जलजलामा एमालेको वडा कार्यालय स्थापना

विकल्प न्यूज\जलजला
चैत १६ गते ।

 
नेकपा एमाले जलजलाले आसन्न स्थानीय तहको निर्वाचन लक्षित अभियान थालेको छ । पहिलो चरणको एकहप्ते चुनावी अभियान लिएर गाउँ पसेको एमालेले वडा तहमा भेला,प्रशिक्षण,भेटघाट र चुनाव प्रचाप्रसारका लागि सम्पर्क कार्यालय स्थापना गरेको छ ।

अभियान अन्तर्गत बुधवार वडा नम्बर १ बासखर्कमा नेकपा एमाले वडा कमिटीको कार्यालय स्थापना गरेको छ । कार्यालयको बुधबार नेकपा एमाले जलजला गाउँपालिका कमिटीका अध्यक्ष लालबहादुर अधिकारीले उद्घाटन गर्नुभएको हो ।

त्यस्तै जलजला गाउँपालिका वडा नं ३ माझफाँटमा नेकपा एमाले पालिका कमिटीको सम्पर्क कार्यालय स्थापना गरिएको छ । वडा नं २ मा पनि वडा कमिटीको कार्यालय संचालनमा ल्याइएको प्रचार विभाग प्रमुख भिमसेन बराइलीले जानकारी दिनुभयो ।

कार्यालयको उद्घाटन गर्दै पालिका कमिटीका अध्यक्ष अधिकारीले आसन्न स्थानीय तहको निर्बाचनमा जलजला गाउँपालिकामा एमालेको जीत सुनिस्चित भएको दाबि गर्नुभयो ।

उहाँले केपी ओली सरकारले गरेको विकास र समृद्धिका कार्यहरु जनमैत्री भएकाले पनि एमालेको लोकप्रियता गाउँगाउँमा बढिरहेको अधिकारीको भनाई थियो । जलजलाको विकास र समृद्धिका लागि आगमी स्थानीय तहको निर्वाचनमा एमालेलाई जिताउन उहाँले अनुरोध गर्नुभयो ।

आसन्न स्थानीय तहको चुनाबलाई लक्षित गरि नेता तथा कार्यकर्ताहरुको भेटघाट, छलफल एवं चुनावी प्रचारको कार्य सम्पादन गर्नका लागि सहजता प्रदान गर्ने उद्देश्यले जलजालको सवै वडाहरुमा कार्यालय स्थापना गर्ने कार्यालयलाई तिब्रता दिईएको नेकपा एमाले पालिका कमिटी सचिव महेन्द्र रेग्मीले बताउनुभयो ।

पालिका कमिटीले जलजलामा चुनाव लक्षित कार्यक्रम अन्तरगत टोल भेटघाट र प्रचार प्रसारलाई तिब्रता दिन वडा कमिटीलाई अनुरोध गरेको छ । स्थानीय तहको चुनाव नजिकिदै जाँदा वडा तथा पालिकाको उम्मेदवार सर्वसम्मत रुपमा चयन गर्ने गृहकार्यमा पनि एमाले जलजला जुटिरहेको छ ।