म्याग्दी समाचार

जलजलाको सहस्रकमायमा शिवपुराण हुने

विकल्प न्यूज/बेनी कार्तिक १५ गते । चन्द्रेश्वर शिवालय मन्दिर लेखफाट पर्वतमा शिव पुराण ज्ञान महायज्ञ हुने भएको छ । जलजला गाउ पालिका वडा नम्बर ५ साविक लेखफाट गाविस वडा नम्बर ६ सहस्रकमायमा अवस्थित शिव मन्दिरमा आगामी पुष २ गते देखि १२ गते सम्म महायज्ञ संचालन हुने भएको हो । पौराणिक कालंजर पर्वत श्रीपुलेक स्वर्गद्वारी आश्रम प्युठान […]

सुआहारा कार्यक्रमको समीक्षा तथा सरोकारवालाबीच छलफल

प्रताप बानियाँ /विकल्प न्यूज म्याग्दी, कात्तिक १३ । म्याग्दीमा सञ्चालित सुआहारा कार्यक्रमको मङ्गलबार सदरमुकाम बेनीमा समीक्षा तथा सरोकारवालाहरुबीच अन्तत्र्रिmया र छलफल सम्पन्न भएको छ । मिलन म्याग्दीको साझेदारीमा सञ्चालनमा रहेको सुआहारा कार्यक्रमको गत वर्षको समीक्षा गर्नुका साथै चालु वर्षको कार्यक्रमका विषयमा अन्तत्र्रिmया गरिएको हो । जिल्ला समन्वय समितिको कार्यालय म्याग्दीको आयोजनामा जिल्लास्तरीय परियोजना सल्लाहकार समितिको […]

गुर्जाको गुस्तुङ साउथ हिमालको सफल आरोहण

विकल्प न्यूज/बेनी कार्तिक १३ गते । म्याग्दीको धौलागिरी गाउँपालिका १ गुर्जामा रहेको गुस्तुङ साउथ हिमालको फ्रेन्च टोलीले सफल आरोण गरेका छन् । ६ जना फ्रेन्च र ३ जना नेपाली गरी नौजनाको टोलीले ७ हजार मिटर भन्दा अग्लो गुस्तुङ हिमालको सफल आरोहण गरेको गुर्जाका वडाअध्यक्ष झकवहादुर छन्त्यालले जानकारी दिनुभयो । हिमाल आरोहण गरेर खुसि हुँदै टोली […]

बासखर्कमा खेल मैदान निर्माण

विकल्प न्यूज/बेनी कार्तिक १२ गते । पर्वतको उत्तरी जलजला गाउँपालिका १ वासखर्कमा खेलकुद मैदान निर्माण गरिएको छ । वडाबाट विनियोजन भएको ८ लाख रुपियाँ र स्थानीयहरुको श्रमदान तथा सहयोगबाट भलिबल,वास्केटबल मैदान निर्माण गरिएको हो । सोमवार एक कार्यक्रमको आयोजना गरी खेलकुद मैदानको उद्घाटन गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि चन्दा दाता तेजवहादुर फगामीले खेलमैदानको उदघाटन गर्नुभएको […]

मंगलामा व्यावसायिक तरकारी खेतीको अनुगमन

प्रताप बानियाँ /विकल्प न्यूज म्याग्दी, कात्तिक १२ । म्याग्दीको मंगला गाउँपालिका अन्तर्गत विभिन्न वडामा व्यावसायिक तरकारी खेतीको अनुगमन भएको छ । राष्ट्रिय कृषि अनुसन्धान तथा विकास कोष (नाडेप)को आर्थिक सहयोग, सोडेक नेपाल पर्वतको आयोजना र गाउँपालिकाको समन्वयमा सञ्चालित परियोजनामार्फत लगाइएको तरकारी खेतीको स्थलगत अनुगमन गरिएको हो । मंगलाको कुहुँ, भर्जुला र सल्यानमा परियोजनाको सहयोगमा कृषकले गरेको […]

सुरेशको उपचारका लागि मोना नागोया जापानबाट ६८ हजार सहयोग

विकल्प न्यूज/बेनी बेनी १२ कात्तिक । मंगला गाउँपालिका ५ नेटाका मृगौलापीडित सुरेश छन्त्यालको उपचारका लागि सोमबार ६८ हजार रुपैयाँ आर्थिक सहयोग सोमबार प्राप्त भएको छ । म्याग्दी प्रवासी नेपाली संघ( मोना) क्षेत्रीय समिति नागोया जापानबाट सो सहयोग प्राप्त भएको हो । मोना नागोया जापानबाट संकलित रकम मोना क्षत्रीय समिति जापानका सदस्य पुर्ण पुर्जाद्धारा ओमकुमारी शान्तिकोषका […]

म्याग्दीका ग्रामीण भेगमा पहेलपुर धानबाली (फोटोफिचर)

विकल्प न्यूज/बेनी कार्तिक १२ गते ।म्याग्दी जिल्लाको ग्रामीण भेगका किसानहरुलाई वर्षेबाली अन्तर्गतको धानबाली भिœयाउन भ्याइनभ्याई सुरु भएको छ । ‘मानो खाएर मुरी उब्जाउने’ समयमा आफ्नो खेतमा रोपको धानबाली भिœयाउने चटारोमा किसानहरु लागिपरेका छन् । खेतका गह्राभरी पाकेको पहेंलपुर मुख्य धानबाली भिœयाउने काममा किसानहरु व्यस्त देखिएका छन् । नेपालीहरुको महान् पर्व दशैंको शुरुआतदेखि नै किसानहरुले बाली भिœयाउन […]

गण्डकी प्रदेशमा कृषिका चार सय नमूना फार्म

१२ कात्तिक, कास्की । किसानलाई कृषि पेशामा आत्मनिर्भर बनाउँदै व्यावसायिक र उद्यमी बनाउने उद्देश्यले गण्डकी प्रदेशमा ४०० नमूना फार्म स्थापना गरिने भएको छ । प्रदेश सरकारको वार्षिक नीति तथा कार्यक्रममा समावेश भएबमोजिम कृषि, पशुपंक्षी तथा माछापालनको नमूना फार्म स्थापनाका लागि भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले सरोकारवालासँग परियोजना प्रस्ताव आह्वान गरेको छ । नमूना फार्म स्थापना […]

धौलागिरीको काखमा सुविधा सम्पन्न रिसोर्ट (फोटोफिचर)

ठाकुरप्रसाद आचार्य/विकल्प न्यूज टोड्के,कार्तिक १२ गते । म्याग्दीको आकर्षक पर्यटकीय स्थल टोड्केमा पर्यटकलाई लक्षीत गर्दै सुविधा सम्पन्न रिसोर्ट बन्न लागेको छ । पछिल्लो समय पर्यटकीय गन्तव्यका रुपमा विकास हुन लागेको टोड्केको पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउनका लागि टोड्के हिल रिसोर्ट प्रालिले करिव ३ करोड रुपियाँ लागतमा रिसोर्ट बनाउन लागेको हो । कम्पनी मोडेलमा निर्माण हुन लागेको रिसोर्टमा […]

तरुण दलले बालगृहका बालबालिकालाई खाद्यान्न सहित नगद सहयोग

विकल्प न्यूज/बेनी कार्तिक १० गते । नेपाल तरुण दलको ६५ औं स्थापना दिवसको अवसरमा तरुण दल म्याग्दीले बालगृहका बालबालिकालाई खाद्यान्न सहित नगद सहयोग गरेको छ । स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बालगृहका बालबालिकालाई कार्यक्रममा नेपाली कांग्रेस म्याग्दीका सभापति खम बहादुर गर्बुजा ‘खम्बीर’ पुर्व सांसद रेशम बहादुर बानियाँ, उपसभापति माधवप्रसाद रेग्मी,बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठ लगाएतले […]

रघुगंगा गाउँपालिकामा उपभोक्ता समितिलाई प्रशिक्षण

अनिल पौडेल /विकल्प न्यूज कार्तिक १० गते । स्थानीय तहमा हुने विकास निर्माणका योजनालाई गुणस्तरीय र प्रभावकारी बनाउन उपभोक्ता समिति सचेत हुनुपर्ने म्याग्दीको रघुगंगा गाउँपालिका–५ झिँ मा आयोजित कार्यक्रममा बोल्ने बक्ताले जोड दिएका छन् । विकास निर्माणका गतिविधिमा समुदायको सक्रिय सहभागिताले समयमै योजना सम्पन्न हुनुका साथै अनियमितता रोक्न सकिने बताइएको थियो । योजनामा समुदायको सहज […]

प्रवासी पर्वतेलीको सहयोगमा लस्तीका बाढीपीडितलाई घर निर्माण

विकल्प न्यूज/लस्ती कार्तिक ९ गते ।  रोजगारीको शिलशिलामा नेदरल्यान्डमा रहेका पर्वतेलीको सहयोगमा जलजला गाउपालिका ७ धाईरिङ लस्तीका पहिरो पीडितका लागि घर निर्माण गरिएको छ । गत साउन १ गते रातीको वर्षतका कारण पहिरोले क्षेति पु¥याएर विस्थापित जलजला गाउपालिका ७ लस्तीकी लक्ष्मी शर्माको घर निर्माण गरी हस्तान्त्रण गरीएको हो । धाईरिङ वास्वोट घर भई रोजगारीको शिलशिलामा […]

सोलारले दुर्गम चेचुङ गाउँ झिलिमिली

विकल्प न्यूज/बेनी कार्तिक ८ गते । म्याग्दीको धौलागिरि गाउँपालिका ४ मुदीको दुर्गम चेचुङ गाउँमा सोलार(सौर्यउर्जा) जडान गरिएपछि गाउँ भिलिमिली भएको छ । अमेरिकी संस्था फाईर गिभको २० लाख रुपियाँ आर्थिक सहयोगमा सोलार प्यानलबाट ६ किलोवाट विजुली उत्पादन गरी २० घरमा वितरण गरिएपछि गाउँ झिलिमिली बनेको हो । बुधवार धौलागिरी गाउँपालिकाकी अध्यक्ष थमसरा पुन र अमेरिकी […]

खोप्रामा पर्यटकको चहलपहल वढ्यो(फोटोफिचर)

ठाकुरप्रसाद आचार्य/विकल्प न्यूज खोप्रा,कार्तिक ८ गते ।        म्याग्दीको अन्पूर्ण गाउँपालिका ५ पाउद्धारको टुप्पोमा रहेको खोप्रालेकमा पर्यटकको चहलपहल वढेको छ । पर्यटन सिजन सुरु भएलगत्तै खोप्रालेकमा आउने आन्तरिक एवम् वाह् पर्यटकको संख्यामा वृद्धि भएको हो । आकर्षक पर्यटकीय गन्तव्यका रुपमा देशविदेशमा खोप्रालेकले चर्चा पाउन थालेपछि यहाँको भ्रमणमा आउने पर्यटको संख्या बढ्न थालेको छ । खोप्रालेकबाट […]

स्वर्गीय पौडेलको जिवनगाथा ‘स्मृतिग्रन्थ’ बिमोचन

विकल्प न्यूज/बेनी कार्तिक ८ गते । म्याग्दीका अग्रज कवि तथा पण्डित स्व. प्रेमप्रकास पौडेलको बार्षिकीको अवसरमा ‘स्मृतिग्रन्थ’ स्मारिका विमोचन गरिएको छ । स्वर्गीय पौडेलको जिवनगाथालाई समेटेर उनका छोराहरु गोविन्द, मनोज र ठाकुर पौडेलको घरपरिवारले स्मृतिग्रन्थ स्मारिका प्रकाशन गर्नुभएको हो । स्वर्गीय पौडेलको प्रथम पृति कार्यको दिनमा बुधवार स्मृतिग्रन्थको बेनी स्थित कुरिलाखर्कमा आयोजित एक कार्यक्रममा हिन्दु […]