म्याग्दी समाचार
शिक्षक संघ बेनी नगरको सभापतिमा एकेन्द्र महत निर्वाचित
विकल्प न्यूज/बेनी फागुन २८ गते । नेपाल शिक्षक संघ बेनी नगरकार्यसमितिको अध्यक्षमा एकेन्द्र महत निर्विरोध निर्वाचित हुनुभएको छ । शुक्रबार नेपाली कांग्रेस म्याग्दीको कार्यालयमा सम्पन्न भएको शनिबार दोस्रो अधिवेशनबाट भानु माविका सहायक प्रअ महत सर्वसम्मतले अध्यक्षमा निर्वाचित हुनुभएको हो । उपाध्यक्ष दिलबहादुर महत, महिला उपाध्यक्ष रजनी शाही, सचिव सुरेन्द्रबहादुर केसी,अर्थ सचिव हरिप्रसाद ढुंगाना,सहःसचिव गोविन्द प्रसाद […]
म्याग्दी यातायाता कम्पनी प्रा.लीको नयाँ नेतृत्व चयन
विकल्प न्यूज/बेनी फागुन २८ गते । म्याग्दी यातायात व्यवसायी कम्पनी प्रा.ली को अध्यक्षमा लालबहादुर थापा (माइकल) चयन हुनुभएको छ । कम्पनीको शुक्रबार बेनीमा भएको प्रथम अधिवेशनले तदर्थ समितिका अध्यक्ष थापालाई नै अध्यक्षमा सर्वसम्मत नेतृत्व दिएको हो । समितिको सञ्चालकहरुमा सुमन श्रेष्ठ, जानबहादुर के.सी, कृष्णबहादुर घर्ति, चन्द्रबहादुर क्षेत्री, नायायण थापा र छत्रराज थापा चयन हुनुभएको हो […]
परिश्रमी रविना र सुष्मा होटलमा काम गर्दै पढ्दै
विकल्प न्यूज/बेनी फागुन २७ गते । म्याग्दीको मालिका गाउँपालिका ७ विम निबासी रबिना दर्जी अहिले म्याग्दी बहुमुखी क्याम्पसमा स्नातक तह प्रथम बर्षमा अध्ययनरत हुनुहुन्छ । त्यस्तै अन्नपूर्ण गाउँपालिका ५ शिखकी सुष्मा छिनालले पनि सोही क्याम्पसमा शिक्षा शास्त्र शंकायमा स्नातकतह प्रथम बर्षमा अध्ययन गर्दै हुनुहुन्छ । यी दुवै जना बिद्यार्थीको जिवन कथा भने फरक छ । […]
मावि बनाउन बगरफाँटबासी साढे १३ लाख जुटाए
विकल्प न्यूज/बेनी फागुन २७ गते । बेनी नगरपालिका–२ बगरफाँट स्थित सरस्वती आधारभूत विद्यालयमा मावि तहको कक्षा सञ्चालन गर्न समुदाय एकजुट भएका छन् । सदरमुकाम बेनीबजार नजिक रहेको विद्यालयलाई प्रविधिमैत्री बनाइ सिकाइलाई प्रभावकारी बनाउँदै निकट भविस्यमा मावि तहसम्मको कक्षा सञ्चालन गर्न सुरू गरिएको आर्थिक संकलन अभियानले तिब्रता पाएको छ । अधिकांस गरीब तथा विपन्न समुदायका बालबालिका […]
पत्रकार शर्माद्धारा छोरीको स्मृतिमा विद्यालयमा अक्षयकोष
विकल्प न्यूज/बेनी फागुन २७ गते । म्याग्दीको बेनी नगरपालिका वडा नं २ बगरफाँटको सरस्वति आधारभूत विद्यालयमा दिवङ्गत छोरीको स्मृतिमा पत्रकार धुब्रसागर शर्माले अक्षयकोष स्थापना गरेका छन् । क्यान्सरको उपचारको क्रममा निधन भएकी विनिता शर्माको स्मृतिमा पत्रकार शर्मा र धर्मपत्नी अम्बिका शर्माले शुक्रबार विब्यस अध्यक्ष चित्रबहादुर रिजाल,प्रधानाध्यापक छेमबहादुर पुनलाई नगद हस्तान्तरण गरेका हुन् । विद्यालयको स्तरोन्नति […]
नेकपा एमाले धौलागिरीको मुनामा कार्यालय उद्घाटन
विकल्प न्यूज\बेनी फागुन २६ गते । नेकपा एमाले धौलागिरी गाउँपालिका कमिटिले गाउँपालिकाको केन्द्र मुनामा कार्यालय संचालनमा ल्याएको छ । बिहिबार नेकपा एमालेका केन्द्रिय सदस्य तथा प्रतिनिधि सभा सदस्य भूपेन्द्र बहादुर थापाले कार्यालयको उद्घाटन गर्नुभएको हो । कार्यालय उद्घाटनकै अवसरमा पालिका कमिटिको पूर्ण वैठक पनि सम्पन्न भएको छ । कार्यालयको उद्घाटन एवं वैठकलाई सम्वोधन गर्दै थापाले धौलागिरी […]
मालिकामा दलित मुक्ति मोर्चा र अनेमसंघ क्रान्तिकारीको कमिटी गठन
विकल्प न्यूज\बेनी फागुन २६ गते । नेकपा माओवादी केन्द्र निकट नेपाल दलित मुक्ति मोर्चा र अनेमसंघ क्रान्तिकारीको मालिकामा पालिका स्तरीय कमिटी गठन गरिएको छ । विहिवार दरबाङमा भएको प्रथम भेलाले दलबहादुर खड्काथोकीको अध्यक्षतामा ४५ सदस्यीय दलित मुक्ति मोर्चा र भुमसरा रोकाको अध्यक्षतामा ३५ सदस्यीय अनेमसंघ क्रान्तिकारीको कमिटी गठन गरिएको हो । भेलामा नेकपा माओवादी केन्द्र […]
ठेकेदारले काम छाडेपछि पिप्ले–भगवती सडक कालोपत्रे योजना अलपत्र
विकल्प न्यूज\बेनी फागुन २६ गते । म्याग्दीको रघुगंगा गाउँपालिकाको गलेश्वर राहुघाट देखि पिप्ले–भगवती कालोपत्रे सडक अलपत्र परेको छ । गण्डकी प्रदेश सरकारको ‘एक निर्वाचन क्षेत्र, एक सडक आयोजना’ कार्यक्रम अन्तरगत पूर्वाधार विकास कार्यालयले सञ्चालन गरेको योजनामा निर्माण कम्पनी एपेक्स–खड्का कृष्ण जे.भीले बिचैमा काम छाडेपछि योजना अलपत्र परेको हो । निर्माण कम्पनीका साझेदारहरुबिच आर्थिक लेनदेनको बिषयमा […]
मंगला बन्यो कार्यसम्पादन मूल्याङ्कनमा जिल्लामा पहिलो
विकल्प न्यूज\बेनी फागुन २६ गते । म्याग्दीको मंगला गाउँपालिका कार्यसम्पादन मूल्याङ्कनमा जिल्लामै पहिलो भएको छ । राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोगले गरको कार्यसम्पादन मूल्याङ्कनमा जिल्लाका ६ वटा स्थानीय तह मध्य मंगला गाउँपालिका प्रथम बनेको हो । विभिन्न १७ वटा सूचकलाई आधार बनाई एक सय पूर्णाङ्कमा गरिएको मूल्याङ्कमा मंगला गाउँपालिकाले ६६ दशमलव ३५ अंक प्राप्त […]
बेनीका दुई युवाले खोले रिकन्डिसन हाउस
विकल्प न्यूज\बेनी फागुन २५ गते । बेनीबजारमा मोटरसाइकल मर्मतका लागि व्रदर्श सर्भेसिङ्ग सेन्टर एण्ड रिकन्डिसन हाउसको शुभारम्भ भएको छ । बेनी नगरपालिका ८ शिक्षामार्गमा हरेक कम्पनीका मोटरसाइकल मर्मत गरिने गरि बुधवारदेखि रिकन्डिसन हाउस संचालनमा ल्याईएको संचालक सन्तोष खत्रीले बताउनुभयो । उहाँका अनुसार अटो पार्टस सर्भेसिङ्ग र रिकन्डिसन एकै ठाउँमा हुने व्यवस्था रहेको छ । सवै […]
धाइरिङमा नेपाल उत्पीडित जातिय मुक्ति समाज गठन
विकल्प न्यूज\जलजला फागुन २५ गते । पर्वतको जलजला गाउँपालिका ७ धाइरिङमा नेपाल उत्पीडित जातिय मुक्ति समाजको वडास्तरीय कमिटी गठन भएको छ । मंगलबार धाइरिङ सल्यानमा भएको भेलाले मनबहादुर नेपालीको अध्यक्षतामा ११ सदस्यीय वडा कमिटी गठन गरेको हो । कमिटीको उपाध्यक्षमा धने दमाई,सचिव अमित परियार,उपसचिव कर्ण परियार,मिने परियार चयन हुनुभएको छ । यसैगरी सदस्यहरुमा चुलाविर दमाई,धनविर […]
नेपाल निजामती कर्मचारी संगठन म्याग्दीको अध्यक्षमा केसी
विकल्प न्यूज\बेनी फागुन २४ गते । नेपाल निजामती कर्मचारी संगठन म्याग्दीको अध्यक्षमा सोम बहादुर केसी निर्वाचित हुनुभएको छ । मंगलबार बेनीमा आयोजित संगठनको एघारौ जिल्ला अधिवेशनबाट केसीको अध्यक्षतामा २१ सदस्यीय जिल्ला समिति गठन भएको हो । संगठनको नवनिर्वाचित समितिको उपाध्यक्ष महिलामा तेज कुमारी थापा, उपाध्यक्ष खुल्लामा भोलानाथ आचार्य, सचिवमा सागर सुवेदी, सहसचिवमा कलादेवि रिजाल र […]
जलजला ७ धाइरिङमा अनेमसंघ गठन
विकल्प न्यूज\जलजला फागुन २४ गते । पर्वतको जलजला गाउँपालिका ७ धाइरिङमा अखिल नेपाल महिला संघको वडा कमिटी गठन गरिएको छ । मंगलबार धाइरिङ सल्यानमा सम्पन्न नेकपा एमाले समर्थीत महिलाहरुको भेलाले गंगा क्षेत्रीको अध्यक्षतामा २७ सदस्यीय अनेमसंघ वडा कमिटी गठन गरेको हो । कमिटीको उपाध्यक्षमा विना परियार,सचिव अस्मीता क्षेत्री,कोषाध्यक्ष रीता जिसी,उपसचिव साधना आचार्य र यामकुमारी नेपाली […]
मालिका गाउँपालिकामा आगो निभाउने क्रममा जलेर एक जनाको मृत्यु
विकल्प न्यूज\बेनी म्याग्दी ,२४ फागुन । म्याग्दीमा जंगलमा लागेको आगो निभाउने क्रममा जलेर एक जनाको मृत्यु भएको छ । जिल्लाको मालिका गाउँपालिका वडा नम्बर ५ स्थित भिरखर्क सामुदायीक जंगलमा लागेको लागेको आगो निभाउने क्रममा मंगलबार दिउँसो करिब तीन बजेको समयमा अन्दाजी २६ बर्षिय मबहादुर बोहराको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ […]
महिला दिवस ः नौमती बाजा सहित बेनीका महिलाहरुले निकाले ¥याली (फोटोफिचर)
ठाकुरप्रसाद आचार्य/म्याग्दी फागुन २४ गते । ११२ औं अन्तर्राष्ट्रय महिला दिवसका अवसरमा बेनीका महिलाहरुले मंगलबार नौमती बाजा सहित ¥याली निकालेका छन् । बेनी नगरपालिकाद्धारा आयोजित महिला दिवसका अवसरमा महिलाहरुले नौमती बाजा सहित बजारमा ¥याली निकालेका हुन । बाजामा नाच्दै गाउँदै महिलाहरुले बजार परिक्रमा गरेका थिए । ¥यालीमा विभिन्न संघसंस्थामा आवद्ध महिलाहरुको सहभागिता रहेको छ ।