार्टीका गण्डकी प्रदेश कमिटीका इन्चार्ज तथा मुख्य मन्त्री पृथ्वी सुब्बा गुरुङले पार्टीको केन्द्रिय सचिवालयले गरेका निर्णयहरु बैधानिक भएको बताउनुभएको छ । नेताहरु सम्मीलित सचिवालयले पार्टीको विधान अनुसार पार्टी एकताका सन्दर्भमा गरेका निर्णयहरु बैधानिक भएको उहाँले दावी गर्नुभयो । हालैमात्र केही केन्द्रिय सदस्यहरुले सचिवालयले मनपरी रुपमा निर्णय गरेको भन्दै […]
न्यू वेष्ट प्वाइन्टलाई १७ औं जेसीज कपको उपाधी
विकल्प न्यूज/बेनी मंसिर १५ गते । म्याग्दीको बेनीमा शनिबार सम्पन्न अन्तर मावि जिल्लास्तरीय १७ औं जेसीज कप फुटवल प्रतियोगितामा न्यु वेष्ट प्वाइन्ट आवासीय मावि बेनी च्याम्पियन बनेको छ । म्याग्दी जेसीजले आयोजना गरेको प्रतियोगिताको शनिवार भएको फाईनल खेलमा केबी एकेडेमी दरवाङलाई शून्यका विरुद्ध चार गोल गर्दै वेष्ट प्वाइन्टले उपाधी जितेको हो । केबी एकेडेमी पहिलोपटक […]
वेष्ट पोइन्टमा जिल्ला स्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न
विकल्प न्यूज/बेनी मंसिर १४ गते । न्यु वेष्ट पोइन्ट आवासीय माध्यमिक विद्यालयमा जिल्ला स्तरीय अन्तर मावि हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ । युवा रेडक्रस सर्कल न्यु वेष्ट पोइन्टको आयोजनामा मंसिर १४ गते प्रतियोगिता सम्पन्न भएको हो । प्रतियोगितामा जिल्लाका १४ टिमले सहभागिता जनाएका थिए पश्चिम दरबांग देखि उत्तर भुरुंग तातोपानी सम्मका विद्यालय सहभागी सो प्रतियोगितामा […]
आगलागी पीडित शेरचन परिवारलाई विद्यार्थीहरुद्धारा ११ हजार सहयोग
विकल्प न्यूज/बेनी मंसिर १४ गते । म्याग्दीको मालिका गाउँपालिका ५ देविस्थानको जुग्जाका आगलागी पीडित चेतनारायण शेरचनको परिवारलाई विद्यार्थीहरुले ११ हजार तिन सय पाँच रुपियाँ सहयोग गरेका छन् । यहि मंसिर ६ गते आगलागी हुँदा शेरचनको घर पूर्ण रुपमा जलेर क्षति भएको थियो । परिवारको आर्थिक अवस्था कमजोर भएका शेरचन परिवारलाई सहयोग जुटाउन स्थानीय भिम माध्यमिक विद्यालयको […]
बेनी नगरपालिका जिफ्न्ट युवा नगर कमिटी गठन
धिरन खत्री /विकल्प न्यूज म्याग्दी, १४ मंसिर । बेनी नगरपालिकामा अजुर्न रानाको अध्यक्षता जिफन्ट युवा नगर कमिटि गठन गरिएको छ । नेपाल ट्रेड यूनियन महासंघ जिफन्ट गण्डकी प्रदेश कमिटिको आयोजना र जिफन्ट म्याग्दीको सह–आयोजनामा बेनीमा शुक्रबार युवा श्रमिकहरुको भेला गरि जिफन्ट युवा नगर कमिटि गठन गरिएको हो । कमिटिको उपाध्यक्षमा सागर छन्त्याल, सचिवमा एश्वर्या नेपाली, […]