पर्वत बेनीमा दसैं शुभकामना आदानप्रदान कार्यक्रम

विकल्प न्यूज/बेनी
असोज २६ गते । DSC_0314 पर्वतको जलजला गाउँपालिका ३ पर्वत बेनीमा शुक्रवार विजया दशमी,तिहार र छठ पर्वका अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गरिएको छ । पर्वत बेनी खानेपानी तथा सरसफाई सह लगानी आयोजना उपभोक्ता संस्थाले शुभकामना कार्यक्रमको आयोजना गरेको हो ।

जलजला गाउँपालिकाका अध्यक्ष याम वहादुर मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा अध्यक्ष मल्लले नेपालीहरुको मौलिक संस्कृतिका रुपमा रहेका पर्वहरुको सम्बद्र्धनका लागि ध्यान दिन आग्रह गर्नुभयो । पछिल्लो समय चाढपर्वहरु बढी खर्चिलो हुनुका साथै मौलिकता हराउदै जान थालेको बताउँदै सचेत हुन सवैमा अनुरोध गर्नुभयो । DSC_0316कार्यक्रममा वडा नम्बर ४ का वडा अध्यक्ष भिष्म मल्ल,नेपाली काँग्रेस जलजला गाउँपालिकाका संयोजक चन्द्रवहादुर जिसी, म्याग्दी बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख गोरखबहादुर जिसी, पर्वत उद्योग वाणिज्य संघ जलजजला इकाईका अध्यक्ष डिलवहादुर बरुवाल लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।

संस्थाका अध्यक्ष लोकनाथ रेग्मीको अध्यक्षता र सचिव ठाकुरप्रसाद रेग्मीको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा आमा समुह र लायन्स क्लबमा अवद्ध व्यक्ति तथा सर्वधारणहरुको सहभागिता रहेको थियो ।