म्याग्दी समाचार
सहकारी दिवसमा मुक्तिनाथको सहकारी शिक्षा तालिम
विकल्प न्यूज/बेनी चैत २० गते । मुक्तिनाथ बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा शनिबार बेनीमा सहकारी शिक्षा तथा अन्तरक्रिया कार्यक्रम गरेको छ । सहकारीका शेयर सदस्यहरुलाई सहकारी सम्बन्धी शिक्षा दिन तालिमको आयोजना गरिएको सहकारीका अध्यक्ष लिलाराम गौतमले जानकारी दिनुभयो । ६५ औ राष्ट्रिय सहकारी दिवसको अवसरमा आयोजना गरिएको तालिममासहकारी सम्बन्धी नीति नियम, सेवा सुविधा र […]
एमालेबाट रत्नेचौरको वडा अध्यक्षको उम्मेदवारमा टेकबहादुर थापा
विकल्प न्यूज/बेनी चैत १९ गते । नेकपा एमालेले बेनी नगरपालिका १ रत्नेचौरमा टेक बहादुर थापा मगरलाई वडा अध्यक्षको उम्मेदवार बनाएको छ । शनिबार आयोजित वडा कमिटीको बैठकबाट वडा कमिटिका अध्यक्ष समेत रहुनुभएको थापा मगरलाई सर्बसम्मत रुपमा अध्यक्षको उम्मेदवार चयन गरिएको हो । थापा बेनपा १ रत्नेचौर उपल्लाचौर निबासी हुनुहुन्छ । वडा सचिवको रुपमा कार्यरत थापा […]
शान्ति समाजको हिमालय बचाउ, नदी जोगाउँ अभियान
विकल्प न्यूज/बेनी चैत १९ गते । मानवअधिकार तथा शान्ति समाजले ‘हिमालय बचाउँ, नदी जोगाउ’ अभियान सञ्चालन गरेको छ । गोरखाबाट बिहिबार शुरु भएको अभियान अन्तरगत शुक्रबार म्याग्दीको बेनी, बागलुङ र पर्वतको कुश्मामा सन्देशमुलक ¥याली र कोणसभा भएएको छ । ‘गुणस्तरीय स्वास्थ्य सेवा र वैज्ञानिक शिक्षा ः सबैको अधिकार’ भन्ने मुल नाराका साथ २१ जिल्लामा ‘युद्ध […]
बेनी–जोमसोम सडकमा ‘टाइमकार्ड’ हट्यो
मुस्ताङ । जिल्लाको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकमा लागू गरिएको यातायात सञ्चालनको समय तालिका टाइमकार्ड हटाइएको छ । बेनीदेखि मुस्ताङको लेतेसम्म विभिन्न ठाउँमा गत माघ १० गतेदेखि दैनिक छ घण्टा सवारी साधन आवतजावत रोकेर सडक स्तरोन्नतिको काम गरिँदै आएको थियो । बेनी–जोमसोम–कोरला सडक आयोजनाका प्रमुख जगत प्रजापतिले चैते दसैँसम्मका लागि सडकमा […]
बिममा माओबादी केन्द्रबाट रुबिन जुग्जाली वडा अध्यक्षको उम्मेदवार
विकल्प न्यूज\बेनी चैत १७ गते । म्याग्दीमा नेकपा माओबादी केन्द्रले आगामी स्थानीय तहको निर्वाचनमा वडा अध्यक्षको उम्मेदावर चयन कार्यलाई तिव्रता दिएको छ । सर्वसहमतिमा वडा अध्यक्षको उम्मेदवार टुंगो लगाईरहेको माओबादी केन्द्रले बिहिबार रुबिन जुग्जालीलाई मालिका गाउँ पालिका वडा नं ७ बिमको वडा अध्यक्षको उम्मेदवार छनौट गरेको छ । वडा कमिटिको बैठक बाट सर्बसम्मत रुपमा जुग्जालीलाई […]
ताकममा एमाले र काँग्रेससँग भिड्न अशोक खत्री चुनावी मैदानमा ओर्लिए
विकल्प न्यूज\बेनी चैत १७ गते । धवलागिरी गाउँपालिका ७ ताकममा नेकपा माओवादी केन्द्रले वडा अध्यक्षको उम्मेदवार टुंगो लगाएको छ । माओवादीका तर्फबाट अशोक खत्री चुनावी मैदानमा ओर्लिएका छन् भने नेकपा एमाले र काँग्रेसले भने उम्मेदवार टुंगो लगाएको छैन । अघिल्लो निर्वाचनमा यहाँ नेकपा एमालेले वडा अध्यक्ष जितेको थियो । वडा कमिटीको बैठकले सर्वसम्मत रुपमा वडा […]
मुस्ताङमा पर्यटकको चाप बढ्यो
विकल्प न्यूज\मुस्ताङ चैत १७ गते । हिमालपारीको पर्यटकीय जिल्ला मुस्ताङमा कोभिड सङ्क्रमणको अवस्था सामान्य बन्दै गएपछि आन्तरिक तथा बाह्य पर्यटकको चाप बढेको छ । स्थलमार्ग र हवाईमार्गबाट गरी दैनिक करिब तीन हजार पर्यटक मुस्ताङ भित्रिन थालेपछि व्यवसायी उत्साहित बनेका छन् । साथै मुस्ताङको रौनक पनि फेरिएको छ । आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षणको केन्द्रका […]
जलजलामा एमालेको वडा कार्यालय स्थापना
विकल्प न्यूज\जलजला चैत १६ गते । नेकपा एमाले जलजलाले आसन्न स्थानीय तहको निर्वाचन लक्षित अभियान थालेको छ । पहिलो चरणको एकहप्ते चुनावी अभियान लिएर गाउँ पसेको एमालेले वडा तहमा भेला,प्रशिक्षण,भेटघाट र चुनाव प्रचाप्रसारका लागि सम्पर्क कार्यालय स्थापना गरेको छ । अभियान अन्तर्गत बुधवार वडा नम्बर १ बासखर्कमा नेकपा एमाले वडा कमिटीको कार्यालय स्थापना गरेको […]
किन आयो सेवाग्राहीलाई उपदेश दिने खालको अस्पतालको विज्ञप्ती ?
विकल्प न्यूज/बेनी चैत १६ गते । म्याग्दीको एकमात्र सरकारी अस्पताल बेनी अस्पतालले सेवाग्राहीलाई पाठ सिकाउन थालेको छ । मंगलबार अस्पताल व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र सुवेदी र मेडिकल सुपरिटेन्डेन्ट डा. जितेन्द्र कँडेलको संयुक्त हस्ताक्षरमा बिज्ञप्ती जारी गर्दै स्वास्थ्यकर्मीहरुमाथि असभ्य, दुव्र्यवहार नर्गन सेवाग्राहीहरुलाई सूचित गरेको छ । अस्पतालका वारेमा सेवाग्राहीले गुनासो राख्ने विषयलाई अस्पताल प्रशासनले अस्वभाविक रुपमा […]
माओवादी म्याग्दीले टुंगो लगायो ११ वडामा उम्मेदवार
विकल्प न्यूज\बेनी चैत १६ गते । आगमी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि नेकपा माओवादी केन्द्र म्याग्दीले जिल्लाका ४५ वडा मध्य ११ वडामा अध्यक्षको उम्मेदवार टुंगो लगाएको छ । निर्वाचन लक्षित कार्यक्रम लिएर वडा तहमा पुगेको माओवादीले सहमतिमा वडाध्यक्षको उम्मेदवार टुंगो लगाएको जिल्ला संयोजक रेशम जुग्जालीले बताउनुभयो । ११ वडामा टुंगो लगाएको भएता पनि […]
रघुगंगामा समीक्षा तथा सार्वजनिक सुनुवाई सम्पन्न
विकल्प न्यूज\बेनी चैत १५ गते । जिल्लाको रघुगंगा गाउँपालिकाले आर्थिक बर्ष २०७८\०७९ को दोस्रो चौमासिकको समीक्षा तथा सार्वजनिक सुनुवाई कार्यक्रम मंगलवार सम्पन्न गरेको छ । गाउँपालिकाको केन्द्र मौवाफाँटमा आयोजित कार्यक्रममा गाउँपालिकाको बिषयगत शाखा, वडा र गाउँपालिकाको तर्फबाट प्रगति प्रतिवेदन प्रस्तुत समेत गरिएको थियो । सार्वजनिक सुनुवाईमा सहभागीहरुले विकास खर्चलाई बढाउन नसकेको,ठेक्का मार्फत अघि बढेका योजनालाई […]
चुनावी अभियान लिएर काँग्रेस गाउँगाउँमा
विकल्प न्यूज/बेनी चैत १५ गते । नेपाली काँग्रेस म्याग्दीले आसन्न बैशाख ३० गते हुने स्थानीय तह निर्वाचन लक्षित कार्यक्रम गाउँगाउँमा लगेको छ । ‘घरघर जाऔं काँग्रेस जिताऔं’ अभियान लिएर गाउँ पसेका जिल्लास्तरका नेताहरुले निर्वाचन लक्षित कार्यकता भेटघाट,छलफल,वैठक तथा प्रशिक्षण सञ्चालन गरेका छन् । अभियान लिएर नेताहरु गाउँ पुगेपछि कार्यकर्ताहरु उत्साहित बनेका छन् । निर्वाचनमा उम्मेदवारको […]
म्याग्दीमा माओवादीले टुंगो लगायो ओखरबोटको वडा अध्यक्षको उम्मेदवार
विकल्प न्यूज\बेनी चैत १४ गते । आसन्न स्थानीय तह निर्वाचनका लागि नेकपा माओवादी केन्द्रले मालिका गाउँपालिका ४ ओखरबोटको वडा अध्यक्ष पदका लागि उम्मेदवार टुंगो लगाएको छ । वडा तहको उम्मेदवार टुंगो लगाउने माओवादी जिल्लामा पहिलो भएको छ । सोमबार बसेको वडा कमिटीको वैठकले सर्वसम्मत रुपमा रेशमबहादुर पुनलाई आगमी स्थानीय तहको निर्वाचनमा वडा अध्यक्ष पदका लागि उम्मेदवार […]
बेनीको मेयरको दाबेदारमा एमालेका टप ५ नेताहरु
विकल्प न्यूज\बेनी चैत १४ गते । आसन्न वैशाख ३० गते हुने स्थानीयतह निर्वाचनमा राजनीतिक दलभित्र उम्मेदवारको चर्चा परिचर्चा हुनथालेको छ । उम्मेदवारको टिकट हात पार्न आकांक्षीहरुले प्रदेश र केन्द्रका नेताहरु सँग आ–आफ्नो लबिङ थालेका छन् । नेकपा एमालेबाट ५ जना नेताहरु मेयरका लागि आकांक्षी देखिएका छन् । अघिल्लो निर्वाचनमा झिनो मतान्तरका बीच पराजित बनेको एमाले […]
घटना दर्ता सुदृढीकरण योजना सम्बन्धी अभिमुखिकरण
विकल्प न्यूज\बेनी चैत १३ गते । म्याग्दीको बेनी नगरपालिका वडा नम्बर ४ सिंगा तातोपाननीमा सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता सुदृढीकरण योजना सम्बन्धी अभिमुखिकरण सुरु भएको छ । बेनी नगरपालिका र मंगला गाउँपालिकाको आयोजना एवं राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागको सहयोगमा दुई दिने अभिमुखिकरण कार्यक्रम सुरु भएको हो । कार्यक्रमको बेनी नगरपालिकाकी उपप्रमुख सञ्जु बरुवालले […]