म्याग्दी समाचार

अन्नपुर्ण क्षेत्रमा पर्यटन पूर्वाधारको विकास गर्न सांसद थापा समक्ष स्थानीयको माग

सन्दिप शर्मा/म्याग्दी असोज २८ गते । प्रतिनिधिसभाका सांसद भुपेन्द्रबहादुर थापालाई अन्नपुर्ण गाउपालिका बासिन्दाले पर्यटन पुर्वधारको विकास गर्न माग गरेका छन् । अन्नपुर्ण गाउँपालिकामा भएका विभिन्न पर्यटकीय स्थानहरुको अवलोकन भ्रमण क्रममा जानु भएका थापालाई अन्नपुर्ण बासीहरुले सञ्चालनमा रहेका सामुदायिक लजमा खानेपानीको समस्या भएको र पर्यटकहरु हिड्ने पदमार्ग तथा मोटरबाटो सुधारका लागि माग राखेका छन् । अन्नपुर्ण […]

हिमआँधीमा परेर बेपत्ता भएका नौ जनाको शव भेटियो

म्याग्दी, असोज २८ गते । धवलागिरि गाउँपालिका–१ स्थित गुर्जा हिमालको आधार शिविरमा हिमआँधीमा परेर बेपत्ता भएका नौ जनाको चार दिनपछि आइतबार बिहान शव भेटिएको छ । हेलिकप्टरबाट आधार शिविरमा पुगेका सुरक्षाकर्मी र उद्धारकर्मीको टोलीले पहाडको खोँचबाट नौ जनाको शव सङ्कलन गरेका हुन् । आधार शिविरमा सङ्कलन भएको शवलाई गुर्जामा ल्याएर यकिन र पहिचान गरी हेलिकप्टरबाट गुर्जाका […]

तातो पानी कुण्डमा पर्यटक बढे (फोटोफिचर)

ठाकुरप्रसाद आचार्य /विकल्प न्यूज बेनी(म्याग्दी) असोज २८ गते । पर्यटन सिजन सुरु भएसँगै म्याग्दीको अन्नपूर्ण गाउँपालिका २ भूरुङ तातोपानी कुण्डमा आन्तरिक एवम् वाह्य पर्यटकको भीड लागेको छ । मुक्तिनाथ दर्शन गरेर फर्किने धार्मिक पर्यटकका साथै अन्नपूर्ण पदयात्रामा निस्केका विदेशी पर्यटकहरुका कारण कुण्डमा भीड वढेको हो । पैदल तथा सवारी साधनमा आउने पर्यटकहरु तातोपानीमा एकदिन बसेर […]

गुर्जा हिमाल अपडेट – उद्धारको प्रयास भइरहेको छ ः प्रजिअ

विकल्प न्यूज /बेनी असोज २७ गते । म्याग्दीको धौलागिरि गाउँपालिका–१ गुर्जामा रहेको गुर्जा हिमाल आरोहणका लागि आधार शिविर पुगेका ९ जना मध्ये ८ जनाको मृत्यु भएको छ । गुर्जा हिमालको आधार शिविरमा पुगेका ५ जना कोरियन र ४ जना नेपाली टोलीमध्ये ८ जनाको सब शनिवार विहान भेटिएको हो । हिमालको आधार शिविरमा पुगेर बास बसेका […]

नेकपा म्याग्दीको रघुृगंगा गाउँपालिकामा वडा स्तरीय संयन्त्र गठन

विकल्प न्यूज/बेनी असोज २६ गते । नेपाल कम्युनिष्ट पार्टी म्याग्दीले वडा तहमा समेत पार्टीको संरचना निर्माण अभियानलाई सुरु गरेकोे छ । विहिवार बसेको पार्टीको जिल्ला संयन्त्रको बैठकको निर्णय बमोजिम शुक्रवार रघुगंगा गाउँपालिकामा नेकपाको संयन्त्रको बैठक बसेको छ । बैठकले रघुगंगाको ८ वटै वडामा संयन्त्र निर्माण गरेको छ । जिल्ला संयन्त्रले दिपक कार्की, रिम कटुवाल, निरज […]

मौवाफाँट बचत तथा ऋण सहकारीको बार्षिक साधारणसभा सम्पन्न

विकल्प न्यूज/बेनी म्याग्दी, २६ असोज । ग्रामिण भेगका जनताहरुलाई सेवाप्रवाह गर्ने उद्देश्यले संचालित रघुगंगा गाउँपालिकाको केन्द्र मौवाफाटँमा रहेको मौवाफाँट बचत तथा ऋण सहकारी संस्था लिमिटेडको बार्षिक साधारणसभा शुक्रबार सम्पन्न भएको छ । साधारण सभालाई उद्घाटन गर्दै जिल्ला सहकारी संघका अध्यक्ष प्रेमबहादुर कार्कीले ग्रामिण भेगका जनताहरुको आयस्तर बृद्धि गर्न सहकारीले ब्यवसायिक कृषि खेतीतर्फ लगानी गनुपर्ने बताए […]

पर्वत बेनीमा दसैं शुभकामना आदानप्रदान कार्यक्रम

विकल्प न्यूज/बेनी असोज २६ गते । पर्वतको जलजला गाउँपालिका ३ पर्वत बेनीमा शुक्रवार विजया दशमी,तिहार र छठ पर्वका अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गरिएको छ । पर्वत बेनी खानेपानी तथा सरसफाई सह लगानी आयोजना उपभोक्ता संस्थाले शुभकामना कार्यक्रमको आयोजना गरेको हो । जलजला गाउँपालिकाका अध्यक्ष याम वहादुर मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा अध्यक्ष मल्लले नेपालीहरुको मौलिक […]

बेनी अस्पतालका अध्यक्ष कटुवालद्धारा पदभार ग्रहण

विकल्प न्यूज/बेनी असोज २६ गते ।बेनी अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले बिहीबारदेखि कार्यभार सम्हाल्नुभएको छ । गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयको मन्त्री स्तरीय निर्णय अनुसार मंगलबार आगामी तीन वर्षका लागि अध्यक्षमा नियुक्त हुनुभएको थियो । अध्यक्ष कटुवाललाई अस्पताल र स्वास्थ्य कार्यालयका कर्मचारीहरुले स्वागत गरेका थिए । उहाँले सबै पक्षसँग समन्वय गरेर अस्पतालको सेवालाई गुणस्तरीय […]

पुराना मठमन्दिरको संरक्षण गरेर धार्मिक पर्यटन प्रवद्र्धन गरौं ः मन्त्री अधिकारी

विकल्प न्यूज/जलजला असोज २५ गते ।  उत्ररी पर्वतको जलजला गाउँपालिका–३ मा मल्लाजमा एक समाजसेवीले ब्यक्तिगत लगानीमा ऐतिहासिक मल्लाज कोत मन्दिरको पुनः निर्माण गर्नुभएको छ । १२ औं शताब्दीमा निर्मित कोत भगवती मन्दिरको पुननिर्माण तथा संरक्षणमा मल्लाज स्थायी घरभई हाल काठमाण्डौको ताहचल बस्ने शिवकुमार श्रेष्ठले स्वर्गीय मातापिता बाबुलाल र बालकुमारी श्रेष्ठको स्मृतिमा करिव ३५ लाखको लागतमा […]

म्याग्दीमा नेकपाको जिल्ला सहित स्थानीय तहमा संयन्त्र गठन

विकल्प न्यूज/बेनी असोज २५ गते । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) को म्याग्दीमा जिल्ला सहित सवै स्थानीय तहमा पार्टी संयन्त्र गठन भएको छ । नेकपाका गण्डकी प्रदेशका सह इन्र्चाज खगराज अधिकारी, अध्यक्ष हितराज पाण्डे र प्रदेश कमिटीका सचिब गोबिन्द नेपालीको उपस्थितिमा बसेको बैठकले सर्बसम्मत रुपमा जिल्ला देखी स्थानीय तह सम्म पार्टी संयन्त्र गठन गरेको केन्द्रिय सदस्य भुपेन्द्रवहादुर […]

मिस्त्री खोलाको भौतिक प्रगति ६२ प्रतिशत पूरा

ठाकुरप्रसाद आचार्य/विकल्प न्यूज असोज २५ गते । मिस्त्री खोला जलविद्युत आयोजनाको विद्युत गृह निर्माण गरिँदै । तस्विर ठाकुरप्रसाद आचार्य म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ मा निर्माणधीन ४२ मेगावाट क्षमताको मिस्त्री खोला जलविद्युत आयोजनाको ६२ प्रतिशत निर्माण पुरा भएको छ । प्रवद्र्धक रोवष्ट इनर्जी लिमिटेडले निर्माण गर्न लागेको आयोजनाको २७ महिना अघि निर्माण सुरु गरिएको थियो । […]

सामुदायिकमा दशैं–तिहार विशेष कार्यक्रम

विकल्प न्यूज/बेनी असोज २४ गते ।   म्याग्दीको सदरमुकाम बेनीस्थित रहेको बेनी सामुदायिक माध्यमिक विद्यालयमा मङ्गलबार दशैं–तिहार विशेष कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा पाँचदिने खेलकुद कार्यक्रम तथा प्रथम चौमासिक परीक्षाको पुरस्कार वितरण, शुभकामना आदानप्रदान र सांस्कृतिक कार्यक्रम गरिएको हो । कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेशका सांसद विनोद केसीले सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्नका लागि स्थानीय […]

धौलागिरी सहकारीको ३२ करोड ८८ लाख लगानी

विकल्प न्यूज/बेनी असोज २४ गते । म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित न्यु धौलागिरी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको बुधबार १९औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । कुल १११७ जना शेयर सदस्य रहेकोमा शेयर पुँजी चार करोड ७३ लाख ८० हजार दुईसय, निक्षेप सङ्कलन ३१ करोड १२ लाख ४६५ र लगानी ३२ करोड ८८ लाख ६८ […]

दसैंका लागि मुस्ताङ र तिब्बतबाट आए भेडा र च्याङ्ग्रा

प्रताप बानियाँ /बेनी असोज २४ गते ।  यस वर्षको दसैं नजिकिँदै गर्दा हिमालपारीको जिल्ला मुस्ताङ र छिमेकी देश चीनको तिब्बतबाट भेडा–च्याङ्ग्रा भित्रिन थालेका छन् । म्याग्दी जिल्लासहित देशका विभिन्न जिल्लाहरुबाट व्यापारीहरु हिमाली जिल्ला मुस्ताङ र तिब्बतको सिमानासम्म पुगेर भेडा–च्याङ्ग्रा खरिद गरेर ल्याएका छन् । दसैं नजिकिँदै जाँदा मुस्ताङ–तिब्बत नाका कोरलाबाट भेडा–च्याङ्ग्राको आयात सुरु भएको हो […]

ट्रेड युनियनको शुभकामना आदान प्रदान कार्यक्रम

विकल्प न्यूज/बेनी असोज २४ गते ।  नेपाल ट्रेड युनियन स्वतन्त्र काँग्रेस जिल्ला शाखा म्याग्दीले दशै तिहारको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ । बुधवार बेनीमा बिजयदशमी तथा शुभ दिपावली एवं छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान गरेको हो ।  नेपाल ट्रेड युनियन म्याग्दीका अध्यक्ष कमल ढुङ्गानाको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाली कांग्रेस […]