धाइरिङमा नेपाल उत्पीडित जातिय मुक्ति समाज गठन

विकल्प न्यूज\जलजला
फागुन २५ गते ।

पर्वतको जलजला गाउँपालिका ७ धाइरिङमा नेपाल उत्पीडित जातिय मुक्ति समाजको वडास्तरीय कमिटी गठन भएको छ । मंगलबार धाइरिङ सल्यानमा भएको भेलाले मनबहादुर नेपालीको अध्यक्षतामा ११ सदस्यीय वडा कमिटी गठन गरेको हो ।
कमिटीको उपाध्यक्षमा धने दमाई,सचिव अमित परियार,उपसचिव कर्ण परियार,मिने परियार चयन हुनुभएको छ । यसैगरी सदस्यहरुमा चुलाविर दमाई,धनविर दमाई,सेतु दमाई,पवित्रा परियार,कमला दर्जी र शान्ती दर्जी चयन भएको सचिव अमित परियारले जानकारी दिनुभयो ।

भेलामा नेकपा एमाले जलजला गाउँपालिका कमिटीका अध्यक्ष लालबहादुर अधिकारीले आफ्नो हकअधिकारका लागि दलितहरु संगठीत हुनुपर्ने बताउनुभयो ।

समाजमा रहेको रुढीवादी प्रम्परा जातीय छुवाछुतको अन्तका लागि स्थानीय सरकार देखि प्रदेश, केन्द्र सरकार सम्म नेकपा ऐमालेलाई विजयी बनाउनपर्ने उहाँको भनाई थियो । दलित अधिकारलाई स्थपित गर्न नेपाल जातिय उत्पीडित मुक्ति समाजले शसक्त आन्दोलन गर्दै आएको उहाँले बताउनुभयो । भेलामा नेकपा एमालेका जिल्ला,पालिका र वडा तहका नेताहरुको सहभागिता रहेको थियो ।

आगमी दिनमा धाइरिङमा मुक्ति समाजलाई बलियो संगठनका रुपमा अगाडि बढाउने नवनिर्वाचित अध्यक्ष मनबहादुर नेपालीले बताउनुभयो । दुईहप्ता अघिमा मात्र धाइरिङमा नेपालीकै नेतृत्वमा २५ जना दलित अगुवाहरु माओवादी केन्द्र छाडेर एमालेमा प्रवेश गरेका थिए ।