मौवाफाँट बचत तथा ऋण सहकारीको बार्षिक साधारणसभा सम्पन्न

विकल्प न्यूज/बेनी
म्याग्दी, २६ असोज । 43751566_1824023107705023_2808000127216648192_nग्रामिण भेगका जनताहरुलाई सेवाप्रवाह गर्ने उद्देश्यले संचालित रघुगंगा गाउँपालिकाको केन्द्र मौवाफाटँमा रहेको मौवाफाँट बचत तथा ऋण सहकारी संस्था लिमिटेडको बार्षिक साधारणसभा शुक्रबार सम्पन्न भएको छ ।

साधारण सभालाई उद्घाटन गर्दै जिल्ला सहकारी संघका अध्यक्ष प्रेमबहादुर कार्कीले ग्रामिण भेगका जनताहरुको आयस्तर बृद्धि गर्न सहकारीले ब्यवसायिक कृषि खेतीतर्फ लगानी गनुपर्ने बताए । सहकारीले व्यवसायिक र उत्पादनमूलक क्षेत्रतर्फ लगानी गर्न सकेमा ग्रामिण भेगमा बस्ने गरिब, विपन्न परिवारलाई रोजगारी सिर्जना गर्न सहयोग पुग्ने बताए ।

कार्यक्तममा रघुगंगा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रमेश थापा, सहकारीका सल्लाकार बालकृष्ण सुवेदी, निलकण्ठ सुवदीले शुभकामना मन्तव्य राखेका थिए ।

५२ जना शेयर सदस्यहरुबाट १४ लाख ४५ हजार ५०० रुपैया शेयर पुँजी रहेको छ । जगेडा कोष २ लाख ३५ हजार ७९० रुपैया, लगानी ६१ लाख ४५ हजार २६४ रुपैया र बचत ५६ लाख २७ हजार २८९ रुपैया रहेको छ । आर्थिक बर्ष २०७४/७५ मा कुल कारोवार ७८ लाख, १७ हजार ५६१ रुपैया रहेको छ ।
प्रगति प्रतिवेदन सचिव प्रकाश सुवेदी, आर्थिक प्रतिवेदन कोषाध्यक्ष कमला सुवेदीले शेयर सदस्यमाझ प्रस्तुत गरेका थिए । अध्यक्ष मुक्तिनाथ शर्माको अध्यक्षता, उपाध्यक्ष गोपालप्रसाद शर्माको स्वागत मन्तव्य, सचिव शर्माको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।