ताजा समाचार:
Search

बासखर्कमा खेल मैदान निर्माण

विकल्प न्यूज/बेनी
कार्तिक १२ गते । 44943659_327189681165574_2061294679550328832_nपर्वतको उत्तरी जलजला गाउँपालिका १ वासखर्कमा खेलकुद मैदान निर्माण गरिएको छ । वडाबाट विनियोजन भएको ८ लाख रुपियाँ र स्थानीयहरुको श्रमदान तथा सहयोगबाट भलिबल,वास्केटबल मैदान निर्माण गरिएको हो ।

सोमवार एक कार्यक्रमको आयोजना गरी खेलकुद मैदानको उद्घाटन गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि चन्दा दाता तेजवहादुर फगामीले खेलमैदानको उदघाटन गर्नुभएको हो । चन्दा दाता फगामीले खेलकुद मैदान निर्माणका लागि ६० हजार र उहाँको भाई तिर्थवहादुर फगामीले पचास हजार सहयोग गर्नुभएको छ । 44944720_2119140695003262_6760055640871141376_nकार्यक्रम वराहिनी खेलमैदान उपभोक्ता समितिका अध्यक्ष शिव वहादुर पाइजाको अध्यक्षता,सञ्चालन वुद्धि वहादुर पुर्जा र यामवहादुर पुनको स्वागतमा सम्पन्न कार्यक्रममा वडाअध्यक्ष तुलसीराम रेग्मीले खेलकुद मैदान निर्माण भएपछि खेलकुदको विकास र गाउँमा सुन्तला महोत्सव गर्नका लागि उपयुक्त स्थान निर्माण भएको बताउनुभयो ।
कार्यक्रमा नेपाली काँग्रेसका सभापति शेरवहादुर खत्री,वडा सदस्यहरु भिम वहादुर खत्री, ज्योती मण्ड प्राविका प्रधानाध्यापक मेख वहादुर खत्री लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।