तरुण दलले बालगृहका बालबालिकालाई खाद्यान्न सहित नगद सहयोग

विकल्प न्यूज/बेनी
कार्तिक १० गते । IMG_5701नेपाल तरुण दलको ६५ औं स्थापना दिवसको अवसरमा तरुण दल म्याग्दीले बालगृहका बालबालिकालाई खाद्यान्न सहित नगद सहयोग गरेको छ ।

स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बालगृहका बालबालिकालाई कार्यक्रममा नेपाली कांग्रेस म्याग्दीका सभापति खम बहादुर गर्बुजा ‘खम्बीर’ पुर्व सांसद रेशम बहादुर बानियाँ, उपसभापति माधवप्रसाद रेग्मी,बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठ लगाएतले नेपाल बाल संगठनमा आश्रित बालबालिकालाई ५ हजार बराबरको खाद्यान्न, शैक्षिक साम्रागी सहित नगद ६ हजार ५ सय हस्तान्तरण गरेका हुन् ।

स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रमुख अतिथि गर्बुजाले जिल्लाभित्र रहेका विपन्न परिवारका बालबालिकालाई सहयोग गर्ने अभियानलाई प्रभावकारी बनाउने गरी अगाडी बढ्नुपर्ने बताएका थिए ।
कार्यक्रममा उपसभापति माधव प्रसाद रेग्मीले तरुण दलले मानवीय तथा सामाजिक कार्यका साथै गलत क्रियाकलापको भण्डाफोर गर्नुपर्ने बताए । सहयोग हस्तान्तरण कार्यक्रममा संगठनका अध्यक्ष नेत्र बहादुर महतले बालगृहका बालबालिकालाई सहयोगबाट राहत मिलेको बताए । उनले जीर्ण अवस्थामा रहेको पुरानो भवन पुननिर्माणको आवश्यकता रहेकाल सहयोग गर्न अ

नुरोध गरे । सहयोग हस्तान्तरण कार्यक्रममा पार्टी सचिव क्याप्टेन मिन बहादुर कार्की, नेपाल बालसंगठनका पदाधिकारी लगाएतको उपस्थिती रहेको थियो । तरुण दल सभापति मुकुन्द छन्त्यालको अध्यक्षता र सचिव सुमन बानियाँको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा तरुण दलमा आवद्ध रहेका यूवाहरुले समेत आर्थिक सहयोग जुटाएका थिए ।