पुराना मठमन्दिरको संरक्षण गरेर धार्मिक पर्यटन प्रवद्र्धन गरौं ः मन्त्री अधिकारी

विकल्प न्यूज/जलजला
असोज २५ गते ।  DSC_0365उत्ररी पर्वतको जलजला गाउँपालिका–३ मा मल्लाजमा एक समाजसेवीले ब्यक्तिगत लगानीमा ऐतिहासिक मल्लाज कोत मन्दिरको पुनः निर्माण गर्नुभएको छ । १२ औं शताब्दीमा निर्मित कोत भगवती मन्दिरको पुननिर्माण तथा संरक्षणमा मल्लाज स्थायी घरभई हाल काठमाण्डौको ताहचल बस्ने शिवकुमार श्रेष्ठले स्वर्गीय मातापिता बाबुलाल र बालकुमारी श्रेष्ठको स्मृतिमा करिव ३५ लाखको लागतमा मन्दिरको पुनः निर्माण गर्नुभएको हो । DSC_0363बिहिबार एक कार्यक्रमका बीच नवनिर्मित मन्दिर तथा भौतिक संरचनाको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारी र चन्दादाता श्रेष्ठले संयुक्त रुपमा उद्घाटन गर्नुभयो । बाइसेचौबिसे राज्यका पालामा निर्मित कोत मन्दिर जिल्लाकै पुरानो भएपछि संरक्षणका सरकारी बजेटले प्राथमिकता नपाएपछि स्थानीयको सक्रियतामा १ करोड २० लाख रुपियाँ लगानीमा विभिन्न पूर्वाधार निर्माण गरिएको थियो । DSC_0357धार्मिक पर्यटकीय गन्तव्यस्थलका रुपमा विकास गर्ने स्थानीयले बनाएको गुरुयोजना अनुसार मन्दिरका साथै पदमार्ग, बाघको शालिक, देवी भुमेथान, प्रवचन सत्तल भवन लगाएतका संरचना समेत बनाइएको मल्लाज कोत निर्माण समितिका अध्यक्ष क्याप्टेन टेक बहादुर जिसीले बताउनुभयो । DSC_0358विसं २०७२ मंसिर २५ देखि पुुुस ५ गतेसम्म सञ्चालित श्रीमद्भागवत तथा धनधान्याञ्चल विश्व शान्ति ज्ञान महायज्ञमार्फत संकलित रकमबाट मन्दिरको पुनः निर्माण, पूजास्थल निर्माण, भवन निर्माण, खेलमैदान विस्तार गरी प्याराफिट निर्माण गरिएको मल्लाज कोत मन्दिर ब्यवस्थापन समितिले जनाएको छ । साविकका पाँचवटा गाविसको एउटै कोत मन्दिर तत्कालीन मल्लाज राज्यका राजाले पूजाआजाका लागि निर्माण गरिएको थियो । महायज्ञमा घोषित रकम थप सहयोग उठ्न बाँकी रहेकाले पनि थप पूर्वाधार विस्तारमा समस्या भएको बताइएको थियो । DSC_0356हरेक वर्षको रामनवमी र बडा दशैँको समयमा पूजाआजा हुने उक्त कोत मन्दिरको दर्शन तथा पूजाआजा गरेमा मनोकामना पुरा गर्ने जनविश्वासले जिल्ला बाहिर बसोबास गर्ने मल्लाजबासी समेत पुजा गर्न आउने गरेका छन् । उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि पर्यटनमन्त्री अधिकारीले धार्मिक तथा पूर्वाधार विस्तारमा प्राथमिकतामा राखेर बजेट विनियोजन गर्ने बताउनुभयो । मन्दिर सहित पूर्वाधारको उद्घाटन कार्यक्रममा बोल्दै पर्वतका प्रतिनिधिसभा सदस्य पदम गिरीले धार्मिक पर्यटनको प्रचुर सम्भावना रहेको मल्लाज क्षेत्रको विकासलाई प्राथमिकता दिने बताउनुभयो । DSC_0351सोही अवसरम भुपु सांसद अर्जुन प्रसाद जोशी, जलजला गाउँपालिका अध्यक्ष रामकृष्ण मल्ल, वडा अध्यक्ष देबेन्द्रबहादुर भण्डारी लगाएतले कोतमन्दिरलाई धार्मिक विश्वास, ऐतिहासिकस्थल, मल्लाज दरबार र म्याग्दी सदरमुकाम बेनीलाई जोडेर प्रचारप्रसार गर्नुपर्ने बताएका थिए । बेनी हुदै मल्लाज सम्मको पदमार्गको प्रयोग म्याग्दीको अन्नपूर्ण गाउँपालिका नागी हँुदै विश्वकै चर्चित पर्यटकीयस्थल घोरेपानीसम्म पुग्ने पदमार्गमा पर्यटकलाई आर्कषित गर्न सक्ने गरी गुरुयोजना बनाउनुपर्ने बताएका थिए । DSC_0350मल्लाजमै रहेको ऐतिहासिक मल्लकालीन दरबारको पुनः निर्माणसंगै रिर्सोट बनाइएको छ । मल्लाजबाट म्याग्दीको सदरमुकाम बेनी, धार्मिकस्थल गलेश्वर मन्दिर, पुलाआश्रमका साथै धौलागिरि हिमालको दृश्यावलोकन पनि गर्न सकिन्छ । कार्यक्रममा सरण कर्माचार्यले कोत मन्दिरको एतिहाँसिक विषयमा जानकारी गराएका थिए । कोतमन्दिर पुननिर्माण समितिका अध्यक्ष क्या टेकवहादुर जिसीको अध्यक्षता सचिव बावुराम कार्कीको सञ्चालन र सहसचिव डम्बर वहादुर घर्ती क्षेत्रको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।DSC_0348DSC_0334DSC_0330