जलजला ७ धाइरिङमा अनेमसंघ गठन

विकल्प न्यूज\जलजला
फागुन २४ गते ।

पर्वतको जलजला गाउँपालिका ७ धाइरिङमा अखिल नेपाल महिला संघको वडा कमिटी गठन गरिएको छ । मंगलबार धाइरिङ सल्यानमा सम्पन्न नेकपा एमाले समर्थीत महिलाहरुको भेलाले गंगा क्षेत्रीको अध्यक्षतामा २७ सदस्यीय अनेमसंघ वडा कमिटी गठन गरेको हो ।

कमिटीको उपाध्यक्षमा विना परियार,सचिव अस्मीता क्षेत्री,कोषाध्यक्ष रीता जिसी,उपसचिव साधना आचार्य र यामकुमारी नेपाली चयन हुनुभएको छ । यस्तै गरी सदस्यहरुमा कमला आचार्य,दुर्गा आचार्य,श्रीकला गिरी,कोपिला आचार्य,कमला दर्जी,प्रमिला गिरी,सुमित्रा गिरी,कमला नेपाली,सोममाया पुन,हिरा कार्की,जयन्ती आचार्य,राधिका शर्मा,सेती नेपाली,पातलनी नेपाली ,देवी दर्जी र कुमारी दर्जी चयन भएको सचिव अस्मीता क्षेत्रीले जानकारी दिनुभयो ।

भेलाले जयन्ती आचार्य,मायादेवी शर्मा,ब ालकुमारी आचार्य र सममााया पुनलाई सल्लाहकारमा चयन गरेको छ । भेलामा नेकपा एमाले जलजला पालिका कमिटीका अध्यक्ष लालबहादुर अधिकारीले महिला अधिकारका लागि अनेमसंघमा गोलबन्द हुन अनुरोध गर्नुभयो । नेकपा एमालेले महिला हक र अधिकारलाई संविधानमा समावेश गरेको बताउनुभयो ।

राजनीतिक,आर्थिक र सामाजिक क्षेत्रमा महिलालाई स्थापित गर्ने कुरामा नेकपा एमलेले भूमिका खेलेको उहाँको भनाई थियो । राजनीतिमा महिलालाई अगाडि बढाउन पार्टीका हरेक तहका कमिटीमा ३३ प्रतिशत महिला अनिवार्य गरिएको उहाँले बताउनुभयो । राजनीतिमा महिलालाई स्थापित गर्ने काम एमालेले गरेको उहाँले बताउनुभयो ।

भेलामा जिल्ला कमिटी सदस्य तथा वडा इन्चार्ज शिव आचार्य,अनेमसंघ पालिका कमिटी अध्यक्ष अनिता रेग्मी,पालिका उपाध्यक्ष बावुराम कार्की,उपसचिव निलकण्ठ सुवेदी,विकास गिरी,सचिवालय सदस्य भिमप्रसाद आचार्य,वडा कमिटीका अध्यक्ष बेदनाथ आचार्य लगायतले विचार व्यक्त गर्नुभएको थियो ।