गुर्जा हिमाल अपडेट – उद्धारको प्रयास भइरहेको छ ः प्रजिअ

विकल्प न्यूज /बेनी
असोज २७ गते ।DSC_0893 म्याग्दीको धौलागिरि गाउँपालिका–१ गुर्जामा रहेको गुर्जा हिमाल आरोहणका लागि आधार शिविर पुगेका ९ जना मध्ये ८ जनाको मृत्यु भएको छ । गुर्जा हिमालको आधार शिविरमा पुगेका ५ जना कोरियन र ४ जना नेपाली टोलीमध्ये ८ जनाको सब शनिवार विहान भेटिएको हो । हिमालको आधार शिविरमा पुगेर बास बसेका आरोही टोली हावाहुरी र हिमपहिरोको दुर्घटनामा परेको हुनसक्ने धौलागिरि गाउँपालिका–१ गुर्जाका वडा अध्यक्ष झक बहादुर छन्त्यालले बताउनुभयो । सिम्रीक एयरको हेलीक्याप्टेर मार्फत गुर्जा हिमालको आधार शिविरमा पुगेको टोलीले यत्रतत्र शवहरु छरिएको देखेको प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले बताउनुभयो ।

आधार शिविरमा उनीहरुको सब अप्ठ्यारो ठाउँमा रहेकाले निकाल्न समस्या भएको वडा अध्यक्ष छन्त्यालले बताउनुभयो । उद्धारको लागि पुगेको हेलिकप्टर समेत उद्धारमा कठिनाई देखिएपछि फर्किएको र थप स्रोत र साधन लिएर पुन उद्धारमा जाने तयारी प्रजिअ अधिकारीले बताउनुभयो । DSC_0893असोज २१ गते सात हजार १९३ मिटर उचाईको गुर्जा हिमाल आरोहणको लागि दक्षिण कोरियाका नागरिक किम चङ होको नेतृत्वमा ४ कोरियन र ३ जना नेपाली टोली आधार शिविरमा पुगेका थिए ।

सो टोलीलाई भेट्न २४ गते एक नेपाली र एक कोरियन नागरिक आधार शिविरमा पुगेका थिए । आरोही टोलीलाई भेट्न गएको टोली निर्धारित समयमा नफर्किएको र सञ्चार सम्पर्क समेत विच्छेद भएपछि गुर्जाबाट खोजीको लागी गएका स्थानीयको टोलीले उनीहरु मृत अबस्थामा भेटीएको पुष्टी गरेको वडा अध्यक्ष छन्त्यालले जानकारी दिनुभयो ।

प्रहरी नायब उपरिक्षक बिरबहादुर बुढामगरले आधार शिविरमा पर्यटकहरुको सब भेटीएको गुर्जाका स्थानीयबाट खबर आएपछि उद्धारको लागि पुगेको हेलीकप्टर आधार शिविरमा बस्न नसकेर फर्किएको जानकारी दिनुभयो ।

हेलीकप्टरबाट ८ जनाको सब जस्तो देखिएको खवर आएपनि उद्धारमा कठिनाई भएकाले विस्तृत विवतरण आउँन बाँकी रहेको उहाँले जानकारी दिनुभयो । पर्यटन विभागबाट ६० दिनभित्र हिमाल आरोहणको अनुमती पाएका टोलीले गुर्जा हिमालको दक्षिणी मोहोडाबाट हिमाल आरोहण गर्ने गरि आधार शिविरतर्फ लागेको थियो ।