अन्नपुर्ण क्षेत्रमा पर्यटन पूर्वाधारको विकास गर्न सांसद थापा समक्ष स्थानीयको माग

सन्दिप शर्मा/म्याग्दी
असोज २८ गते । DSC09500प्रतिनिधिसभाका सांसद भुपेन्द्रबहादुर थापालाई अन्नपुर्ण गाउपालिका बासिन्दाले पर्यटन पुर्वधारको विकास गर्न माग गरेका छन् । अन्नपुर्ण गाउँपालिकामा भएका विभिन्न पर्यटकीय स्थानहरुको अवलोकन भ्रमण क्रममा जानु भएका थापालाई अन्नपुर्ण बासीहरुले सञ्चालनमा रहेका सामुदायिक लजमा खानेपानीको समस्या भएको र पर्यटकहरु हिड्ने पदमार्ग तथा मोटरबाटो सुधारका लागि माग राखेका छन् ।

अन्नपुर्ण गाउँपालिका–८ मा रहेको नागि, राम्चे, मोहरे डाडा तथा पर्वतको जलजला गाउँपालिका ५ को पर्यटकीय स्थान फलामे डाडाँ, लोप्रे, जलजला लगाएत का पर्यटकीय स्थानहरुमा ब्यवस्थित पदमार्ग नहुदाँ समस्या सिर्जना भएको बताउँदै छिमेकी जिल्ला पर्वत सँग समन्वय गरि पदमार्ग तथा मोटरबाटो विकास गर्नका लागि माग राखेका छन् ।
सांसद थापाले अन्नपुर्ण गाउपालिकाको केन्द्र पोखरे बगर देखि नागि जोड्ने मोटर बाटोलाई ५० लाख रुपैयाँ प्रदेश सरकारले विनियोजन गरेको बताउँदै थप नपुगेको रकम संघिय सरकार बाट विनीयोजित गराउने बताउनुभयो ।DSC09508उहाँले नागी देखि राम्चे जोड्ने झोलुङ्गे फुल निमार्ण गर्नका लागि आफुले संघ सरकारमा सिफारीस गरेको बताउँदै छिट्टै नै झोलुङ्गे पुल को सर्वेको लागि आउने बताउनु भयो ।

उहाँले पर्यटन पदमार्ग निमार्ण तथा मर्मतका लागि पनि भौतिक पुर्वधार योजना विकास तथा साझेदारी कार्यक्रम मार्फत जिल्लामा भएका सांसदहरुले विनीयोजन गर्ने ४ करोड रुपैयाँ वितरण गर्ने बेलामा पनि पर्यटन पदमार्ग तथा मोटर बाटो निमार्ण तथा मर्मतका लागि थप रकम छुट्याउने बताउनुभयो ।

म्याग्दी जिल्लामा ८ हजार मिटर भन्दा बढी अग्लो धौलागिरी हिमाल तथा गुर्जा लगाएतका हिमालहरु रहेको तर प्रचारप्रसार र पुर्वाधार अभावका कारणले पर्यटकहरु धेरै मात्रामा भित्र्याउन नसकेको भन्दै उहाँले आफुले पर्यटकीय क्षेत्रको पुर्वधार विकास तथा प्रचार प्रसारमा जोड गरेको बताउनु भयो । भ्रमणका क्रममा उहाँले स्थानिय सँग कुराकानी गर्दै भन्नु भयो म्याग्दी जिल्ला लाई हिमाली जिल्ला बनाउनका लागि मैले सरकारलाई पटक पटक ध्यानआकर्षण गराएको छु, सरकार पनि त्यस विषयमा अध्ययन गरि राखेको छ । DSC09540अवलोकन भ्रमणका क्रममा थापा सँगै रहनु भएका म्याग्दी जिल्ला समवन्य समितीका प्रमुख देवेन्द्रबहादुर केसीले म्याग्दी जिल्लाका थुपै्र क्षेत्रहरुले पर्यटकको सम्भावना बोकेको बताउँदै यसको पुर्वधार विकास गर्नुपर्ने बताउनुभयो । भ्रमणकै क्रममा थापाले अन्नपुर्ण गाउँपालिका ८ राम्चे तथा नागिका स्थानियले नागि तथा मोहरे डाडामा सञ्चालन गरेको सामुदायिक लज को पनि अवलोकन गर्नु भएको थियो ।DSC09502

समुन्द्री सतह देखि ३३ सय १३ मिटर अग्लो स्थानमा रहेको मोहरे डाडा बाट धौलागिरि, अन्नपुर्ण, निलगिरि, गणेश, गुर्जा लागायतको सुन्दर हिमालहरु देखिन्छ । त्यस्तै कास्की जिल्लामा रहेको सुन्दर तथा चिटिक्क परेको माछापुच्छ्रे हिमालको साथै त्यसको काखमा रहेको फेवाताल पनि हेर्न सकिन्छ ।