पार्टी सचिवालयले गरेका निर्णयहरु बैधानिक ः मुख्यमन्त्री गुरुङ

विकल्प न्यूज/बेनी
मंसिर १५ गते । नेपाल कम्युनिष्ट (नेकपा)पार्टीका गण्डकी प्रदेश कमिटीका इन्चार्ज तथा मुख्य मन्त्री पृथ्वी सुब्बा गुरुङले पार्टीको केन्द्रिय सचिवालयले गरेका निर्णयहरु बैधानिक भएको बताउनुभएको छ । नेताहरु सम्मीलित सचिवालयले पार्टीको विधान अनुसार पार्टी एकताका सन्दर्भमा गरेका निर्णयहरु बैधानिक भएको उहाँले दावी गर्नुभयो ।

हालैमात्र केही केन्द्रिय सदस्यहरुले सचिवालयले मनपरी रुपमा निर्णय गरेको भन्दै असन्तुष्टी व्यक्त गरेको सन्दर्भलाई लिएर मुख्य मन्त्री गुरुङले व्यक्तिगत स्वार्थ र सुविधा अनुसार पार्टी विधानको ब्यख्या नगर्न उहाँको सुझाव थियो ।

शनिबार नेकपा म्याग्दीको जिल्ला संयन्त्रले राखेको जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै मन्त्री गुरुङले नयाँ पार्टी बनिसक्दा पनि केही साथीहरुले पुरानै पार्टी विधानका कुरा गरिराख्नुभएकाले अन्तरविरोध उत्पन्न भएको उहाँको भनाई छ ।
केपी ओली र प्रचण्डको विशेष भूमिका कारण दुइपार्टीको एकता सम्भव भएको बताउँदै उहाँले केही कमजोरीहरुलाई लिएर नेताहरुलाई खुल्याउनेहरुको कुनै तुक छैन उहाँले भन्नुभयो । पार्टी एकिकरणको काम केही ढिला भएको बताउँदै उहाँले सवैको भावनालाई समावेश गरेर एकता प्रक्रियालाई टुङ्गोमा पु¥याउँदा समय लागेको बताउनुभयो । पानीमा चिनी घोलिदाँ झै दुवै पार्टीका नेता कार्यकर्ताहरु घोलिन समय लाग्ने उहाँको भनाई थियो । प्रदेश कमिटीले पूर्णता पाएको बताउँदै मन्त्री गुरुङले अव चाँढै नै जिल्ला कमिटीले पूर्णता पाउने दावी गर्नुभयो ।  पुरानै मानसिकता भएका कर्मचारीका कारण संघिय शासन प्रणाली सफल पार्न चुनौती थपिएको उहाँको भनाई छ । व्यवस्था नयाँ तर कर्मचारीको मानसिकता पुरानै भएकाले अन्तरद्धन्द्ध सिर्जना भएको उहाँको भनाई छ । जनअपेक्षा अनुसार संघिय सरकारले काम गर्न नसकेकोप्रति आलोचना गरौं तर निन्दा नगरौं मन्त्री गुरुङले भन्नुभयो ।

गण्डकी प्रदेशको विकास र समृद्धिका लागि जलविद्युत,पर्यटन र खनिजलाई समुचित उपयोग गर्ने नीति प्रदेश सरकारको भएको उहाँले बताउनुभयो । गाउँ तथा नगरको विकासका लागि अध्यक्षहरुले विशेष भूमिका खेल्नु उहाँले अनुरोध गर्नुभयो ।

कार्यक्रममा केन्द्रिय सदस्य तथा प्रदेश सचिव गोविन्द नेपाली, केन्द्रिय सदस्य गुप्तबहादुर हमाल,गण्डकी प्रदेश सामाजिक विकास मन्त्री नरदेवी पुन,प्रदेश सांसद विनोद केसी,जिल्ला संयन्त्र सदस्य तथा पूर्व साभासद गोविन्द पौडेल र पूर्वा सभासद नवराज शर्माले विचार व्यक्त गर्नुभएको थियो ।

जिल्ला संयन्त्र सदस्य तथा नेता हरिकृष्ण श्रेष्ठको सञ्चालन प्रतिनिधिसभाका सांसद तथा केन्द्रिय सदस्य भूपेन्द्र थापाको अध्यक्षता र जिल्ला संयन्त्र सदस्य टेकवहादुर विश्वकर्माको स्वागतमा सम्पन्न कार्यक्रममा जिल्ला संयन्त्रका सदस्यहरु, गाउँ तथा नगर कमिटिका पदाधिकारी,जनप्रतिनिधि र अगुवा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।