रघुगंगा गाउँपालिकामा उपभोक्ता समितिलाई प्रशिक्षण

अनिल पौडेल /विकल्प न्यूज
कार्तिक १० गते । IMG_6600स्थानीय तहमा हुने विकास निर्माणका योजनालाई गुणस्तरीय र प्रभावकारी बनाउन उपभोक्ता समिति सचेत हुनुपर्ने म्याग्दीको रघुगंगा गाउँपालिका–५ झिँ मा आयोजित कार्यक्रममा बोल्ने बक्ताले जोड दिएका छन् । विकास निर्माणका गतिविधिमा समुदायको सक्रिय सहभागिताले समयमै योजना सम्पन्न हुनुका साथै अनियमितता रोक्न सकिने बताइएको थियो ।

योजनामा समुदायको सहज पहुँच बढाउन तथा योजना सम्झौता, उपभोक्ता समिति गठन, योजना निर्माणलाई प्रभावकारी बनाउन गाउँपालिकाले सुरू गरेको योजना सञ्चालन तथा ब्यवस्थापन सम्बन्धि अनुशिक्षण कार्यक्रको उद्घाटन गदैं गाउँपालिका अध्यक्ष भव बहादुर भण्डारीले उपभोक्ताको सक्रियत सहभागितामा सम्पन्न हुने योजना दिगो हुने भएकाले गाउँलेको सहभागितामा प्रशिक्षण कार्यक्रम सुरु गरिएको बताउनुभयो । उहाँले गाउँपालिका भित्रका योजनालाई आफु अनुकुलको काम गर्ने गरी डमी उपभोक्ता समिति बनाएर काम गर्न नदिने बताउनुभयो ।

‘गाउँपालिका भित्रका सबै योजनाका समुदायको पहुँच हुन्छ,‘समुदायको हित विपरितको काम गर्न दिने छैनौ’ अध्यक्ष भण्डारीले भन्नुभयो । प्रशिक्षण कार्यक्रममा अध्यक्ष भण्डारीले गाउँलेको सहभागितामा प्राथमिकतामा परेका योजनाहरुमा गाउँलेकै अधिकार हुने भएकाले पनि नियमित अनुगमन तथा कमीकमजोरीलाई जानकारी गराउन समेत अनुरोध गर्नुभएको थियो ।

गाउँपालिकाभित्रका सबै वडा तथा बस्तीका योजनाको पहिचान, सञ्चालनका साथै समुदायको जिम्मेबारी विषयमा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने बताउनुभयो । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत रमेश थापा, योजना अधिकृत दयाराम पौडेल, लेखापाल त्रिविक्रम शर्मा, सब इन्जिनियर कमल चोखाल, योगेन्द्र बानियाँले प्रशिक्षण दिनुभएको थियो ।

अनुशिक्षण कार्यक्रममा गाउँपालिका सदस्य रिती थजाली, धनमायाँ घताने लगाएतको उपस्थिती रहेको थियो । वडा अध्यक्ष मन बहादुर शेरपुञ्जाको अध्यक्षता, प्रमुख प्रशासकीय अधिकृत रमेश थापाको स्वागतमा सम्पन्न भएको कार्यक्रममा सहभागिले जिज्ञासा राखेका थिए ।