वेष्ट पोइन्टमा जिल्ला स्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

विकल्प न्यूज/बेनी
मंसिर १४ गते । न्यु वेष्ट पोइन्ट आवासीय माध्यमिक विद्यालयमा जिल्ला स्तरीय अन्तर मावि हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ । युवा रेडक्रस सर्कल न्यु वेष्ट पोइन्टको आयोजनामा मंसिर १४ गते प्रतियोगिता सम्पन्न भएको हो ।

प्रतियोगितामा जिल्लाका १४ टिमले सहभागिता जनाएका थिए पश्चिम दरबांग देखि उत्तर भुरुंग तातोपानी सम्मका विद्यालय सहभागी सो प्रतियोगितामा वेष्ट पोइन्ट प्रथम, गलेश्वर आदर्श बोर्डिंग स्कुल द्वितीय र लिटल गार्डेन एकेडेमी तृतीय भएका छन् ।

प्रथम द्वितीय र तृतीय हुने टिमलाई नगद ८००० (आठहजार), ५००० (पाँचहजार), ३००० (तिनहाजार) प्रमाण पत्र र गिफ्ट ह्याम्पर प्रदान गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा म्याग्दीका सभापति लेखबहादुर हमाल, युवा रेडक्रस सर्कल न्यु वेष्ट पोइन्टका संरक्षक एवं प्रिन्सिपल बीणा झा, शिक्षक अभिभाबक संघका अध्यक्ष दिलकुमार श्रेष्ठले नगद प्रमाणपत्र द्वारा सम्मान गर्नु भएको हो ।
समापन कार्यक्रममा प्रमुख आतिथ्यताको मन्तब्य दिदै हमालले अधिकांश हाजिरीजवाफ प्रतियोगिता क्भ्भ् परीक्षालाई केन्द्रित गरेर बिषयगत रुपमा आयोजना गर्ने गरिएको र वेष्ट पोइन्टले भने समसामयिक घटना, सामान्य ज्ञान जस्ता कुरामा केन्द्रित गरेर समय र घटनाक्रम प्रति चासो र रुची राख्नु पर्ने रहेछ भन्ने कुरामा जोड दिएकोले निकै फरक र प्रभाबकारी कार्यक्रम रहेको आफुले महसुस गरेको बताउनु भयो । प्रतियोगितामा समसामयिक घटना, सामान्यज्ञान, खेलकुद, श्रब्य दृश्य, बजर, र ¥र्या्पिड फायर र रेडक्रस सम्बन्धित गरि सात राउण्ड संचालन गरिएको थियो । प्रतियोगितामा शिक्षक मनोज खड्का, सतिश श्रेष्ठ, रेसमान पुन, कृष्ण जिसीले क्वीज मास्टरको भूमिकामा प्रतियोगिता संचालन गर्नु भएको थियो भने संयोजन भाइस प्रिन्सिपल सरोज लकान्द्रिले गर्नु भएको थियो ।

युवा रेडक्रस सर्कलका सभापति सुबिन रामदामको अध्यक्षता, शिक्षक नायक रेसमान पुनको स्वागत मन्तब्य, र शिक्षक कृष्ण जिसीको संचालनमा सम्पन्न औपचारिक उद्घाटन कार्यक्रममा प्रिन्सिपल बीणा झाले सुभकामना मन्तब्य दिनु भएको वेष्ट पोइन्ट मिडिया हबले जनाएको छ ।