बेनीका दुई युवाले खोले रिकन्डिसन हाउस

विकल्प न्यूज\बेनी
फागुन २५ गते ।


बेनीबजारमा मोटरसाइकल मर्मतका लागि व्रदर्श सर्भेसिङ्ग सेन्टर एण्ड रिकन्डिसन हाउसको शुभारम्भ भएको छ ।
बेनी नगरपालिका ८ शिक्षामार्गमा हरेक कम्पनीका मोटरसाइकल मर्मत गरिने गरि बुधवारदेखि रिकन्डिसन हाउस संचालनमा ल्याईएको संचालक सन्तोष खत्रीले बताउनुभयो । उहाँका अनुसार अटो पार्टस सर्भेसिङ्ग र रिकन्डिसन एकै ठाउँमा हुने व्यवस्था रहेको छ ।

सवै कम्पनीका मोटर साइकलको पार्टपूर्जा उपलव्ध भएकाले दक्ष मिस्त्रीबाट गुणस्तरी सेवा प्रदान गरिने संचालक खत्रीले बताउनुभयो । व्यवसायका लागि संरचना तयार गर्ने, आवश्यकता अनुसारका मेसिन तथा पार्टपूर्जा खरिद लगाएतमा करिव विस लाख लगानी भएको अर्का संचालक सूर्य खत्रीले बताउनुभयो ।

उहाँ हाल नेपाल बिद्युत प्राधिकरण म्याग्दी बितरण केन्द्रमा कार्यरत हुनुहुन्छ । सामाजिक कार्यहरुमा समेत सक्रिय खत्रीले आफुहरुले सुरुवात गरेको नयाँ व्यवसायमा सवैको साथ सहयोग मिल्ने अपेक्षा व्यक्त गर्नुभयो ।

पछिल्लो समय युवाहरु वैदेशिक रोजगारमा जाने पद्दतिलाई चिर्दै सन्तोषले विदेश जाने लगानीले स्वदेशमै व्यवसाय सुरु गरेको बताउनुभयो । अर्काको देशमा वगाउने पसिना यहि बगाउँछु खत्रीले भन्नुभयो, “मेहनत र परिश्रम गरे कसो सफल नभइएला र”।

बेनी नगरपालिका ६ अर्थुङ्गे निवासी बिज्ञान बिषयमा स्नातक तह उर्तिर्ण गर्नुभएका खत्रीले शिक्षकको जागिर छोडेर व्यवसाय सुरु गर्नुभएको हो । विगत पाँच बर्षदेखि पर्वत बेनीको न्यू होराईजन वोर्डिङ्ग स्कुलमा अध्यापन गराईरहनुभएका खत्रीले आफ्नै काम गर्ने सोचका साथ व्यवसाय थालनी गर्नुभएको हो । संचालन खत्री द्वयले आगामी दिनमा लगानी वृद्धि गर्दै व्यवसायलाई बिस्तार गर्दै जाने योजना बनाउनुभएको छ ।