ताजा समाचार:
Search

घलेम्दी हाइड्रोको साढे १५ करोडको आईपिओ स्वीकृत

विकल्प न्यूज/बेनी
मंसिर १८ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा सञ्चालित घलेम्दीखोला जलविद्युत आयोजना ९न्ज्ी० को १५ करोड ५५ लाख ७७ हजार रुपैयाँ बराबरको आईपिओ धितोपत्र बोर्डबाट स्वीकृत भएको छ ।

मंसिर १६ गते आइतबार कम्पनीले आयोजना प्रभावितका लागि निष्काशन गरेर अवितरित भएको ४ लाख ५५ हजार ७७० कित्ता सहित १५ लाख ५५ हजार ७७० कित्ता साधारण शेयर निष्काशन गर्न धितोपत्र बोर्डबाट स्वीकृती पाएको जनाएको छ ।
आईपिओ जारी गर्न कम्पनीले धितोपत्र बोर्डसँग भदौ ५ गते अनुमति माग गर्दै निवेदन दिएको थियो ।

यसअघि नै कम्पनीले पहिलो चरणमा असार २२ गतेदेखि साउन २२ गतेसम्म आयोजना प्रभावित क्षेत्र म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका स्थानीयको लागि ५ लाख ५० हजार कित्ता आईपिओ जारी गरेकोमा स्थानीयले ९४ हजार २३० कित्ता मात्र खरिद गरेका थिए ।

यसअघि सर्वसाधारणमा ११ लाख कित्ता जारी गर्ने तय भएको थियो । स्थानीयको ४ लाख ५५ हजार ७७० कित्ता सहित १५ लाख ५५ हजार ७७० कित्ता निष्काशन हुनेछ ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा भिवोर क्यापिटल लिमिटेड रहेको छ । कम्पनीको आईपिओलाई इक्रा नेपालले ग्रेड फोर रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको अवस्था औसतभन्दा कमजोर रहेको जनाउँछ ।
कस्तो छ कम्पनी ?

५५ करोड रुपैयाँ जारी पूँजी रहेको आयोजनामा संस्थापकको ७० प्रतिशत अर्थात ३८ करोड ५० लाख लगानी रहेको छ । आयोजना प्रभावित स्थानीयबासिन्दा र सर्वसाधारणको गरि ३० प्रतिशत अर्थात १६ करोड ५० लाख रुपैयाँ लगानी रहने छ ।

कूल ९४ करोड रुपैयाँ लागत अनुमान गरिएको ५ मेगावाटको घलेम्दी जलविद्युत आयोजना म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निमार्ण भइरहेको छ ।

नब्बे प्रतिशतभन्दा बढी पूर्वाधार निर्माणको काम सकेको उक्त आयोजनाले आगामी फागुनमा विद्युत् उत्पादनको तयारी गरेको छ ।
वि.स २०७१ देखि शुरु भएको आयोजनाको पूर्वाधार निर्माणको काम अन्तिम चरणमा पुगेको हो । प्रति मेगावाट लागत १८ करोड ८० लाख रुपैयाँ पर्ने यो आयोजनाले ८ वर्षसम्म कर्जा चुक्ता गर्ने कम्पनीले जनाएको छ । यसअनुसार कम्पनीमा शेयर लगानी गर्ने शेयरधनीले कम्तिमा ९ बर्ष लाभांशका लागि कुर्नुपर्ने देखिन्छ ।

जलविद्युत आयोजना निर्माण अन्तिम चरणमा पुगेको छ। पाँच दशमलव पाँच मेगावाट क्षमताको उक्त आयोजनाको इन्टेक, सुरुङ, पेनस्टक, पाइप जडान र जलविद्युतगृह निर्माणको काम अन्तिम चरणमा पुगेको छ । चैत महीनाभित्रै परीक्षण उत्पादन शुरु गर्ने लक्ष्यसहित तीब्र गतिमा काम अघि बढाएको घलेम्दी हाइड्रो लिमिटेडका सचिव बिमल रिजालले जानकारी दिए ।

एक हजार ३०० जनाको ३५ करोड ५० लाख रुपैयाँ बराबरको संस्थापक शेयर रहेको सो आयोजनामा लुम्बिनी र टुरिजम विकास बैंकले ५५ करोड लगानी गरेका छन ।

यसकारण लम्बियो निमार्ण समय

वि.स २०७४ चैतभित्र उत्पादन शुरु गर्ने लक्ष्य राखिए पनि भूकम्प, नाकाबन्दी, भौगोलिक विकटता र बैसरीमा कालीगण्डकी थुनिने गरी आएको पहिरोका कारण निर्माणमा ढिलाइ भएको कम्पनीका सदस्य राजेश शाक्यले बताए ।
वनसम्बन्धी कानून र झन्झटिलो प्रशासनिक प्रक्रिया पनि आयोजना ढिलाइ हुनुको अर्को कारण भएको उनको भनाइ थियो ।
पहिले चार मेगावाट रहेको उक्त आयोजनाको क्षमता बढाएर ५।५ मेगावाट बनाइएको छ । भूकम्पपछि विद्युतगृह परिवर्तन गर्नुपरेका कारण क्षमता बढाइएको हो । चार मेगावाट हुँदा ६५ करोड रुपैयाँ लागत अनुमान गरिएको सो आयोजनाको निर्माण अवधि लम्बिएर क्षमता बढेसँगै लागत बढेर एक अर्ब १५ करोड रुपैयाँ पुग्ने अनुमान गरिएको छ ।

म्याग्दीका उद्योगी व्यापारीको अगुवाइमा वि.सं। २०७१ कात्तिकदेखि निर्माण शुरु गरिएको उक्त आयोजनाको २०७४ भदौमा एक हजार ६९५ मिटर सुरुङ निर्माण गरिएको थियो । आउटलेट फोरवे तर्फको एक हजार र बाँधबाट निर्माण गरिएको ६९५ मिटर सुरुङ प्लास्टर गर्ने काम भइरहेको छ ।

निलगिरिखोलाको बायाँ किनारमा विद्युतगृह निर्माणमा दैनिक करीब १०० मजदुर परिचालन भएका छन । जलविद्युतगृहको छानो छाउने र प्लास्टर गर्ने काम बाँकी छ । आयोजनाको हेड ९पावरहाउस देखि फोरवेसम्मको भाग० को दूरी १७५ मिटर अग्लो छ ।

घरापस्थित तातोपानी साना जलविद्युत आयोजनाको सवस्टेशनमार्फत घलेम्दीको विद्युत केन्द्रीय प्रसारणलाइनमा उक्त विद्युत जडान गरिने जनाइएको छ । merolagani.com