ताजा समाचार:
Search

आगलागी पीडित शेरचन परिवारलाई विद्यार्थीहरुद्धारा ११ हजार सहयोग

विकल्प न्यूज/बेनी
मंसिर १४ गते । म्याग्दीको मालिका गाउँपालिका ५ देविस्थानको जुग्जाका आगलागी पीडित चेतनारायण शेरचनको परिवारलाई विद्यार्थीहरुले ११ हजार तिन सय पाँच रुपियाँ सहयोग गरेका छन् ।

यहि मंसिर ६ गते आगलागी हुँदा शेरचनको घर पूर्ण रुपमा जलेर क्षति भएको थियो । परिवारको आर्थिक अवस्था कमजोर भएका शेरचन परिवारलाई सहयोग जुटाउन स्थानीय भिम माध्यमिक विद्यालयको युथ रेडक्रस सर्कलले विद्यार्थी र स्थानीयवासीहरुमा सञ्चालन गरेको अभियान मार्फत उक्त रकम जुटाएको रेडक्रस सर्कलकी अध्यक्ष अमृता पुनले जानकारी दिनुभयो । शेरचन परिवारको आर्थिक अवस्था कमजोर भएका कारण सहयोग जुटाउन विद्यार्थीहरुले एकदिनको खाजा खर्च वापतको रकम पनि जम्मा गरेको उहाँले बताउनुभयो ।

शुक्रवार विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा वडा सदस्य सुवेदार डिलवहादुर पुन,सदस्य लालकुमारी परियार, शिक्षकहरु यामनाथ पौडेल र शिक्षक नायक यामप्रसाद तिवारीको रोवरमा पीडित शेरचनको घरमा पुगेर विद्यार्थीहरुले रकम हस्तान्तरण गरेका हुन ।
आगलागि पीडित शेरचन दाजुको घरमा वसोवास गर्दै आउनुभएको छ ।

आगलागिबाट लत्ताकपडा,खाद्यन्न लगायत गरी करिब ७ लाख वरावरको क्षति भएको थियो ।  आर्थिक अवस्था कमजोर भएकाले शेरचन परिवारलाई सहयोगी मनहरुको खाँचो भएको शिक्षक पौडेलले बताउनुभयो ।